Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षको कार्ययोजनामा विद्युतीय सवारी साधनको प्रयोगलाई देशवयापी बनाउन प्रर्याप्त मात्रामा चार्जिङ स्टेशन निर्माण गर्ने कार्यक्रम समावेश छ । सरकारले केही दिन पहिले मात्रै साझा यातायातलाई ३०० विद्युतीय बस खरीदका लागि रु तीन अर्ब बजेट उपलब्ध गराइसकेको छ । यस्तै प्रदेश नं ३ सरकारले पनि साझा यातायातसँगको…

Read More

धादिङ: बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो । यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय…

Read More

काठमाडौँ : सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ । सेवामूलक व्यवसाय सञ्चालन गरी लाभग्राहीको आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट हालसम्म २६ हजार ६४१ जना लाभान्वित भएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा सहुलियत ब्याजदर(वार्षिक ४.५ प्रतिशत) मा कर्जा दिने व्यवस्था गरिएको छ । सैनिक सेवाबाट अवकास भएका व्यक्तिको जीवनलाई सवल र सक्रिय तुल्याउन योगदान पुगोस् भन्ने हेतुले कोषले परिवार तथा आवास अनुदान सहुलियत कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति मासिक…

Read More

सिन्धुली: आज दिउँसो एक महिलाको सुनकोशी नदीमा डुबेर मृत्यु भएको छ । काभ्रे पाँचखाल नगरपालिका–१० निवासी ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोशी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । माइती घर रामेछाप बेथान गाउँपालिका–६ जुङ्गेपानी जान भनी श्रीमान् ओमबहादुर रायमाझीसँग हिँडेकामा सरस्वतीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कुशेश्वर मन्दिर नजिक सुनकोशी नदीमा हामफाली बेपत्ता भएको सरस्वतीका श्रीमान् ओमबहादुर रायमाझीले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीलाई जानकारी हुनेबित्तिकै खोजी गर्दा घटनास्थलभन्दा २१ किलोमिटर तल सुनकोशी गाउँपालिका–६ खहरे दोभानमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । श्रीमान् र श्रीमतीसँगै…

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर रु दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ । आइतबार कूल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता शेयर रु ४७ करोड ४१ लाख ५१ हजार ७२९ मूल्यमा खरीद बिक्री भए । बिहिबारको तुलनामा कारोवार रकम समेत ओरालो लागेको हो । बिहिबार रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मूल्यमा…

Read More

काठमाडौं: नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमा कृषि विकास बैंक आवद्ध भएको छ। अब बैंकका ग्राहकहरुले आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भूक्तानी गर्न पाउने विज्ञप्तिमा उल्लेख छ। यो प्रणालीमा बैंकका ग्राहकले खातालाई लिंक गरेर भूक्तानी लगायतका सेवा पाउने कम्पनीले जनाएको छ। यो प्रणालीमार्फत राजस्व भूक्तानी,लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिनेछ। यो प्रणालीमा अहिलेसम्म ५७ वटा बैंक तथा वित्तिय संस्थाले सम्झौंता गरेर ५१ वटाले सेवा दिइरहेका छन्।

Read More

काठमाडौँ: निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउने बारेमा अध्ययन अगाडि बढाइएको छ । अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाडौँसम्म ल्याउने सम्भावनाको अध्ययन सुरु भएको हो । त्यसको अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थलगत सम्भाव्यता अध्ययन गर्ने मागसहित रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिनुभयो । दुई हप्ताअघि पठाइएको पत्रको अहिलेसम्म कुनै जवाफ भने आइनसकेको उहाँको भनाइ छ । रक्षा मन्त्रालयको सकरात्मक जवाफ आउने वित्तिकै दु्रतमार्गमा सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Read More

काठमाडौं : पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो । यसैगरी भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजनका नाममा रहेका जग्गाको स्वामित्व ट्रस्टको नाममा ल्याइएको छ । ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भने सकेको छैन । ट्रस्टमा आएको जग्गामध्ये कोही लिजमा दिइएको…

Read More

काठमडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को तयारी भव्य हुने बताएका छन्। उनले २० हजार व्यवसायी टुँडिखेलमा उतारेर भ्रमण वर्षको शपथ खान तयार रहेको बताए। ‘भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ’, शुक्रबार राजानीमा अयोजित नेपाल भ्रमण वर्ष २०२० को लागि आवश्यक सुझाव कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘राज्य र निजी क्षेत्रको सहकार्यमा पूर्वाधार निर्माण गर्ने र पर्यटन वर्षलाई सफल पार्न सकिन्छ।’ यसका लागि सरकारी निकायले गर्नुपर्ने कामको वर्गीकरण गरेर जान सरकार तयार रहेको उनले जानकारी दिए। भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रसँग छलफल गर्न र अवाश्यक साथ र सहयोगको…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कवि दीनानाथ शर्माको निबन्ध सङ्ग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रमा अध्यक्ष दाहालले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँँले भन्नुभयो, “यो परिवर्तनलाई संस्थागत गर्नु बाहेक अर्काे विकल्प छैन, अँध्यारो कुनामा बसेर झटारो हानेर विकल्प आउछ कि भन्नुको कुनै अर्थ छैन ।” अध्यक्ष दाहालले विद्रोहको नेतृत्व र जिम्मेवारी लिँदै मुलुकलाई शान्तिपूर्ण रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्नुभयो । हाल पार्टी एकता जस्तो ऐतिहासिक प्रक्रियासमेत…

Read More