Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज विभिन्न स्थानमा दिवङ्गत आफन्तको सम्झना गरी मनाइँदैछ । आजदेखि आठ दिनसम्म अर्थात भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ। यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्यमुख्य सहरमा मनाउने गरिन्छ। एक वर्ष अघिदेखि दिवङ्गत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रुपमा सिँगारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ। गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्छन्। गाईजात्राका सम्बन्धमा विभिन्न भनाइ प्रचलित भए पनि राजा प्रताप मल्लसँग जोडिएको प्रसङ्ग भने बढी चर्चामा…
काठमाडौँ: प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैवीच प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको छ । ती नर्सलाई पक्राउ गरिएको…
सुर्खेत: कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पदमुक्त गरिएको हो । रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्नु हुने बुढाथोकीले जानकारी दिए । उच्च अदालत पाटनले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय…
काठमाडौं : सरकारले एउटै प्रक्रियाबाट विद्युतीय बस खरिद गर्ने भएको छ। साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत तत्काल सञ्चालन गर्न पाँचवटा विद्युतीय बस सरकारी तहमा सम्झौता (जीटुजी) गरी खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको थियो। मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा लानुअघि टिप्पणी उठाउने क्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले सबै विद्युतीय बस एउटै प्रक्रियाबाट खरिद गर्ने गरी सिफारिस गर्न राय दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। साझालाई तीन सय विद्युतीय बस खरिद गर्न असार २९ गते मन्त्रिपरिषद्ले तीन अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार असार ३१ गते साझाको खातामा तीन अर्ब रुपैयाँ सरकारले जम्मा गरिसकेको छ।…
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौको दोस्रो सातामा केन्द्रीय समितिको बैठक बोलाएको छ । सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोज महीनामा ७५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन गरिने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकले कार्यकर्ताको मनोबल उच्च राख्न आगामी भदौमा देशका ७७ जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकले पार्टीले बोकेको विचारलाई दृढ भएर स्थानीय तह, प्रदेशमा पु¥याउन इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न बैठकले केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएको छ । । अध्यक्ष थापाले आफ्नो पार्टी निरन्तरतासहितको परिवर्तनको पक्षमा रहेको बताउँदै जनताको विकास र समृद्धिका…
काठमाडौँ: बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न रु दुई अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ । अविरल वर्षाका कारण गत असार अन्तिम साता आएको बाढीले मुलुकका विभिन्न सिँचाइ प्रणालीमा क्षति पु¥याएको थियो । क्षति पुगेका सिँचाइ संरचनाको दीर्घकालीन मर्मतका लागि रु दुई अर्ब ११ करोड २२ लाख लाग्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बाढीबाट क्षति पुगेका सिँचाइ प्रणाली मर्मत तथा नयाँ निर्माण गर्न तत्कालीक रुपमा रु ३८ करोड २२ लाख लाग्ने भएको छ । बाढीलगत्तै सिँचाइ विभागले गरेको स्थलगत अवलोकन गरेको थियो । गत असार २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाका कारण मुख्य गरी…
काठमाडौँ: निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला लेख्नको काम नसएिको उल्लेख गर्दै आगामी भदौ ५ गते निर्णय सुनाउने तय गरेको हो । एनसेल प्रालिको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । त्यसको फैसला मात्र आउन बाँकी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत पूर्ण इजलासले गत माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने…
काठमाडौँ: प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । लामिछाने न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक हुन् भने कँडेल सोही कार्यक्रममा कार्यरत थिए । उनीहरुलाई साँझ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई काठमाडौँको कलङ्कीबाट अपराह्न पक्राउ गरिएको थियो । तीनै जनालाई आजै चितवन…
काठमाडौँ: धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२४ अङ्कले घटेर २६४.६८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि औसतमै सीमित रह्यो । कुल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर रु ४२ करोड ४३ लाख २३ हजार १२८ मा कारोबार भयो । स्टकका अनुसार कारोबार भएका १२ मध्ये सात उपसमूहको शेयर बढेको छ । व्यापार ६.६७, होटल १३.९, विकास बैंक ४.५, वित्त १.७९, निर्जीवन…
काठमाडौँ: लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाला सुन रु ७० हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रु ७१ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार २०० ले नै बढेको छ । तेजाबी सुन आज प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो । यो सुनको मूल्य अहिलेसम्मको उच्च हो । पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ…