Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

लहान: धान रोपाइँका समयमा अत्यधिक माग हुने रासायनिक मलको कालोबजारी गरिरहेको आरोपमा प्रहरीले सिरहाबाट दुई जना व्यापारीलाई आज पक्राउ गरेको छ । युरिया र डिएपिलगायतका रासायनिक मल कालोबजारी गरिरहेको सूचनाका आधारमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरस्थित रोहित खाद्य भण्डार तथा जनरल स्टोरका सञ्चालक सन्तोषप्रसाद गुप्ता र अनिल खाद्य एवं जनरल स्टोरका सञ्चालक स्थानीयवासी भागिरथ साहलाई पक्राउ गरेको हो । इजाजतपत्रबिना मलको डिपो सञ्चालन गरी नेपालमापर्ने मूल्य भन्दा बढी मूल्य लिई मलखाद बिक्री वितरण गरी कालोबजारी गरिरहेको सूचनाका आधारमा प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । सो क्रममा गुप्ताको पसलबाट युरिया…

Read More

काठमाडौँ: सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पारे । बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उनले केही समयलाई दूध अपुग भए आन्तरिक रुपमै व्यवस्थापन गर्न ध्यान केन्द्रित गरिने बताए । उनले भने, “गाउँमा दूध पर्याप्त छ । त्यसलाई शहरसम्म ल्याइपु¥याउने विधि खोजौँ । बरु सूचना जारी गरौँ । गाडी नपुगेका ठाउँमा गाडी लैजाऔँ ।” छलफलमा निजी डेरी उद्योगीले पाउडर दूध आयातमा लगाइएको…

Read More

काठमाडौं: आपूर्ति व्यवस्थापनलाई सहज बनाउँदै उपभोक्ता अधिकार स्थापित गराउन सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य थालेको छ। अन्य समयको तुलनामा चाडपर्वमा उपभोक्तामाथि विभिन्न नाममा ठगी हुने गरेका विगतको उदाहरणबाट पाठ सिक्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले आज आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सातै प्रदेशका वाणिज्य तथा आपूर्तिसँग सम्बन्धितमन्त्री, महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुखसँग छलफल गरेको हो। कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन तीनै तहको सरकारको समन्वयात्मक भूमिकाको खाँचो औँल्याए। प्रदेश र स्थानीय सरकारलाई विश्वासमा लिएर आपूर्ति व्यवस्थापनमा सङ्घीय सरकारले नयाँ कामको शुरुवात गरेको उल्लेख गर्दै उनले तीनवटै सरकारको साझा प्रयासबाट मात्र आपूर्ति व्यवस्थापन सहज हुने बताए। “चाडपर्वमा…

Read More

काठमाडौं: स्वदेशी उद्योगीनै सक्षम भइसकेको भन्दै सिमेन्टमा विदेशी लगानीमा रोक लगाउन माग गरेका छन्। नेपाल सिमेन्ट उत्पादक संघले शुक्रबार उद्योगमन्त्री मातृका यादबसहित सरोकारवालासँग गरेको छलफलमा विदेशी लगानी तत्कालै रोक्नुपर्ने माग गरे। संघका अध्यक्ष ध्रुब थापाले स्वदेशी लगानीकर्तानै सिमेन्ट उद्योगमा लगानी गर्न सक्षम रहेको र माग भन्दा बढी उत्पादन भइसकेकोले विदेशी लगानी रोक्नुपर्ने बताए। उनका अनुसार अहिले वार्षिक १ करोड टन सिमेन्टको माग छ। तर अहिले भएका उद्योगको क्षमतानै १ करोड ५० लाख टन छ। चिनियाँ लगानीको होङसी शिवम सिमेन्ट आएपछि स्वदेशी उद्योगीले विदेशी लगानी आवश्यक नरहेको भन्दै लविङ गर्दै आएका छन्। अहिले मुलुकभित्र झण्डै ६० उद्योग छन्।केही ठूला लगानीमा अरु…

Read More

काठमाडौँ: धादिङमा भएको यात्रुबस दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशुली नदीमा आज बिहान भएको दुर्घटनामा मृतकको संख्या पाँच पुगेको हो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास, सर्लाहीकै २५ वर्षीय विजय कुर्मी छन् । अर्का एक जना मृतकको भने सनाखत हुन सकेको छैन । उनीहरु तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो । यस्तै चितवनको जुगेडीमा एक जनाको शव फेला परेको छ भने मुग्लिनमा पनि अर्का एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको पनि सनाखत हुन सकेको छैन । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार बसबाट १६ जनाको जीवित…

Read More

काठमाडौँ: काठमाडौँको बिजेश्वरीमा गोली चलेको छ। अपराधी समाउने क्रममा शुक्रबार मध्यान्ह मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते हुनेमा लोप्साङ लामा भन्ने मिलन तामाङ रहेको अपराध महाशाखाका एसपी केदार ढकालले जनाकारी दिए। उनले तामाङलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेका कारण गोली प्रहार गर्नु परेको बताए। ‘महाशाखाको टोलीले चलाएको गोली उनको घुँडामुनि लागेको छ’, एसपी ढकालले भने, ‘उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। एसपी ढकालका अनुसार मिलनले रामेछापको एक गाँउपालिका अध्यक्षलाई धम्क्याएर २ करोड फिरौती मागेपछि उनको खोजीका क्रमका घटना भएको हो ।

Read More

काठमाडौँ: गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट ९७ अर्ब १० करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ /७५को तुलनामा आर्थिक वर्ष २०७५ /७६ मा व्यापार घाटा १३ दशमलब ५५ प्रतिशतले वृद्धि भई भएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात १३ दशमलब ९३ प्रतिशतले र निर्यात १९ दशमलब ३६ प्रतिशतले बृद्दि भएको छ । समीक्षा अवधिमा निर्यातको वृद्धि आयातको तुलनामा बढेपनि सिमित उत्पादनको कारण व्यापार…

Read More

खोटाङ: प्रदेश १ को खोटाङसहित ३ जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए । ‘राजविराजमा रहेको टावरसँग लिङ्क गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले बङ्ग्याएको छ’, उनले भने, ‘मर्मत गर्नका लागि प्राविधिकहरु चित्रे टावरमा पुगिसके पनि हावाहुरी चल्नेक्रम नरोकिएकाले टावरमा चढेर मर्मत गर्न सकिएको छैन ।’ टेलिकमको सबै सेवा अवरुद्ध भएपछि तीन…

Read More

काठमाडौँ: जम्मु–कश्मीरको विशेष अधिकार खारेजीको निर्णयपछि देखिएको भारत–पाकिस्तान सम्बन्ध थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले विहीबार लाहोर–नयँदिल्ली रेल सेवा बन्द गरिदिएको छ । पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन गर्दै ‘सम्झौता एक्सप्रेस’ बन्द गर्ने निर्णय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सम्झौता एक्सप्रेस १९७६ को जुलाई २२ देखि सुरु भएको थियो । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोबीच सिमलामा भएको वार्तापछि दुई देशबीच सम्बन्ध सुधार्ने उद्देश्यले नयाँदिल्लीबाट अटारी हुँदै लाहोरसम्म रेल सेवा सुरु गरिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।

Read More

काठमाडौँ: नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण हाललाई टरेको छ । ‘मन्त्रालयले नेपाल टेलिकमलाई ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरको हदमध्ये जो पहिला पुग्छ सोही आधारमा अनिवार्य अवकास दिनेगरी बोर्ड निर्णय गर्नु र अनुमोदनका लागि लोक सेवा आयोगमा पठाउनू भन्ने पत्र बुधबार खोलिएपछि हाम्रो अफिसमा ठूलो तनाबको वातावरण सिर्जना भयो’ आधिकाररिक ट्रेड युनियनका अध्यक्ष यादव पनेरुले नेपाल समाचारपत्रलाई बताए । अध्यक्ष पनेरुका अनुसार पत्रको व्यहोराले एक स्वतन्त्र निकायको अधिकार क्षेत्र…

Read More