बग्दाद : इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दश जनाको मृत्यु भएको छ ।
अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा सोमबार मारिएका ती सबै इस्लामिक स्टेट्स -आइएसका लडाकू रहेका जनाइएको छ ।
इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय -सिटिएसको संयोजनमा अहिले सुरक्षा कारबाही तिब्र पारिएको अधिकारीहरुले जनाएका छन् ।
आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् ।
सिटिएसले अतिवादी लडाकूहरु विरुद्ध गरेको कारबाहीका क्रममा उनीहरुमध्ये आठ जनाको मृत्यु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
सुरक्षाकर्मीहरुले अतिवादीहरु विरुद्ध कडारुपमा प्रस्तुत हँुदा सन् २०१७ मा देशको सुरक्षा अवस्था नाटकीय रुपमा सुधार भएको थियो ।