Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको हकप्रद सेयर भर्नका लागि सेयरधनीको सुचीमा आफनो नाम दर्ता गर्ने आज अन्तिम दिन हो । साउन २४ गते वार्षिक साधारण सभा बोलाएको एलआइसीले सभा गर्न साउन ९ गते बिहीबारदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । आज साउन ८ गते बुधबारसम्म कायम सेयरधनीले मात्र प्रस्तावित ७० प्रतिशत लाभांश पाउनेछन् । कम्पनीको प्रस्तावित ३४।४६ प्रतिशत बोनस सेयरपछि चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज अपरान्ह चालु आर्थिक वर्ष २०७६।७७ को नयाँ मौद्रिक नीति सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले र्‍याडिसन होटल, लाजिम्पाटमा अपराह्न ४ बजे चालु आर्थिक वर्ष २०७६र०७७ को लागि नीति सार्वजनिक गर्न लागेको हो। निर्धारित मितिभन्दा १२ दिन पछि आज मौद्रिक नीति सार्वजनिक हुन लागेको हो । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको मस्यौदा छलफल गरि मौद्रिक नीति पारित गरेपछि अपराह्न सार्वजनिक हुने पक्का भएको हो। यसअघि राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति सार्वजनिक गर्ने बताएको थियो। तर विग मर्जर तथा अन्य एजेण्डाहरुमा सञ्चालक समितिका सदस्यहरुबीच नै सहमति हुन नसक्दा मौद्रीक…

Read More

बागलुङ : थाइराइड जाँचको लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बागलुङवासीको बाध्यता अब हटेको छ । धौलागिरि अञ्चल अस्पतालले हिजो मङ्गलबारदेखि थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ । थाइराइड सेवाको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । बागलुङ नगरपालिका–४ कि विष्णु सापकोटाले प्रयोगशालाबाट पहिलो सेवा लिनुभएको थियो । सोही अवसरमा प्रदेशसभा सदस्य सापकोटालगायतको पनि थाइराइड परीक्षण गरिएको थियो । अत्याधुनिक उपकरण भित्र्याएर थाइराइड सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले व्यवस्थापकीय सुधारसँगै सेवाको गुणस्तर…

Read More

राँझा ः नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरीद गरेको हो । खरीद गरिएका बस एक महीनादेखि उपमहानगरपालिकामै थन्किएका छन् । उपमहानगरलाई अन्य नगर तथा गाउँपालिकासँग जोड्ने गरी महिलामैत्री बस सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि निर्माणसँगै…

Read More

डोटी : बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको हो । ३ उक्त दुर्घटनामा परी सोही ठाउँ बस्ने अन्दाजी २४ वर्षीय हिक्मत सामन्त (साउद) र २२ वर्षीय पुष्कर नागरी घाइते भएका छन् । चिप्लो बाटो, पानी र कुहिरोका कारण…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरेकाे राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । बाणिज्य-बाणिज्य बैंक मर्जरमा गए दुई बर्षसम्म ब्याजको स्प्रेड पाँच प्रतिशतसम्म कायम गर्न सकिने नीति ल्याउन लागिएको छ। स्रोतहरुका अनुसार प्रमुख कार्यकारी, डेपुटी प्रमुख कार्यकारी र सञ्चालकहरुको कुलिङ पिरियडमा छुट दिइने छ। राष्छ्र बैंकले एक बर्षभित्र मर्जरमा जाने बैंकहरुलाई मात्र यो सुविधा उपलब्ध गराउने छन्। नरम भाषामा बिग मर्जरको बिषय उठान गरिए पनि भोलिबाटै प्रतिबद्धता ब्यक्त गरेका…

Read More

मकवानपुर: मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पु¥याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिनुभयो । पहिरोका कारण १० दिन अवरुद्ध भएर भर्खरै सञ्चालनमा आएको हेटौँडा फाखेल काठमाडौँ सडकखण्ड…

Read More

काठमाडौं – पेस्की लिएर पनि आयोजना निर्माण अघि नबढाउने एक हजार ८ सयभन्दा बढी कम्पनी÷ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको छ। जलविद्युत्, सडक, पुललगायत आयोजना निर्माणबापत सरकारी निकायबाट ‘मोबिलाइजेसन पेस्की’ लिएर काम नगर्ने कम्पनी र ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार पहिचान गरेपछि गृह मन्त्रालय काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न जुटेको हो। गृहमन्त्री रामबहादुर थापाले समयमै काम नगर्ने तथा सरकारी बजेट दुरुपयोगमा संलग्न एक हजार ८ सय ठेकेदारमाथि सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर छानबिन सुरु भएको बताए। उनले ठेकेदार विकास–निर्माणमा गैरजिम्मेवार…

Read More

काठमाडौँ: नेपाली कामदारमा डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नीति लिएको हो । कोरियाले सन् २०२० जनवरी १ देखि लैजाने नेपाली कामदारको सीप परीक्षण गर्ने भएको छ । गत जुन ८ र ९ को भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ जना सीप परीक्षणमा सहभागी हुनुपर्नेछ । यो समाचार कान्तिपुर दैनिककमा होम कार्कीले लेखेका छन् ।

Read More

काठमाडौँ: एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । गत सोमबार सोलुखुम्बू, रौतहत र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति जारेको छ । चुनावमा बागी उम्मेदवार, उनीहरुको प्रस्तावक र समर्थकविरुद्ध कारवाही गर्न जोड गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा नवीन झाले लेखेका छन् ।

Read More