Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : सरकारले आउँदो आर्थिक वर्षभित्र भारतसँग जोडिएका जिल्लामा रेल सञ्चालन गर्ने दाबी गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भारतीय राज्य बिहारको सीमावर्ती जयनगरदेखि विजयपुर हुँदै बर्दिवाससम्मको ६९ किलोमिटरमध्ये ३५ किलोमिटरमा आउँदो दसैंसम्म रेल चलाउने दाबी गरेका छन्। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकमा उनले त्यस्तो दाबी गरेका हुन्। रेलका लागि भारतसँग सम्झौता भइसकेको बताएका उनले भने, ‘रेलका लागि पैसा पठाइसक्यौं, हामीले थाहा पाएसम्म निर्माण पनि सुरु भएको छ। आशा गरौं आउँदो दसैंसम्म रेल चल्छ। हामीले दुई डेमोकार मागिसकेका छौं। यो विद्युतबाट पनि चल्छ।’ आर्थिक वर्ष ०७६÷७७ भित्र जोगबनी–विराटनगर १६ किलोमिटरमा पनि ‘क्रस बोर्डर’…

Read More

काठमाडौँ: नेपाली सेनाका ५ जना सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटादे बताए ।

Read More

काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको देउवाले बैठकपछी जानकारी दिए । केही दिन अघि बसेको नेकपाको सचिवालय बैठकमापनि संक्रमणकालिन मुद्दा टुंगाउनेबारे छलफल भएको थियो । सोही अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा शान्ति प्रक्रियाका वाँकी कामलाई टुंगोमा पुर्याउन उच्चस्तरीय राजनीतिक समझदारीका साथ अघि बढने कुरामा सकारात्मक छलफल भएको स्रोतले बतायो । प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार…

Read More

काठमाडौं: देवः विकास बैंकले आफ्नो १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष बज्र गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७४/७५ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत अर्थात १३ करोड ९३ लाख ५२ हजार रुपैयाँ बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको छ । सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४÷७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित भएको छ । साथै, आ.व. २०७५÷७६ लेखापरिक्षण गर्न एल.एस.पि. एशोसियटस्…

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । देशभरका सात प्रदेशमा एक हजार नौ सय ७९ वटा केन्द्रमा लिइएको परीक्षाको परीक्षाफल बिहीबार अपरान्ह प्रकाशित भएको हो। कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ। यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १…

Read More

काठमाडौँ:  नेपाल टेलिकमले सदा झैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट कभभ पछि संकेत नम्बर -(Symbol Number) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । जस्तै: see<space>symbol No. टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ । यो बाहेक १६०० मा कल गरेर पनि एसईई को नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो १० महिनामा चालु खाता घाटा विस्तार भई रु.२२१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१९२ अर्ब ५ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१८ अर्ब ९३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनामा १८ करोड ४८ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा…

Read More

डोल्पा: दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । टेलिफोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ । एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । सदरमकाम दुनैबाट टाढाको दूरीमा रहेकाले मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । यद्यपि, मर्मतका लागि कर्मचारी पठाइएसकिएको टेलिकमको भनाइ छ । जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् ।

Read More

काठमाडौँ: एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक…

Read More

काठमाडौँ :सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । यो समाचार  अन्नपूर्ण पोस्ट् दैनिकमा  छ ।

Read More