Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ ःनेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि भदौ ६ गतेसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रुपन्देही, भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले साउन ३१ र ३२ गते पोखरा, भदौ २ र ३ गते रुपन्देही र भदौ ५ र ६ गते सुर्खेतमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । पहिलो चरणको प्रशिक्षणमा काङ्ग्रेसका साङ्गठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको…

Read More

काठमाडौँ ः प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेललगायतले स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री ओलीको सो हस्पिटलमा साउन १९ गतेदेखि स्वास्थ्य परीक्षण शुरु भएको थियो । उहाँले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्नुभएको थियो । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी…

Read More

धनुषा : एमबिएस परीक्षाको प्रश्नपत्र लिक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका ४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो । राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै उनीहरुले प्रश्नपत्र म्यासेन्जरबाट लिक गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Read More

डडेल्धुरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अधिकृत डिसीलाई तीन लाखसहित नियन्त्रणमा लिइएको हो । विशेष सूचनाका आधार आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आरोपित डिसीबाट रु तीन लाख २६ हजार रकम बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिनुभयो । ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेपछि उक्त रकम ठेकेदारले जम्मा गरेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,…

Read More

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद ९इदुल जोहा० का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरु रहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले आज एक शुभकामना सन्देश जारी गरी देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा समृद्धिको कामना गर्नुभएको छ । “इदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु…

Read More

काठमाडौं : लक्ष्मी भ्यालु फन्ड–१ को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । फन्डले १५ प्रतिशत नगद लाभांश वितरण गर्न भोली साउन २८ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ, आज साउन २७ सम्म सेयर सुरक्षित गर्ने लगानीकर्ताले मात्र लाभांश दाबी गर्न पाउनेछन् । लक्ष्मी भ्यालु फन्डले यो लाभांश आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गर्न लागेको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको साउन १६ बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित १५५ नगद दिने घोषणा गरेको हो । असार मसान्तमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ३ पैसाले घटेर ११ रुपैयाँ ५८ पैसामा आएको…

Read More

काठमाडौं ः सेयर बिक्री गरेपछि ब्रोकर कार्यालयसम्म पुगेर ल्याप्चे लगाउनुपर्ने झन्झटिलो प्रणाली अन्त्य हुँदैछ । धितोपत्र बोर्डले नेप्से र सीडीएसलाई अनलाइन प्रणालीबाटै सेयर बिक्री मूल्यको रेकर्ड राख्ने व्यवस्था गर्न निर्देशन दिएपछि एक साता भित्रै सेयर लगानीकर्तालाई सहज हुने भएको छ । बोर्डले आइतबार सीडीएसलाई औचारिक रुपमा पत्र समेत काटेको छ । यता, सीडीएसले पनि भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्न र सोही अनुसार बिक्री मूल्यको रेकर्ड राख्न सक्ने सफ्टवेयर प्रणाली बनाइरहेको छ । सीडीएसका अनुसार यस्तो सफ्टवेयर तयार भइसकेको छ । अहिले टेस्टिङ पनि भइरहेको छ । टेस्ट  सम्पन्न भएपछि यो प्रणालीमा…

Read More

काठमाडौं  : मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज (सोमबार) धुमधामसँग मनाइँदैछ। इद पर्वको अबसरमा सोमबार प्रदेश २ र ५ सरकारले सार्वजनिक बिदा दिएको छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने परम्परा छ। इदमा मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ। यसैबीच इद पर्वको अबसरमा राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले इदको अवसरका शुभकामना दिँदै साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताएकी छन्। ‘परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा…

Read More

काठमाडौं: डेढ महिनादेखि बानेश्वरस्थित आकाशेपुल निर्माण कार्य भइरहँदा ट्राफिकको अवस्था नाजुक बनेको छ । निर्माणका सामानहरु बाटोमै राखिँदा साँघुरिँदै गएको सडकका कारण विशेषतः पैदलयात्रीलाई पेटीबाट हिडडुल गर्न निकै मुश्किल हुने गरेको छ । चोकैमा रहेको विभिन्न एटिएम बुथमा कार्यरत २८ वर्षीया मिरा खत्रीका अनुसार आकाशेपुल बनाउने काम गर्न थालेको महिनादिन वितिसक्दा पनि पिलर राख्ने बाहेक अन्य काम भएको छैन । जसले गर्दा पानी पर्दा पैदलयात्रुलाई हिडन समस्या भइरहेको उनले बताइन । पहिल्यै देखि भीड हुने बानेश्वर चोकैमा अहिले निर्माण कार्यका कारण पैदलयात्रु खाल्डो खनेको ठाउँमा लड्नुको साथै मोटरसाइकल दुर्घटना धेरै हुने गरेको उनी बताउछिन । …

Read More

काठमाडौं: दुध उत्पादनमा क्रमिक रुपमा वृद्धि भएपनि नेपालमा अझै बार्षिक झन्डै ४ लाख टन दुध अभाव रहेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार गत वर्ष २२ लाख टन दुध उत्पादन भएको छ । दुध उत्पादन ६ प्रतिशतले बढे पनि अझै बार्षिक ४ लाख टन अपुग भएको बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले बताए। बार्षिक प्रतिव्यक्ति ९१ लिटर दुध आवश्यक पर्छ तर नेपालमा प्रतिव्यक्ति दुध उपलब्धता ७१ लिटर मात्रै भएको पन्तले जानकारी दिए । देशका विभिन्न भागमा उत्पादन भएको दुधको प्रभाबकारी संकलन गर्न नसक्दा पनि दुधको वितरण राम्रो हुन नसकेको बताउदै उनले भने दुध बढी उत्पादन हुने क्षेत्रका व्यक्तिले चाहिने भन्दा…

Read More