Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सडक डिभिजनल कार्यालय पोखराका प्रमुख नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टिमले बिहीबार साँझ साढे ७ बजे ईन्जिनियर हरि पोखरेललाई पक्राउ गरेको हो। सडक डिभिजन कार्यालय पोखरा अन्तर्गतको सडक निर्माणको काम मिलाइदिने भनी घुस लिने सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोखरेल र घुस दिने ठेकेदार ऋषि गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले घुस रकम नौ लाखसहित नियन्त्रणमा लिएको हो। अख्तियारले घुसको प्रबन्ध मिलाउने सडक डिभिजनकै ईन्जिनियर पवित्रमणि आचार्यलाई समेत नियन्त्रणमा लिएको छ। सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी जिएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले बिहीबार साँझ डिई पाखरेलको निवासमा…
काठमाडौँ: सरकारले एक करोड रुपैयाँसम्मका सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ । श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरुलाई परिपत्र गर्दै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशका–२०७५’ लागू गर्न निर्देशन दिएको छ । निर्देशिकामा १ करोडसम्म लागतका आयोजनाहरु डोजर लगायत हेभी मेसिनरी उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । अब यस्ता आयोजनामा मानवीय श्रमशक्तिबाटै काम गर्नुपर्नेछ । सार्वजनिक क्षेत्रमा रोजगार प्रत्याभूत गर्ने गरी सरकारले जारी गरेको निर्देशिकाअनुसार नेपाल सरकार, प्रदेश सरकारका विषयगत मन्त्रालय र निकायहरुसहित स्थानीय तह सबैले एक करोडसम्मका योजना सम्भव भएसम्म मानवीय जनशक्तिबाटै सञ्चालन गर्नुपर्नेछ । यस्ता कामका लागि…
धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। बसमा कति यात्रु थिए भन्ने यकीन हुन सकेको छैन। अहिलेसम्म १० जनाको उद्धार गरिएको घटनास्थलमा रहेका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठ्यारो ठाउँ र अध्याँरो भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए। बसको आधा भाग पानीमा डुबेको छ । थप विवरण आउन बाँकी छ।
काठमाडौं : आन्तरिक र बाह्य बजार अनिश्चित हुँदा विद्युत् प्राधिकरणले उपयोग नगरे पनि तिर्नैपर्ने सम्झौता भएका पाँच हजार मेगावाटभन्दा बढी बिजुली जोखिममा परेको छ। मूल्यका हिसाबले यो एक खर्ब ७९ अर्ब रुपैयाँ हो। स्वदेशमा आन्तरिक माग वार्षिक सय मेगावाट पनि हुन सकेको छैन। साथै भारत लगायत तेस्रो बजारमा पहुँच सुनिश्चित नभएकाले यो रकम जोखिममा परेको हो। भारतले नेपालसित बर्खायामको बिजुली लिने र नेपाललाई अपुग हुने हिउँदयाममा त्यति नै बिजुली दिने (इनिर्जी बैंकिङ) लागू नहुने संकेत गरिसकेको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले जारी गर्न लागेको सीमापार विद्युत् कारोबार व्यवस्थित गर्न लागेको कार्यविधि (कन्डक्ट अफ बिजनेस रुल— सीबीआर) इनर्जी बैंकिङ नराखेकाले नेपाल…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाको तल्लो चमेलिया जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पहल थालेको छ । यसका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग आयोजनाको निर्माण गरी सञ्चालन र व्यवस्थापनका लागि सहमति माग्ने निर्णय गरिसकेको छ । केही वर्ष अघि निर्माण सम्पन्न चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादन भइरहेको ३० मेगावाटको विद्युत् शक्ति राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । सो विद्युत् आयोजनाको केही तलको भागमा तल्लो चमेलिया विद्युत् आयोजनाको निर्माणको पहल प्रदेश सरकारले गरेको हो । सुदूरपश्चिम प्रदेशमा चमेलियासहित दुई वटा जल विद्युत् आयोजनाबाट हाल ३८ दशमलव ५ मेगावट विद्युत् उत्पादन भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका…
काठमाडौँ: सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई तारेखमुक्त बनाउने आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज सो मुद्दाको सुनुवाइ शुरु गरी उक्त मुद्दाको सक्कल फाइल नभेटिएपछि अदालतले तारेखमा रहेका न्यौपानेलाई तारेखमुक्त गर्न आदेश दिएको हो । ‘विसं २०६० वैशाख २५ गतेको निर्णय फाइल प्राप्त नभएकै कारणबाट प्रस्तुत विवादको सुनुवाइ नगर्नु मनासिव देखिएन, आयोगको निर्णयका विषयमा मुद्दामा सुनुवाइ गर्दै जाँदा पछि ठहर गरेबमोजिम हुने नै छ, निज सचिव महेश्वर न्यौपानेलाई तारेखमा राखिरहन परेन’ आदेशमा भनिएको छ । यसअघि सर्वोच्च अदालतले भ्रष्टाचारको मुद्दामा…
बुटवल:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘सन् २०२० को जनवरी महिनामा साटवटै प्रदेशबाट भिजिट नेपाल–२०२०’ को भव्य उद्घाटन हुने बताएका छन् । उनले आज बुटवल आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले विदेशमा रहेका ५० लाख जनाले एक–एकजना पर्यटक पठाए पनि ५० लाख पर्यटक हुने बताए । मन्त्री भट्टराईले भने, ‘उनीहरुलाई भुलाउन बुद्ध सर्किट, बुद्धसँग सरोकार राख्ने स्थानहरुलाई जोड्नुपर्दछ । यदि सच्चा नेपाली भए उहाँहरुले पर्यटक पठाउनुहुन्छ । हैन भने विदेशमा बसेर नेपालका नेतालाई गाली गर्ने,खाल्डाखुल्डीका तस्विर पोष्ट गरेर देश बनेन भन्नु गलत हो ।’ नेकपा स्थायी कमिटिका सदस्य समेत रहेका मन्त्री भट्टराइले नेकपा पार्टी…
काठमाडौँ: नेपालको पुँजी बजारको इतिहासमै आज बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरण अनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका नेप्सेले जनाएको छ । बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको छ ।नेप्सेमा इतिहासकै धेरै संख्यामा कारोबार काठमाडौँ: नेपालको पुँजी बजारको इतिहासमै आज बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरण…
काठमाडौँ ः भारतमा आयोजना हुने साफ यू–१५ ९पन्ध्र वर्षमुनि० फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ भने १० गते बङ्गलादेशसँग र १२ गते भूटानसँग खेल्नेछ । यसअघि नेपालमा नै सम्पन्न अघिल्लो श्रृङ्खलाको साफ च्यापियनशिपमा बङ्गलादेश च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो । उक्त प्रतियोगिताका…
रुपन्देही : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । आगामी डिसेम्बर महीनाभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भन्नुभयो “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महीनामा ती सबै काम पूरा हुन्छ ।” कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उहाँले विमानस्थललाई आवश्यक…