Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 23
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न दुई अर्ब लाग्ने

    बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न दुई अर्ब लाग्ने

    पहिलोक्लिकपहिलोक्लिकAugust 15, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न रु दुई अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

    अविरल वर्षाका कारण गत असार अन्तिम साता आएको बाढीले मुलुकका विभिन्न सिँचाइ प्रणालीमा क्षति पु¥याएको थियो । क्षति पुगेका सिँचाइ संरचनाको दीर्घकालीन मर्मतका लागि रु दुई अर्ब ११ करोड २२ लाख लाग्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

    बाढीबाट क्षति पुगेका सिँचाइ प्रणाली मर्मत तथा नयाँ निर्माण गर्न तत्कालीक रुपमा रु ३८ करोड २२ लाख लाग्ने भएको छ । बाढीलगत्तै सिँचाइ विभागले गरेको स्थलगत अवलोकन गरेको थियो ।

    गत असार २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाका कारण मुख्य गरी प्रदेश नं १ र २ का विभिन्न नदीमा बाढी आउँदा सिँचाइ संरचनामा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    तराईका रतुवामावा, कमल, त्रियुगा, कन्काइ, वाग्मती, लालबकैया, कमला, खाँडो, रातो, कोशी, बक्राहा, औरही, बबई र कर्णालीलगायत नदीमा आएको बाढीबाट सिँचाइ संरचनामा क्षति पुगेको थियो ।

    बाढीलगत्तै उच्च पदस्थ व्यक्तिले प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री उपेन्द्र यादव, ऊर्जामन्त्री वर्षमान पुनलगायतले बाढीग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

    स्थलगत अवलोकनका क्रममा मन्त्री पुनले बाढीबाट सिँचाइ संरचनामा पुगेको क्षतिको तत्कालै पुनःनिर्माण थाल्न र कटान नियन्त्रणमा खट्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

    बाढीले ती नदीमा आधारित सिँचाइ आयोजनाको हेडवर्कस, मुल नहर, शाखा नहर र विभिन्न संरचनामा क्षति पु¥याएको थियो । क्षतिग्रस्त सिँचाइ संरचनाको तत्काल पुनःनिर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरिएको छ ।

    सिँचाइ विभागले क्षति भएका संरचनाको मर्मत तथा नयाँ निर्माणका लागि तत्कालीन र दीर्घकालीन कार्यायोजना तयार गरेको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सरिता दवाडीले बागमती नदीबाट भएको कटान तथा डुबान नियन्त्रणका लागि बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाबाट तत्काल ४० हजार थान बोरा तथा २५० थान नाइलन जाली क्षतिग्रस्त स्थानमा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

    त्यस्तै लालबकैया नदीबाट भएको डुबान तथा कटान नियन्त्रणका लागि वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाबाट एक लाख ६२ हजार थान बोरा तथा ७५५ थान नाइलन जाली प्रभावित क्षेत्रमा पठाइएको विभागले जनाएको छ ।

    बाढीलगत्तै विभागले कमला, बागमती, लालबकैया, औरही, मरमहा, रातो, बक्राहा, त्रियुगा, लखनदेही झिम तथा बाँकेलगायत नदीबाट भएको कटान डुबानको छुनथेक तथा संरक्षणका लागि आपत्कालीन रुपमा माटोका बाँध, बोरामा बालुवा, बाँस पाइलिसिङ्ग, नाइलन÷ग्याभिन जाली, कङ्क्रिट÷बाँस परकुपाइनलगायत क्षति कम गर्ने कार्य गरेको उहाँले जानकारी दिनुभयो ।

    नदी नियन्त्रणका संरचनाको तत्काल र दीर्घकालीन रुपमा संरक्षण तथा रोकथामका लागि तयार गरिएको कार्ययोजना बमोजिम तत्काल गर्नुपर्ने कार्यका लागि रु ३३ करोड २२ लाख केन्द्रीय दैवी प्रकोप उद्धार कोषबाट व्यवस्था गरिदिन आग्रह गरिएको सिँचाइ मन्त्रालयले जनाएको छ ।

    सरकारले गत आर्थिक वर्षमा सिँचाइ आयोजना तथा नदी नियन्त्रणका लागि रु पाँच अर्ब विनियोजन गरेको थियो । सङ्घीय सरकारले ठूला, प्रदेश सरकारले मझौला र स्थानीय सरकारले साना नदीको व्यवस्थापन गर्दै आएका छन् ।

    सो अवसरमा मन्त्री पुनले नदी नियन्त्रण तथा जोखिम न्यूनीकरणमा तीनै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेको बताउनुभयो ।

    बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र क्षति न्यूनीकरणका लागि एकीकृत योजना आवश्यक रहेको औँल्याउँदै उहाँले बर्सेनि बाढीबाट तराई मधेसमा हुने क्षति कम गर्न गतिलो संरचना निर्माण गरिनुपर्ने बताउनुभयो ।

    सीमा क्षेत्रमा निर्माण गरिएको संरचनाबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न दुवै देशका सरकारबीच समन्वय गरिएको बताउँदै उहाँले नेपाल–भारत संयुक्त आयोगको बैठकमा ती विषयमा छलफल हुने प्रष्ट पार्नुभयो ।

    सिँचाइ मन्त्रालयले बाढीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि विभागअन्तर्गत आपतकालीन तथा बाढी पहिरो पुनःस्थापनाका लागि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि आपतलकालीन कार्य गर्न विभिन्न कार्यालयमा वार्षिक कार्यक्रमका रुपमा रु १० करोड दुई लाख २५ हजार छुट्ट्याइएको छ ।

    सो रकममध्ये मन्त्रालयले रु पाँच करोड आवश्यकता अनुसार विभिन्न नदी नियन्त्रण गर्न विनियोजन गरेको छ । प्रदेश १ को झपा र मोरङ जिल्लाका विरिङ, कन्काई, रतुवा मावा (झापा), रतुवा मावा (मोरङ) कमल र मेची नदीले पु¥याएको क्षति पुनःनिर्माणका लागि जनताको तटबन्ध कार्यक्रम, फिल्ड कार्यालय नं १ झापामार्फत रु ३० लाख विनियोजन गरिएको छ ।

    त्यस्तै रौतहट र सर्लाही जिल्लामा लालबकैया र बागमती नदीमा क्षति न्यूनीकरणका लागि रु एक करोड बाँडफाँड गरिएको मन्त्रालयले जनाएको छ ।

    Facebook Comments Box

    सिँचाइ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.