Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् । सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टी्भित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका सचिवालयको एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम लगायतका शीर्ष नेताहरुसँग परामर्श…
काठमाडौँ: बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई मन्त्रीसँग बयान लिइसकेको छ भने अर्का तत्कालिन मन्त्रीसँग बयान लिने तर्खर गरिरहेको छ । दुई फरकमन्त्रीबाट तीनपटक निर्णय भएको ललिता निवास जग्गासम्बन्धी विवादमा मन्त्रिपरिषद् नेतृत्व गर्ने तत्काली प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि चाहिँ छानबिन होला कि नहोला ? अहिले धेरैको जिज्ञासा यही छ । तर यो प्रश्नको गुत्थी अर्कै प्रश्नमा अल्झिएको छ । त्यो हो, ललित निवासको जग्गा व्यक्ति र गुठीका नाममा दर्ता गर्ने दुई मन्त्रिपरिषद्को निर्णय नीतिगत हो या होइन ? यो समाचार कन्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।
काठमाडौँ: देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७४÷७५ मा नौ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३१८ जनाको मृत्यु भएको थियो । आव २०७३÷७४ मा…
काठमाडौं: टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । कुवेतले दिएको १४२ बलको लक्ष्य नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा पारस खड्काले कप्तानी पारी खेले । उनले ४२ बलमा ११ चौका र एक छक्काको मद्दतमा ६८ रन बनाए । शरद भेषावकरले नटआउट ३८ रन जोडे । बलिङतर्फ कुवेतका कप्तान मोहम्मद शासिफले तीन विकेट लिए । …
काठमाडौँ: आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगितामा कुवेतले नेपालसामु जीतका लागि १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर नेपालले कुवेतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन बनायो । कुवेतका लागि कप्तान मुहमद कासिफले सर्वाधिक ४९ रन बनाए । उनले मात्र ३६ बलमा २ चौका र ४ छक्का हिर्काउँदै सो रन बटुलो ।त्यस्तै, अदनान इद्रेसले २५ रनको योगदान दिए भने मोहमद असलामले २३ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३–३ विकेट लिए । सन्दीपले…
काठमाडौँ: नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ । थपिएका ८ वटा विमानस्थलको नाम तोकिएको छैन । बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी समझदारी (एमओयू) पत्रमा चिनीयाँ पक्षले नेपाल एयरलाइन्सलाई बेइजिङ, संघाई, ह्लासा, ग्वाङझाउ, कुन्मिङ, छेन्द् र सिआनमा उठान भर्नुका साथै अन्य ८ वटा गन्तव्यमा आफैं स्वतन्त्रता दिएको हो । वाइडबडीको अभाव र वायुसेवाको कमजोर व्यवस्थापनका कारण झन्डै एक दशकदेखि नेपाली विमानले चिनीयाँ आकाशमा फेरो लगाउन पाएका छैनन् । …
काठमाडौँ: प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक विर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ । विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युट को हकका लागि एक वर्ष र नयँँ टेलिभिजन सिग्नल डिस्ट्रिब्युटका लागि कानुन लागू भएपछि नै कार्यान्वयन हुने व्यवस्था राख्ने सहमति गरेको हो । विधेयक पारित पछि राजपत्रमा सूचना भएको एक वर्षपछि पुराना टेलिभिजन सिग्नल डिस्ट्रिव्युटको हकमा लागू हुने र नयाँका लागि राजपत्रमा सूचना प्रकाशित भए लगत्तै लागू हुने व्यवस्था गरेका छौँ, समिति सभापति कल्याणी खड्काले भनिन् । सरकारले ल्याएको प्रस्तावित विधेयकको दफा ६…
काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमामा वर्षेनी हुने बाढी र डुबानको समस्या दुवै देशको साझा भएकाले त्यसको दिगो समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले बाढी र डुबानको समस्या सामाधानका लागि पानीको बहुउपयोग हुने गरी दुवै देशले राजनीति भन्दामाथि उठेर समाधान खोज्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आज यहाँ आयोजना गरेको ‘बाँध, बाढी र डुबान’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले दुवै देशका नागरिकको सुरक्षा गर्न पनि त्यसको दिगो समाधानमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पछिल्लो समयमा बाढी र डुबानको समस्या समाधान गर्न दुई देशबीच संयुक्त संयन्त्र निर्माण हुनु र समस्याका कारणबारे उच्चस्तरमा स्वीकार गरिनु सकारात्मक…
काठमाडौँ : सरकारले भूमि व्यवस्थित गर्न अनलाइन सेवालाई थप प्रभावकारी बनाउँदै लगेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय देशभर ‘ल्याण्ड रेकर्ड इन्फरमेसन सिष्टम (एलआरआइएमएस)’ सफ्ट्वेयर लागू गरेर भूमिको संरक्षण र व्यवस्थापनमा लागेको हो । विसं २०७२ देखि शुरू गरिएको अनलाइन सेवा २०७४ सालसम्म २५ कार्यालयमा मात्र लागू भएकामा अहिले ७६ कार्यालयमा विस्तार गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना प्रविधि निर्देशक रामदत्त जोशीले जानकारी दिनुभयो । उक्त प्रविधिका कारण सरकारी जग्गा बेचबिखन तथा अतिक्रमण रोकिने छ । यस वर्ष थप ४० कार्यालयमा सेवा विस्तार गर्ने लक्ष्य मन्त्रालयको छ । भूमि व्यवस्था मन्त्रालयले सफ्टवेयरमा देशभरका सरकारी…
काठमाडौँ : काठमाडौँ उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रिया कार्यक्रममा उपत्यकामा सवारीसाधनले अत्यधिक चाप हुनाका साथै मापदण्ड विपरीतका सवारीसाधनले ३१ प्रतिशत प्रदूषण हुने गरेको पाइएको हो । प्रतिवेदनको आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले सार्वजनिक गर्दै सवारीसाधनबाट हुने अनियन्त्रित प्रदूषणलाई न्यूनीकरण गर्न कानूनी व्यवस्था र सरकारले मापदण्डसमेत बनाई गरे तापनि वायु प्रदूषण कमी नभई बढ्दै गएको उल्लेख गरिएको छ । आयोगले काठमाडौँ उपत्यकासहित, नुवाकोट, रुपन्देही, दाङ, बाँके, कैलाली, बर्दिया, कञ्चनपुर, मोरङ, सुनसरी,…