Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बुटवल : गुल्मीमा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा एकै परिवारका दुई जना र वडा नं ४ का तीन घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोमा अन्य पाँच जना हराइरहेका छन् । सत्यवती गाउँपालिका–४ लिम्घामा खसेको पहिरोले स्थानीय दलित बस्तीका तीन घरमा क्षति पु¥याएको सोही वडाका वडा सदस्य डिल्लीराज भट्टराईले जानकारी दिनुभयो । “मृतकको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन कठिनाइ भएको छ, कसैको टाउको थिचिएको छ, कसैको शरीर नै चुडिएको छ”, सदस्य भट्टराईले टेलिफोनमा भन्नुभयो । प्रमुख…

Read More

काठमाडौं ः आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपाललाई गतिलो झट्का लागेको छ । पहिलो खेलमा नै कतारसँग ४ विकेटको पराजय बेहोरेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले ४ बल बाँकी छदै बलमा ६ विकेट गुमाएर भेटाएको थियो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । यस्तै कम्रान खानले २२ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन ।…

Read More

काठमाडौं ः बजारमा फेरि अर्को सामुहिक लगानी कोष आउने भएको छ । सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ को १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड इकाई बिक्री गर्ने भएको छ । यसमध्ये १५ प्रतिशत अर्थात २ करोड १० लाख इकाई बिज पुँजी वापत कोष प्रवद्र्धक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकी ११ करोड ९० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गर्न लागिएको हो । यसमा साउन २३ देखि साउन २७ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भदौ २० गतेसम्म खुला रहने सिद्धार्थ क्यापिटलले जनाएको छ । सिद्धार्थ म्युचुअल…

Read More

काठमाडौं : युनाइटेड इन्सुरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले यसका लागि साउन १४ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, साउन १३ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र उक्त हकप्रद भर्न योग्य हुनेछन् । युनाइटेडले हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको १ः२।४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद सेयर बिक्रीपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । त्यस्तै लाइफ इन्सुरेन्स…

Read More

सर्लाही ः छुट्टछुट्टै दुर्घटनामा परेर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । खाल्डोमा डुबेर लालबन्दीमा एक बालकको मृत्यु भएको छ भने ईश्वरपुर नगरपालिकामा दुर्घटनामा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । लालबन्दी नगरपालिका–२ सिटोल पुर्नवास निवासी सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवानको डुबेर मृत्यु भएको छ । मृतकको घरभन्दा ५०० मिटर दक्षिणपूर्व रहेको सूर्य इँटाभट्टाका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेको अवस्थामा गए राति ९ बजे बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाल्डोबाट बालकलाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दीस्थित टेक्सास अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । यसैबीच ईश्वरपुर नगरपालिकामा…

Read More

काठमाडौं ः प्रिमियर इन्स्योरेन्सले घोषणा गरेके ८४ प्रतिशत बोनसका लागि तिर्नुपर्ने कर, लगानीकर्ताका लागि समस्या बनेको छ । कम्पनीले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका थियो । साधारणसभाको सूचनामा कम्पनीले ८४ प्रतिशत नै बोनस वितरण गर्ने त्यसमा लाग्ने कर लगानीकर्ता स्वयंले बेहोर्नु पर्ने उल्लेख गरेको छ । २०७६ असार १९ सम्म कायम शेयरधनीले बोनस शेयरमा लाग्ने कर बापतको रकम सिद्धार्थ बैंक लिमिटेडको खाता नम्बर ००६१५००६८२१ मा जम्मा गर्न भनेको छ । साथै बोनस बापतको कर बैंकमा दाखिला गर्दा बैंक भौचरमा अनिवार्य रुपमा आफनो हितगाही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । बोनस…

Read More

कास्की : पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ । पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार विभाग कास्कीले तीन बालकको उद्धार गरेको थियो । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ का १३ वर्षीय विक्रम नेपाली, १५ वर्षीय राजु नेपाली र १४ वर्षीय प्रकाश नेपालीको उद्धारपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बागलुङको रोहवरमा सोमबार आफन्तको जिम्मा लगाइएको हो । श्रम तथा रोजगार विभाग कास्की पोखराले असार २३ गते पोखराका विभिन्न होटलबाट ती बालकको उद्धारपछि ‘सेफहाउस’मा राखिएका बालकलाई आफन्तको जिम्मा…

Read More

परासी ः पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको छ । स्थानीयको गुनासो बढेपछि आफनो सक्रियता प्रहरीले हिजो सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लजबाट अवैध यौन क्रियाकलाममा संलग्न छ पुरुष र चार महिलासहित होटल सञ्चालक रमेश कोइरालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उक्त होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरीले केही दिनदेखि निगरानी गरी सोमबार विशेष सूचनाको आधारमा छापा मारेको…

Read More

काठमाडौँ: तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यासो हो भने केही समय पर्खनूस् ।अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ । जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् । जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो । यो समाचार नागरिक दैनिकमा रुद्र खण्डाकाले लेखेका छन् ।

Read More

काठमाडौँ: उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ ? ‘जरुर !’ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप सेवामा हाजिर हुनेछ ।’ जहाजभन्दा सुरक्षित र कुनै पनि रेलभन्दा छिटो कुद्ने गरी परिकल्पना गरिएको हाइपरलुपको तीव्र गतिमाथि आइतबार मात्रै अमेरिकाको लसएन्जलसमा विश्वव्यापी प्रतियोगिता भएको थियो, जसको विजेता समूहमा एक नेपाली युवा पनि सामेल छन् । जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा कम्प्युटेसनल मेकानिक्सका विद्यार्थी दिनेश पौडेल र उनका सहपाठी टोलीले सबभन्दा छिटो कुद्ने हाइपरलुपको पोड (रेलजस्तै कुद्ने डब्बा) बनाएर संसारभरका प्रतिस्पर्धीलाई उछिनेको हो ।…

Read More