Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं :राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय (युएनएचसीआर)को दमकस्थित उपशाखा बन्द हुने भएको छ । भूटानी शरणार्थीको रेखदेखमा संलग्न उक्त निकाय २७ वर्षअघि स्थापना भएको थियो । युएनएचसीआरले सन् २०२० को अन्त्यसँगै उपशाखा बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइले जनाएको छ । झापाको पूर्वीनाका काकडभिट्टा बाटो हँुदै नेपाली मूलका भूटानी भूटानबाट नेपालमा खेदेकामा तत्कालीन सरकारले सन् १९९२ मा राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगलाई पत्र लेखेपछि उक्त निकायले सहायताको काम थालेको थियो । आयोगको उपशाखा उठ्ने क्रममा भूटानी शरणार्थीका लागि सिमेन्ट र जस्ताका छाप्रा बनाउने क्रम तीव्र पारिएको छ । उपशाखा हटने भएपछि शरणार्थीलाई…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसदमा सम्बोधन गर्दैछन् । बिहान ११ बजे बस्ने भनिएको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको संसद सचिवालयले जानकारी दिएको छ । केहीबेरमै संसद बैठक सुरु हुन लागेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुका साथै समसामयीक राजनीतिक विषयमा सम्बोधन गर्ने तयारी भएको छ । ओलीको सम्बोधनपछि सांसदहरुले उठाएका केही जिज्ञासाको पनि जवाफ दिने कार्यसूची रहेको छ। युरोप घुमेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले गएको असार ३ गते नै संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो तर प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद् अवरोध गरेपछि त्यो हुन सकेको थियो । विपक्षी कांग्रेसका…
भक्तपुर : माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको हो । परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ ।सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अङ्ग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने उहाँले बताउनुभयो । गत असार १२ गते सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका…
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो । स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति भण्डारी आफैँ सक्रिय भएकी थिइन् । ईश्वर पोखरेलको बलमा मात्रै पार्टीको कार्यदिशा जबज बनाउन अलि अप्ठेरो पर्ने देखेर त्यसमा गौतमलाई सहभागी गराएपछि यो मत बलियो हुने आशाका साथ गौतम–पोखरेल समीकरण बनाइएको हो । यो समाचार आजको…
काठमाडौँ: नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एकमात्र बोइङ ७५७ जहाज बिक्री नभएपछि फेरि प्रस्ताव आह्वान गरिएको छ । निगमसँग भएका दुईवटा बोइङमध्ये एउटा डेढवर्ष अघि नै बिक्री भएको छ । अर्को पनि बिक्री गर्न निगमले मागेको प्रस्तावमा सर्तअनुसारको आवेदन नै परेन । ४५ दिनको समय दिएर गत असार ११ मा प्रस्ताव आह्वान गरिएको थियो । यो समाचार अन्नपूर्ण दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।
काठमाडौँ: विश्वविद्यालयमा उपकुलपति छनोट कार्य निकै सकसपूर्ण बनेको छ । उपकुलपति छनोट गर्न साउन १८ गते गठन भएको ‘सर्च कमिटी’ले पहिलोपटक पाएको एक साताको समयावधि गुज्रिएपछि पुनः दोस्रोपटक एकहप्ते समयावधि पाएको छ । सर्च कमिटीले शुक्रबार पुनः एक हप्ता म्याद थपिएको पत्र पाएको हो । त्रिविको उपकुलपति छनोटमा देखिएको सकसबाट अन्य विश्वविद्यालयको पदाधिकारी छनोटमा पनि उस्तै अवस्था आउनसक्ने देखिएको छ । शक्तिकेन्द्रमा धाउनेहरूको चर्काे दबाब र आकाङ्क्षीहरूको सङ्ख्या बढ्दै गएकाले सर्च कमिटीले तोकिएको समयमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको चर्चा शैक्षिक वृत्तमा निकै छ । सर्च कमिटीका संयोजकसमेत रहेका त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि…
काठमाडौँ: एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले आफूलाई जटिल बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफारिस बताएका छन् । समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरुले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन् । त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन् । कर्मचारी समायोजन ऐन २०७५ मा मानसिक बिरामी तथा कडा रोग लागेको भनी मेडिकल बोर्डबाट सिफारिस ल्याएका कर्मचारीलाई संघमा समायोजन गर्न सकिने व्यवस्था छ । उक्त व्यवस्थाको दुरुपयोग गर्दै स्थानीइ तहमा समायोजन भएका कर्मचारीहरुले पुल दरबन्दीमा आउन कडा रोग लागेको सिफारिस गराएका हुन् । यो समाचार आजको…
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करीब रु १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहनुभएका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिनुभयो । सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् । एक वटा भेडाको मूल्य रु १५ हजारदेखि रु २५ हजार छ । सबै कृषकका भेडालाई गोठालाले एउटै…
काठमाडौं: वरिष्ठ कलाकार शुभद्रा अधिकारीको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । दम र निमोनिया रोगले पीडित अधिकारीको आज बिहान निधन भएको थियो । नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा समेत लामो समय कलाकारिता गर्नुभएकी अधिकारीलाई सरकारले विशिष्ट श्रेणीको सुविधा दिँदै आएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिनुभयो । स्व अधिकारीले लामो समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा समेत सेवा गर्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई पशुपति आर्यघाट पुग्नु भई स्व अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । विसं २००४ भदौ २० गते जन्मनुभएकी अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको हो । कलाकारमाझ मिलनसार…
काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभालाई आज बनेपामा सम्बोधन गर्दै उहाँले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताउनुभयो । “एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्, यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो, यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो”, उहाँले भन्नुभयो । उहाँले यसअघिका सरकारका समयमा पनि अख्तियार भए पनि यत्तिको सक्रिय नभएको दाबी गर्नुभयो । मन्त्री बाँस्कोटाले विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको बताउनुभयो । उहाँले…