Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सप्तरी: तीन पुस्तादेखि मुआब्जाका लागि सङ्घर्ष गरिरहेका कोशी कटान पीडितले आजदेखि सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । नेपाल–भारत कोशी सम्झौताअनुसार कोशीको कटानमा परी सयौँ बिघा जग्गा गुमाएकाले मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गर्दै रिले अनशन शुरु गरेका हुन् । कोशी नदी कटान डुबान पीडित सङ्घर्ष समितिको अगुवाइमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले सप्तकोशी ब्यारेजमा आमसभा गरेपश्चात् रिले अनशन शुरु गरे । रिले अनशनको शुरुआत गर्दै आज पहिलो दिन कोशी नदी कटान डुबान पीडित सङ्घर्ष समिति सप्तरी, सुनसरी उदयपुरका संयोजक महिदेवप्रसाद चौधरी, संविधानसभाका पूर्वसदस्य मानपुर चौधरी, उमेश मिश्र, घनश्याम झा, विजय…

Read More

काठमाडौँ: राष्ट्रकवि माधव घिमिरे विशेषाङ्क ‘राष्ट्रयभाषा २९’ को लोकार्पण गरिएको छ । नेपाली शिक्षा परिषद्ले प्रकाशन गरेको पुस्तकको वरिष्ठ साहित्यकार चित्तरञ्जन नेपालीले विमोचन गर्नुभयो । परिषद्को ६९औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे (असिम)को १०७औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार नेपालीले परिषद्ले नेपाली भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिनुभयो । उहाँले भाषा, साहित्यको विकासबिना मुलुक समृद्ध हुन नसक्ने भन्दै समग्र क्षेत्रको विकासले मात्र राष्ट्रको उन्नति हुने धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न व्यक्तिलाई पुरस्कृत तथा अभिनन्दन गरियो । यस वर्षको गोपाल पाँडे असिम पुरस्कार शेषराज शिवाकोटीलाई प्रदान गरिएको छ । उहाँलाई नगद…

Read More

गोरखा:समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भने जस्तो नहुने बताउनु भएको छ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल बिचको शनिबार यहाँ आयोजित जिल्ला एकता घोषणा सभामा उहाँले सो कुरा बताउनु भएको हो । ‘हाम्रो समाजबाद पुँजीबादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजबाद पनि होइन, उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरुले भनेको जस्तो साम्यबादको खुड्किलो जस्तो समाजबाद पनि होइन ।’ अध्यक्ष डा भट्टराईले समाजबादी पार्टीले ल्याउने समाजबाद सर्वहारा बर्गको अधिनायकत्वको हुने खालको समाजबाद नभई फरक पहिचान हुने बताउनुभयो । उहाँले फरक पहिचान र चिन्तन सहितको समाजबाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै…

Read More

काठमाडौँ: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा आज आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताउनुभएको हो । पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको बताउनुभयो । प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गर्नुभयो । विगतमा भाषणमा…

Read More

गोरखा: समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्र्ने शर्तमा दुईतिहाइ पु¥याइदिन सत्ता गएको बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा आइपुग्नुभएका अध्यक्ष यादवले सदरमुकाममा पत्रकारसँगको भेटघाटमा सो कुरा बताउनुभएको हो । उहाँले जुन शर्तमा पार्टी सत्तामा गएको छ, त्यही शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य नहुनेसमेत बताउनुभयो । संविधान संशोधन हुने वा नहुने भन्ने विषय आफूहरुको भन्दा पनि सरकारको नेतृत्व गरेको पार्टीको विषय भएको उहाँले बताउनुभयो । “अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै कदम चालिएको छैन, हामीले जनतालाई यर्थाथ भन्नुपरेको…

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर आरोलो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल ७५ लाख ४४ हजार १३ कित्ता शेयर रु एक अर्ब ७८ करोड ९२ लाख २३ हजार ६६६ मा मूल्यमा खरीद बिक्री भए । गत साताको अन्तिम दिनअर्थात् यही साउन २३ गते एक हजार २३८.५६ मा बन्द भएको थियो । यस साताको शुरुआती दिनअर्थात् आइतबार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा झ¥यो । आइतबार कूल १६६…

Read More

काठमाडौं : पछिल्लो पटक प्रधानमन्त्री केपीशर्मा ओली अस्वस्थ भएको खबर सार्वजनिक भइरहेका बेला उनी स्वस्थ रहेको र राजनीतिक भेटघाटमा व्यस्त हुने खबर बाहिरीएको छ । ज्वरो आएका कारण पार्टीको सचिवालय बैठक सर्दै गर्दा आजदेखि नै ओलीले नियमित भेटघाट र बैठकमा सहभागी हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् । ओलीको अस्वस्थताका कारण पार्टी सचिवालय बैठक आज शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो । रिमालले ट्विट गर्दै स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले प्रधानमन्त्री केही थकित भएको जनाएका थिए । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर गत सोमबारमात्रै स्वदेश फर्किएका थिए ।

Read More

काठमाडौं: शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवी लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित पक्राउ परेका युवराज कँडेललाई राति चितवन पुर्याइएको थियो । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि उनीहरुलाई विहीबार प्रहरीले पक्राउ गरेको थियो । पुडासैनीको शव केही दिन अगाडि चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा फेला परेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता…

Read More

काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंकले सबै भन्दा धेरै नाफा कमाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.६१ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४।७५ मा बैंकले तीन अर्ब ६५ करोड ९२ लाख खुद मुनाफा कमाएको थियो । अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब ६१ करोड ७३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले एक खर्ब ९० अर्ब तीन करोड १४ लाख निक्षेप संकलन गरी एक खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह…

Read More

सङ्खुवासभा: चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिपसमेत लगाएका छन् । बितेका तीन वर्ष अघिसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे । विगत दुई वर्षदेखि ठूलो संख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयवासी बताउँछन् । चीनमा सजावट र शृंगारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गरेका छन् । पूर्वीपहाडी जिल्लामध्ये संखुवासभामा रुद्राक्ष अत्यधिक उत्पादन…

Read More