Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा नेपालको व्यापार घाटा १२ खर्ब ११ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट ८७ अर्ब ८३ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ /७५को पहिलो एघार महिनाको तुलनामा आर्थिक वर्ष २०७५ /७६ को एघार महिनामा नेपालको ब्यापार घाटा १७ दशमलब ४० प्रतिशतले वृद्धि भई भएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात १७ दशमलब ४५ प्रतिशतले र निर्यात १८ दशमलब १८ प्रतिशतले बृद्दि भएको छ । …
काठमाडौँ: काठमाडौंका विभिन्न स्थानमा साँझ पख र रातको समयमा युवतीमाथि अनौठो तरिकाबाट आक्रमण हुन थाल्यो । बाटोमा हिडिरहेका युवतीमाथि तिखो वस्तुले घोचेर युवा भागिहाल्ने । युवतीले सिरिन्जले घोचेको बताउँदै उपचारका लागि अस्पतालसम्म धाए। उनीहरुले आवश्यक कारबाहीका लागि प्रहरीमा उजुरी पनि दिए। विहीबार राती १ बजे काठमाडौंको महाराजगंजबाट एक युवा पक्राउ परेका छन् । ‘सिरिन्ज आतंक’ मच्चाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । रामेछाप घर भइ महाराजगंजमा बस्दै आएका ३० वर्षका सन्तोष कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले बताए। प्रहरीले निकै अनुसन्धान गरेर र आक्रमण भएका स्थानहरुको सिसिटिभी फुटेजका आधारमा कार्कीलाइ पछ्याएको थियो।…
काठमाडौँ: पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ । पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ । ‘विभिन्न सम्पर्क सूत्रबाट वार्ताका लागि सरकारले पहल गरिराखेको छ,’ पार्टीका एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, ‘अब सम्भावना टर्यो, यता वार्तामा आउन भन्ने, उता हाम्रा साथीहरुको हत्या गर्ने । हामीलाई यो कदापि स्वीकार्य छैन ।’ नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्ना तर्फबाट वार्ताको पहल गरिरहेको ती नेताको भनाइ छ । यो समाचार आजको…
काठमाडौँ: प्रदेशको प्रहरी प्रमुख र प्रत्येक जिल्लाको प्रहरी प्रमुख को रहने भन्ने विषयमा संसदीय समितिमा सांसद तथा सरकारको मत बाझिएको छ । प्रदेशको प्रहरी प्रमुखसमेत केन्द्रकै मातहतमा रहने गरी सरकारले ल्याएको विधेयकमा सांसदहरूले असहमति जनाएका छन् । तर, सरकार पक्ष सांसद भने प्रदेश तथा जिल्लाको प्रहरी प्रमुख नेपाल प्रहरीबाटै हुनुपर्ने अडानमा देखिएका छन्। २९ चैतमा दर्ता भएको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हाल राज्यव्यवस्था तथा सुशासन समितिमा दफाबार छलफलको क्रममा छ । अपराध अनुसन्धान गर्ने प्रयोजनका लागि प्रदेशमा पनि नेपाल प्रहरीको प्रमुख रहने गरी सरकारले विधेयक ल्याएको हो ।…
काठमाडौँ: लिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको छ । मोटो रकम लिएर लाइसेन्स बनाइदिने समूहले अहिले ट्रायलमा नक्कली परीक्षार्थी पठाएर चलखेल गर्न थालेका हुन् । गिरोहले एउटाको ट्रायलमा अर्काेलाई पठाएर चलखेल गर्न थालेको प्रहरीले जनाएको छ । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले मात्र पछिल्लो तीन महिनामा पाँचजना नक्कली परीक्षार्थीलाई ट्रायलकै क्रममा पक्राउ गरेको छ । कार्यालयकी प्रमुख कमला थापा खत्रीले आर्थिक चलखेलकै आधारमा ट्रायलमा नक्कली परीक्षार्थी खटाउने गरेको भेटिएको बताइन् । अन्य यायायात कार्यालयले पनि नक्कली परीक्षार्थी पक्राउ गर्दै आएका छन् । …
काठमाडौं : सरकारले आउँदो आर्थिक वर्षभित्र भारतसँग जोडिएका जिल्लामा रेल सञ्चालन गर्ने दाबी गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भारतीय राज्य बिहारको सीमावर्ती जयनगरदेखि विजयपुर हुँदै बर्दिवाससम्मको ६९ किलोमिटरमध्ये ३५ किलोमिटरमा आउँदो दसैंसम्म रेल चलाउने दाबी गरेका छन्। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकमा उनले त्यस्तो दाबी गरेका हुन्। रेलका लागि भारतसँग सम्झौता भइसकेको बताएका उनले भने, ‘रेलका लागि पैसा पठाइसक्यौं, हामीले थाहा पाएसम्म निर्माण पनि सुरु भएको छ। आशा गरौं आउँदो दसैंसम्म रेल चल्छ। हामीले दुई डेमोकार मागिसकेका छौं। यो विद्युतबाट पनि चल्छ।’ आर्थिक वर्ष ०७६÷७७ भित्र जोगबनी–विराटनगर १६ किलोमिटरमा पनि ‘क्रस बोर्डर’…
काठमाडौँ: नेपाली सेनाका ५ जना सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटादे बताए ।
काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको देउवाले बैठकपछी जानकारी दिए । केही दिन अघि बसेको नेकपाको सचिवालय बैठकमापनि संक्रमणकालिन मुद्दा टुंगाउनेबारे छलफल भएको थियो । सोही अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा शान्ति प्रक्रियाका वाँकी कामलाई टुंगोमा पुर्याउन उच्चस्तरीय राजनीतिक समझदारीका साथ अघि बढने कुरामा सकारात्मक छलफल भएको स्रोतले बतायो । प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार…
काठमाडौं: देवः विकास बैंकले आफ्नो १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष बज्र गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७४/७५ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत अर्थात १३ करोड ९३ लाख ५२ हजार रुपैयाँ बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको छ । सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४÷७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित भएको छ । साथै, आ.व. २०७५÷७६ लेखापरिक्षण गर्न एल.एस.पि. एशोसियटस्…
काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । देशभरका सात प्रदेशमा एक हजार नौ सय ७९ वटा केन्द्रमा लिइएको परीक्षाको परीक्षाफल बिहीबार अपरान्ह प्रकाशित भएको हो। कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ। यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १…