Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ ः प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताउनुभएपछि काङ्ग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा पुगेर नाराबाजी गर्दै विरोध जनाएका थिए । काङ्ग्रेस र राजपाका सांसदले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र…
काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान पुग्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ । निगमको यो प्रवद्र्धनात्मक भाडा हो । दशैँअघि पुनःअर्को भाडादर निर्धारण गरिने जनाइएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमका सहायक प्रवक्ता नवराज…
काठमाडौं ः एनएमबी बैंकको एनएमबी फिफ्टी नामको सामुहिक लगानी कोषको आइपिओ आज साउन १३ गतेदेखि बिक्रि खुला भएको छ । एनएमबी कोष प्रवर्दक र एनएमबी क्यापिटलको व्यवस्थापनमा संचालनमा आएको यस बैंकको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई आइपिओमा आजदेखि लगानी गर्न सकिन्छ । १० रुपैयाँ अंकित मुल्य रहेको फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड २० लाखकित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। साउन १३ देखि १६ गतेसम्म इकाई बिक्रि खुला रहने यस कोषको सबै इकाई खरिदको लागि यस अवधिसम्ममा आवेदन नपरेमा भदौ १० गतेसम्म आवेदन खुला रहनेछ। साढे १२ करोड…
काठमाडौँ : आज विश्व बाघ दिवस, सबैभन्दा धेरै बाघ पाइने बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छ । वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार विभिन्न कार्यक्रम गरिएको हो । सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम आयोजना भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम बाघ पाइने चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने…
लहान ः सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै दाजुबहिनी घरबाट खेल्न गएकोमा आइतबार बेलुकासम्म घर नफर्किदा अभिभावकले खोज्ने क्रममा स्थानीय पोखरीमा डुबेर मृतावस्थामा दाजुबहिनी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । घटनाबारे थप आवश्यक अनुसन्धान भरहेको प्रहरीले जनाएको छ । यसैबीच सिरहा नगरपालिका–३ मखनाहामा खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको मृत्यु…
काठमाडौं ः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले बैशाखमा संचालित परीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर प्रकाशित गर्ने छ। बोर्डको बैठक अज सोमबार दिउँसो ४ बजेलाई डाँकिएको छ । परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए ।
काठमार्डौँ: लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्र्यायो । कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको ऋणमार्फत करीब रु २४ अर्बमा खरीद गरिएका विमान गन्तव्य नपाएर थन्किरहेका बेला निगम व्यवस्थापन भने गन्तव्य सेवा विस्तारको धमाधम तयारीमा छ । त्यसो त, निगमभित्रको बेथिति, आर्थिक अराजकता, संस्थाभित्रको विकृतिलगायत विषय पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा ‘हेडलाइन’ बनिरहेका छन् । कहिले वाइडबडीको किस्ता तिर्न नसकेको, कहिले चिनियाँ विमान ‘ग्राउण्डेड’ (भूमिस्थ) भएको, विमानचालक पाइलटका विचित्रका गतिविधि तथा व्यवस्थापनमा रहेका पदाधिकारीबीच नै असामञ्जस्यता आदिले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको साखमाथि नै प्रश्नचिह्न…
काठमाडौँ: काठमाडौँको माछापोखरीस्थित एक सपिङसेन्टरको आठौँतलाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । माछापोखरी सपिङसेन्टरको आठौँतलाबाट खसेर काठमाडौँ महानगरपालिका–१६ निवासी ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । आज दिउँसो भएको उक्त घटनापछि गम्भीर घाइते श्रेष्ठको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको क्रममा ज्यान गएको हो । घटनाको कारण भने खुलेको छैन । श्रेष्ठ मालपोत कार्यालयको नायब सुब्बाबाट अवकासप्राप्त कर्मचारी भएको प्रहरीले जनाएको छ । उनी आफैँ खसेका हुन् या कसैले खसालेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
काठमाडौँ: गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले कस्ता आयोजनालाई कतिको सङ्ख्यामा कति समयका लागि सुरक्षा जनशक्ति खटाउने भन्नेबारे स्पष्ट नीतिगत निर्णयको आवश्यकता खड्किएको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मै सुरक्षा जनशक्तिको सङ्ख्या किटान गर्न लगाएर त्यसका आधारमा सुरक्षा कर लिने व्यवस्था गर्न जरुरी छ भन्नुभयो । सचिव राईले भन्नुभयो, “समान्य बाहिरी सुरक्षा दिने हो वा भित्र सम्पूर्ण सुरक्षा प्रदान गर्ने हो, त्यो डिपिआरमा पूर्णरुपमा उल्लेख हुनुपर्छ, अहिले कतिपय आयोजनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको ठूलो जनशक्ति खटिएको अवस्था छ, सरकारी आयोजनामा त जीनतिन राखौँला,…
काठमाडौँ: कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताउनुभएको छ । देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखसँग आज भएको छलफलमा मन्त्री खनालले क्वारेन्टाइनमा रहेका समस्या समाधानका लागि अन्तर सरकारी निकायबीच समन्वय गरेर समस्या समाधान गरिने बताउनुभयो । अर्थ मन्त्रालय र भन्सार विभागसँग समन्वय गरेर क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन मन्त्रालयको तर्फबाट पहल हुने मन्त्री खनालको भनाइ थियो । क्वारेन्टाइनमा दरबन्दी अनुसारको कम कर्मचारी, भौतिक संरचना र सेवा सुविधासमेत कम भएको भन्ने सन्दर्भमा मन्त्री खनालले ती विषयलाई समेत समाधान गरिने बताउनुभयो । भन्सार कार्यालयमा रहेका क्वारेन्टाइनमा…