Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ। ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५९ नेपाली बालबालिका त्यहाँ धर्मसन्तानका रूपमा लगिएका छन्। बढी भएका १ सय ३७ जना कसरी गए ? यसले धर्म सन्तानका नाममा नेपालबाट बालबालिका तस्करी भइरहेको पुष्टि हुन्छ। सरकारले १८ मुलुकमा बालबालिकालाई धर्मपुत्र–धर्मपुत्री बनाएर पठाउँदै आएको छ। तीमध्ये अमेरिका र युरोपका ६ मुलुकले नेपालबाट आफ्नो देशमा पुर्याइएका बालबालिकाको सूची हेग कन्फे्रन्स अन प्राइभेट इन्टरनेसनल ल (एचसीसीएच) लाई बुझाउने गरेका छन्। ती ६ मुलुकले सन् २०१० यता बुझाएका तथ्यांक जोड्दा १ सय ५७ नेपाली बालबालिका पुगेको पाइन्छ। यही अवधिमा…
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौगोलिक रुपमा विकट रहेका स्थानमा तुइनमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता अन्त्य गर्नको लागि झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिने भएको छ। मन्त्रालयका सचिव यादव कोइरालाले गरेको कार्यसम्पादन सम्झौतामा एक वर्षभित्र १ सय झोलुङ्गे पुलको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री लालबाबु पण्डितसँग सचिव कोइरालाले गरेको सम्झौतामा १३५ वटा झोलुङ ठेक्का लगाउने उल्लेख छ। वैशाखभित्र संघमार्फत् १५० डीपीआर तयार गर्ने उनले प्रतिवद्धता जनाएका छन्। चैत्रभित्र प्रदेश र स्थानीय तहबाट ८ सयको डीपीआर तयार गर्ने सचिव कोइरालाले गरेको सम्झौतामा उल्लेख छ। सम्झौतामा चैत्रभित्र हिमाली क्षेत्र जीविकोपार्जन सुधार कार्यक्रमको डिजाइन तथा कार्यान्वयन मोडयालिटी…
बेत्रावती: बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो । स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन् ।
काठमाडौं : बहुप्रतिक्षित काठमाडौं–तराई द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंगो लाग्न ढिलाइ हुँदा तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने भएको छ। प्रस्थानबिन्दु, रेखांकन र डीपीआर टुंगो लगाउन लामो समयदेखि गृहकार्य भइरहेको छ। सरकारले द्रूतमार्ग निर्माणको काम नेपाली सेनालाई जिम्मा दिएको छ। भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि सरकारले २०७४ साउन २७ मा द्रूतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो। सेनाले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएकोमा दुई वर्ष बितिसक्दा पनि विस्तृत परियोजना प्रतिवेदन अनुमोदन हुन सकेको छैन। नेपाली सेनाले डीपीआर रक्षा मन्त्रालयमार्फत् स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेश गरेको भए पनि मन्त्रिपरिषद्बाट थप अध्ययनका लागि सरोकारवाला मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात…
काठमाडौँ: त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचाँै तलाको एक कोठामा आगलागी भएको जानकारी दिए । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताए । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् । आज उनले ट्वीट गर्दै स्वास्थ्य परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभारका साथ आफ्नो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गरी सिंगापुरबाट आजै स्वदेश फर्किएका हुन् । उनले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । उनि स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गरेका थिए ।
काठमार्डौं: कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपााणी खनालले सरकारले छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताए । काठमाडौमा सुरु भएको यशियन कृषि सम्मेलन तथा प्रदशनीको उत्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरे । मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै यूवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने जोड दिए । मन्त्री खनालले २१ देखि ३५ बर्षका यूवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने बताए…
काठमाडौँ : नेपाल टेलिकमले हाल विश्वभरका ८७ मुलुकमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका १९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो । तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरिएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो । कम्पनीले गत वैशाख १६ गतेदेखि जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि पनि दुई छिमेकी मुलुक चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ । “जिएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको…
काठमाडौँ: सरकारले आगामी १० वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज आयोजित साक्षात्कारमा मन्त्रालय दुई हजार ८०० किलोमिटर रेलमार्ग बनाउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै आगामी ११ महिनाभित्र काठमाडौँ उपत्यकालाई सुन्दर नगरका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले काँकडभिट्टा–गड्डाचौकी–काठमाडौँ, भैरहवा तथा मुख्यमुख्य शहर जोड्ने रेलसेवा सञ्चालनका लागि डिपिआर तयार भइसकेको र विद्युतीय रेलमार्गको प्रारम्भिक अध्यययनको काम शुरु भइसकेको बताउनुभयो । यस वर्षको गत असार २४ गतेसम्म छ, चार र दुई लेनका ९१५ किलोमिटर सडक निर्माण भएका र २४३ विभिन्न खाले पुल निर्माण कार्य पूरा भएको…
रुकुमपश्चिम: एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्रहरीले एक पशुसेवा प्राविधिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिकाको गोतामकोटमा कार्यरत पशुसेवा प्राविधिक विष्णु खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो । खड्काले आइतबार स्थानीय एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोप छ । उनको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । ती युवतीले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । युवतीको अवस्था खतरामुक्त छ ।