Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न रु दुई अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ । अविरल वर्षाका कारण गत असार अन्तिम साता आएको बाढीले मुलुकका विभिन्न सिँचाइ प्रणालीमा क्षति पु¥याएको थियो । क्षति पुगेका सिँचाइ संरचनाको दीर्घकालीन मर्मतका लागि रु दुई अर्ब ११ करोड २२ लाख लाग्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बाढीबाट क्षति पुगेका सिँचाइ प्रणाली मर्मत तथा नयाँ निर्माण गर्न तत्कालीक रुपमा रु ३८ करोड २२ लाख लाग्ने भएको छ । बाढीलगत्तै सिँचाइ विभागले गरेको स्थलगत अवलोकन गरेको थियो । गत असार २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाका कारण मुख्य गरी…

Read More

काठमाडौँ: निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला लेख्नको काम नसएिको उल्लेख गर्दै आगामी भदौ ५ गते निर्णय सुनाउने तय गरेको हो । एनसेल प्रालिको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । त्यसको फैसला मात्र आउन बाँकी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत पूर्ण इजलासले गत माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने…

Read More

काठमाडौँ: प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । लामिछाने न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक हुन् भने कँडेल सोही कार्यक्रममा कार्यरत थिए । उनीहरुलाई साँझ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई काठमाडौँको कलङ्कीबाट अपराह्न पक्राउ गरिएको थियो । तीनै जनालाई आजै चितवन…

Read More

काठमाडौँ: धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२४ अङ्कले घटेर २६४.६८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि औसतमै सीमित रह्यो । कुल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर रु ४२ करोड ४३ लाख २३ हजार १२८ मा कारोबार भयो । स्टकका अनुसार कारोबार भएका १२ मध्ये सात उपसमूहको शेयर बढेको छ । व्यापार ६.६७, होटल १३.९, विकास बैंक ४.५, वित्त १.७९, निर्जीवन…

Read More

काठमाडौँ: लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाला सुन रु ७० हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रु ७१ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार २०० ले नै बढेको छ । तेजाबी सुन आज प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो । यो सुनको मूल्य अहिलेसम्मको उच्च हो । पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ…

Read More

काठमाडौँ: उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउनुहुन्छ । “थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ”, उहाँ भन्नुहुन्छ । यस्तै, भक्तपुरको जगाती, काठमाडौँको दक्षिणकालीबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौँ…

Read More

बाँके: नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४÷०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव २०७४÷०७५ मा एक लाख ४४ हजार १७२ वटा खसीबोका भारतबाट आयात भएका थिए । सीमानाका जमुनाहामा रहेको पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार दोस्रोमा सुँगुर, बङ्गुर आयात भएको भएको छ । आव २०७४÷०७५ मा आठ हजार ७७१ वटा सुँगुर, बङ्गुर आयात भएकोमा आव २०७५÷०७६ मा आयात दर घटेर दुई हजार २१ वटा सुँगुर, बङ्गुर आयात भएको चेकपोष्ट प्रमुख रामसेवक त्रिपाठीले जानकारी दिनुभयो । त्रिपाठीका अनुसार,…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । आज बिहान निधन हुनुभएका ९७ वर्षीय दीक्षितको शव अहिले कमलपोखरीस्थित हिमाल अस्पतालमा राखिएको छ । उहाँको शवलाई अन्त्येष्टिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राख्न परामर्श भइरहेको छ । त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । दीक्षित प्रतिष्ठानका पूर्व उपकुलपति हुनुहुन्छ ।

Read More

रसुवा: पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ । जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो । समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो । शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ: वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँको जन्म १९७९ फागुन…

Read More