Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताउनुभएको छ । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उहाँले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताउनुभएको हो । “ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ”, मन्त्री भट्टराईले भन्नुुभयो, “पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।” सङ्घका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण…

Read More

हेटौँडा: हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ मा सहभागी भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार हेटौँडा उपमहानगरपालिकाको वडा नं ४ मा मात्रै ६० जनालाई डेङ्गु सङ्क्रमण भएको पाइएको छ । यो सङ्ख्या जिल्लाभरिको डेङ्गु सङ्क्रमितहरुको करीब आधा हो ।…

Read More

काठमाडौं : राजधानीबासी अहिले तोकिएको खुद्रा मूल्य भन्दा दोब्बर भाउमा तरकारी किन्न बाध्य भएका छन । खुद्रा बजारमा अहिले राजधानीका उपभोक्ताले गोलभेडाँ प्रतिकिलो १२० रुपैयाँसम्म किन्न बाध्य भएका छन । नेपाली गोलभेडाँको थोक मूल्य प्रतिकेजी ५० र भारतीय गोलभेडाँको प्रतिकेजी ७० मा किनबेच भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका होलसेलर भगवान चन्द्र उप्रेतीले बताए । उनका अनुसार हाल बजारमा तरकारीको मूल्य बढ्नुको मुख्य कारण लगातारको वर्षात हो । लगातार परेको पानीका कारण तरकारी चाँडै कुहिएको र भारतीय तरकारी पर्याप्त मात्रामा नेपाल भित्रिन नपाउँदा नेपाली तरकारी बजारमा यसको मूल्य आकासिएको अनुमान उनको छ । कोटेश्वरको…

Read More

काठमाडौं : भारतबाट विषादी परीक्षण गरी केही मात्रामा तरकारी नेपाल आयात हुन थालेका छन । प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकृत रामकृष्ण सुवेदीले अदालतको फैसलापछि विषादी परीक्षण गरेर मात्रै नेपालमा तरकारी भित्राउने योजना अनुसार आयात हुन थालेको बताए । सर्वोच्च अदालतले तरकारी र फलफूल आयात गर्दा विषादी परीक्षण नगरी नल्याउन केही समय अगाडि आदेश दिएको थियो । यही आदेशलाई कार्यान्वयन गर्दै यतिवेला विषादी परीक्षणपछि आलु, प्याज, कागती, लौका परवल आदी कालीमाटी तरकारी बजारमा आउन थालेको छ ।

Read More

पाकिस्तान : तनावकाबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गरेका छन । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनाबको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेको छ । पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला…

Read More

बैतडी : मदिराका कारण घरेलु हिंसा बढेपछि बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिनुभयो । मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिएको हो । भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ । मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेमा पहिलोपटकका लागि रु १५ हजार, कसैले ओसारपसार गरेमा पहिलोपटकका लागि…

Read More

कावासोती : पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो निर्माण गरी सडक सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उहाँले बताउनुभयो । तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण…

Read More

हेटौँडा :  हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सक्रिय भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधारण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत सहभागी भए । साथै हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ मा सहभागी भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार हेटौँडा उपमहानगरपालिकाको वडा नं ४ मा मात्रै ६० जनालाई डेङ्गु सङ्क्रमण भएको पाइएको छ । यो सङ्ख्या जिल्लाभरिको…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बैंकिङ कारोबार गर्दा लाग्ने एबीबीएस (अन्तरशाखा) शुल्क हटाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ। बैंकहरुले अहिले एउटा शाखामा खाता खोलेर अर्को शाखाबाट कारोबार गर्दा शुल्क लिँदै आएका छन्। लेखा समितिले शुल्कको व्यवस्थाबारे राष्ट्र बैंकका गभर्नरसँग केही दिन छलफल गरेको थियो। छलफलपछि लेखा समितिले स्पष्ट रुपमा एबीबीएस शुल्क हटाउन निर्देशन दिएको हो। त्यस्तै, लेखा समितिले खाता खोल्दा राखिएको न्यूनतम् रकमभन्दा कम रकम भए कुनै रकम कट्टा नगर्न समेत निर्देशन दिएको छ। उदाहरुणका लागि न्यूनतम् बचत एक हजारमा खाता खोलेको अवस्थामा समेत बैंकहरुले डेबिट कार्ड, अनलाइन बैंकिङ लगायतका शुल्क काट्दै आएको छ। जसका एक हजार राखेर खाता खोल्नेहरुको…

Read More

काठमाडौं : बहुचर्चित पेट्रोलियम पाइपलाइनको उद्घाटनहाइटेक प्रविधिमार्फत हुने भएको छ। पाइप ओछ्याउने काम शतप्रतिशत सम्पन्न भइसकेको छ। नेपाल र भारत सरकारको द्विपक्षीय छलफलमार्फत उद्घाटनगर्न हालसम्म दुईवटा मिति निर्धारण भएको छ। भदौ १५ गते (सेप्टेम्बर १ तारिख) र भदौ २४ (सेप्टेम्बर १० तारिख) निर्धारण भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहज हुने गरी ती दुवैमध्ये एक छनोट गरिनेछ। यसरी छनोट भएको दिनमा हाइटेक प्रविधिमार्फत उक्त पाइपलाइनको उद्घाटनगर्ने तय भएको छ। उद्घाटनपश्चात यो पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुनेछ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्तरूपमा पाइपलाइन उद्घाटनगर्नेछन्। उदघाट्नका बेला भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद…

Read More