Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : सामाजिक संजालमा लामो असहमति व्यक्त गरेपछि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई  अमेरिकी राजदूतावासले अचानक भिसा दिएको छ । अमेरिकी राजदूतावासले आज मंगलबार बिहानमात्रै लामिछानेलाई भिसा दिन आनाकानी गर्दै आएको थियो । यसका बारेमा सन्दीपले ट्वीटमा लेखेका थिए, ‘आउँदो क्यारिबियन प्रिमियर लिग (सीपीएल) का लागि आज म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो। राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको छु। मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परेको छु । म निःशब्द भए र म हास्दै ती सबैकुरा हेरिरहेको थिए , मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे। खेलाडीका रुपमा यसले मलाई…

Read More

बग्दाद : इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दश जनाको मृत्यु भएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा सोमबार मारिएका ती सबै इस्लामिक स्टेट्स -आइएसका लडाकू रहेका जनाइएको छ । इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय -सिटिएसको संयोजनमा अहिले सुरक्षा कारबाही तिब्र पारिएको अधिकारीहरुले जनाएका छन् । आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् । सिटिएसले अतिवादी लडाकूहरु विरुद्ध गरेको कारबाहीका क्रममा उनीहरुमध्ये आठ जनाको मृत्यु भएको वक्तव्यमा उल्लेख गरिएको छ । सुरक्षाकर्मीहरुले अतिवादीहरु विरुद्ध कडारुपमा प्रस्तुत हँुदा सन् २०१७ मा देशको सुरक्षा अवस्था नाटकीय रुपमा…

Read More

काठमाडौँ ः काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो । नेपाल भलिबल सङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान टोलीलाई स्वागत गर्नुभयो । नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यही च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्समा भएको खेलमा…

Read More

काठमाडौँ : देशभर चोरीका घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५÷७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो । मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ । साधारण चोरीमा दुई हजार १४२ जना विरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, डाँका चोरी १९९, नकबजनी चोरी १५५, सवारी चोरी १२३, चौपाया चोरी ११, पुरातात्विक चोरी चार र रहजनी चोरीमा तीन जना विरुद्ध मुद्दा दायर गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले रातिको समयमा भन्दा दिउँसोको समयमा बढी चोरी हुने गरेको बताउनुहुन्छ । “दिउँसो घरमा कोही…

Read More

काठमाडौं : सूर्या लाइफ इन्स्योरेन्सको आज मंगलबारसम्म कायम शेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन । कम्पनीले आगामी भदौ ८ गतेदेखि निष्काशन गर्न लागेको हकप्रदमा साउन २८ गतेसम्म शेयरधनीको किताबमा नाम लेखाइसक्नुपर्ने छ । इन्स्योरेन्सको साउन २७ गते धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४५२ रुपैयाँमा शेयर कारोबार भएको छ । इन्स्योरेन्सले आगामी भदौ ८ गतेदेखि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ। साउन २० गते बसेको सञ्चालक समितिको बैंठकले हकप्रद प्रयोजनका लागि साउन २९ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो। बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यतामा रहेको यस इन्स्योरेन्सले ८८ करोड ७४ लाखको हकपद…

Read More

काठमाडौं : केहि दिन स्थिर रहेको सुनको मूल्य आज मंगलबार फेरि उकालो लागेको छ । आज ह्वात्तै एक हजारले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी महासँघका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा काराबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको भाउमा पनि प्रतितोला १० रुपैयाँले बढेर ८३५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। केही सातायता नया उचाइमा पुग्दै आएको सुनको बजार भने शून्य प्रायः छ । नयाँ सुन खरिद गर्ने ग्राहक भन्दा पुरानै सुन बेच्ने ग्राहकले सुन पसल भरिएका छन ।

Read More

भक्तपुर ः नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरमा ‘उज्यालो भक्तपुर अभियान’को सुरुवात भएको छ । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० वटा सौर्यबत्ती एकैपटक बालेर यो अभियानको सुरुवात भएको हो । अभियानको उदघाटन सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नतेले गरे । उनले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक संवादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियान सम्भव भएको बताए। उनले भने, “विगतमा धेरै वर्षदेखि लोडसेडिङलगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य यहाँका बासिन्दाका लागि अब सधैँ तिहारको दिपावलीजस्तो उज्यालो दिएको छ, प्रधानमन्त्री रोजगार कार्यक्रममा…

Read More

काठमाडौँ : लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्था कार्यान्वयनमा कडाइ गर्ने भएको छ । विभागले आज मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको हो । नियम मिचेको पाइएमा कारवाही गर्ने विभागले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक छ÷छ घण्टामा पालैपालो सवारी चलाउनुपर्ने व्यवस्था छ । एउटै चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटनाको दर बढेको विभागको भनाइ…

Read More

काठमाडौँ: जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् । भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको समान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउँछन् । यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

Read More

काठमाडौँ: निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको उक्त छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउन सहमति जुटेको हो । साथै त्यसका लागि सबै दलसँग सहमति जुटाउने विषयमा पनि छलफल भएको बताइएको छ । उक्त छलफलमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, सांसद दीनानाथ शर्मा, विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डे, विपक्षी दलका सचेतक सरिता प्रसाईँ, समाजवादी पार्टीका नेता प्रमिला कुमारी र पत्रकार महासंघका प्रतिनिधि…

Read More