Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५७ बिन्दुले घटेर २६३.११ बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दो कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६० कम्पनीको ११ लाख एक हजार ७७६ कित्ता शेयर रु ३२ करोड ९५ लाख २७ हजार ९१५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । उत्पादन उपसमूह १.८ बिन्दुले बढ्दा बैंकिङ…
काठमाडौँ : नागार्जुन नगरपालिका–३ स्थित ठूलो भ¥याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ । महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु विगत एक वर्षदेखि नै लिभिङ टुगेदरका रुपमा बस्दै आएका थिए । महिलाले प्रहरीमा दिएको बयानअनुसार शनिबार राति करीब १०ः३० बजे उनी मदिरा पिएर कोठामा आएका थिए । प्रेमिकासँग झण्डै ४५ मिनेट भनाभन भएको थियो । एकछिन महिला बाहिर निस्किएर फर्किंदा ठगुन्नाले सलको पासो लगाइसकेका थिए ।…
रसुवा : नेपालको उत्तरी नाका रसुवागढीको सडकको दूरावस्थाका कारण त्यहाँ सञ्चालन हुने बस तथा कन्टेनरलाई समस्या भएको छ । नागरिक समाजका अनुसार धुञ्चेदेखि उत्तरी क्षेत्र खोपाङ भिर क्षेत्रका सडक दिनानुदिन जीर्ण हुँदै गएको छ । हिलोमा सवारीसाधनका चक्का गाडिएर एउटा मोटर पार गर्न घण्टौँ लाग्ने गरेको छ । डिभिजन सडक कार्यालयले मेशिन उपकरण प्रयोग गरेको भनिए पनि भएका उपकरणले हिलाम्य सडकमा थप हिलो मात्र बनाउने काम भइरहेकाले ग्राभेल ढुङ्गाको व्यवस्था गर्न स्थानीयवासीले आग्रह गरेका छन् । पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने उक्त सडक सुधारका लागि गत साउन महीनामा सडक विभागअन्तर्गत उपकरण महाशाखाबाट रसुवा पठाइए पनि ती उपकरण अफिस समयमा मात्र गुड्ने…
काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ । ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ समितिमा प्रस्ताव प्रस्तुत भएको हो । ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ कृषि तथा पशुपक्षी विकासमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरे । त्यसैगरी ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार(विश्वकर्मा) ले र ‘खानेपानी तथा सरसफाइ विधेयक,…
काठमाडौं : एक साता अघि मात्रै सिंगापुरमा उपचार गरी फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरि सिंगापुर जाँदै छन । फलोअपका लागि भन्दै उनी फेरि यसै साता सिंगापुर जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार मिति भने यकिन भइसकेको छैन । मिर्गाैलाको नियमित औषधि सेवन गरिरहेका ओलीले सिंगापुरका डाक्टरले प्रेस्क्राइब गरेको औषधिको प्रभावबारे जाँच गर्न त्यहाँ जान लागेका हुन । गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली एक सातापछि फर्किएका थिए ।
काठमाडौं ः आशा लघुवित्त वित्तीय संस्थाले १२% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १२% बोनस सेयर दिने निर्णय गरेको हो । बोनसमा लाग्ने कर तिर्न लगानीकर्ताले ०।६३१% नगद लाभांश पनि पाउनेछन् । कम्पनीले २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको बोनस सेयर र १३ लाख ९ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यो लाभांश नियामक राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि वितरण प्रक्रिया अघि बढ्नेछ । हाल आशाको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी २३ करोड…
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रेकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गरे । भारतीय एक्जिम बंैकको ऋण सहयोगले बनाएको सडक पूरा नहुँदै भत्केकाले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि स्थलगत निरीक्षण गर्न उनले माग गरे । सांसद रामवीर मानन्धरले सांस्कृतिक शहर काठमाडौँमा ठेक्का भइसकेका सडक अलपत्र रहेको सुनाउनुहुँदै मेलम्चीले पाइप बिछ्याउन खनेका सडकका कारण जनताले सास्ती खेप्नुपरेको बताए…
डोटी : सेती नदीमा आज बिहान नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दिपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिस्मा बेपत्ता भएकी हुन्। आल्के पर्व मनाउन दिपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउँबाट बगेकी थिइन् । उनको नेपाल प्रहरी, दिपायलस्थित जोगी बाडेमा रहेको सशस्त्र प्रहरीको ३६ नं गण तथा स्थानीयवासीले खोजी गरिरहेका छन । पानीको बहाब बढी भएको र नदी पनि धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको दिपायलस्थित प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिए । सेती नदीमा गएको वैशाखयता…
काठमाडौँ ः आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । यसवर्ष मनसुनको समयमा पनि स्थानीय वायु बढी सक्रिय हुँदा अपरान्हपछि मेघगर्जन र चट्याङसहित हल्का तथा मध्यम वर्षा भइरहेको उहाँको भनाइ थियो । न्यून चापीय रेखा (वर्षा गराउने वायु) जुलाइको मध्यतिर मात्र नेपालमा पूर्णरुपमा प्रवेश गरेको र त्यसपछि औसत स्थान तथा आसपासमा मात्रै कायम रहेकाले मनसुनी गतिविधि लगातार सक्रिय हुन नसकेको मौसमविद्हरूले जनाएका छन् । आगामी…
प्रधानमन्त्री र विपक्षी दलबीच संसदमा सवालजवाफ, विरोधबाट सरकार भाग्छ भन्ने दिवा स्वप्न नदेख्नुस : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसलाई आउँदो चुनावसम्म धैर्यधारण गरी चुनावबाट जितेर आउन आह्वान गरेका छन । संसदलाई आज सम्बोधन गर्दै ओलीले सरकारले गर्दा अधिनायकवाद फर्कियो भनेर जनतामा छरेको भ्रम केवल मिथ्या हो, यसको कुनै तुक छैन भन्दै कांगे्रसको आरोपपति रोष पकट गरे । संबिधानसम्मत ढंगले चल्ने कुरामा यो सरकार विरोध र आलोचनाको स्वागत गर्दछ, तर संविधान अस्विकार गर्छु भन्ने कुरा सरकारलाई मान्य नहुने जिकिर उनको थियो । ओलीले लोकतन्त्र विरोधी शक्तिहरु आयो भनेर वर्तमान सरकार लुगलुग कामेर भाग्छ भन्ने कुरा मात्रै दिवा स्वप्न भएको बताए । फालिएको शक्तिलाई चिहानमा गएर ब्युताउँने प्रयास गर्नु…