Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : लक्ष्मी भ्यालु फन्ड–१ को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । फन्डले १५ प्रतिशत नगद लाभांश वितरण गर्न भोली साउन २८ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ, आज साउन २७ सम्म सेयर सुरक्षित गर्ने लगानीकर्ताले मात्र लाभांश दाबी गर्न पाउनेछन् । लक्ष्मी भ्यालु फन्डले यो लाभांश आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गर्न लागेको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको साउन १६ बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित १५५ नगद दिने घोषणा गरेको हो । असार मसान्तमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ३ पैसाले घटेर ११ रुपैयाँ ५८ पैसामा आएको…
काठमाडौं ः सेयर बिक्री गरेपछि ब्रोकर कार्यालयसम्म पुगेर ल्याप्चे लगाउनुपर्ने झन्झटिलो प्रणाली अन्त्य हुँदैछ । धितोपत्र बोर्डले नेप्से र सीडीएसलाई अनलाइन प्रणालीबाटै सेयर बिक्री मूल्यको रेकर्ड राख्ने व्यवस्था गर्न निर्देशन दिएपछि एक साता भित्रै सेयर लगानीकर्तालाई सहज हुने भएको छ । बोर्डले आइतबार सीडीएसलाई औचारिक रुपमा पत्र समेत काटेको छ । यता, सीडीएसले पनि भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्न र सोही अनुसार बिक्री मूल्यको रेकर्ड राख्न सक्ने सफ्टवेयर प्रणाली बनाइरहेको छ । सीडीएसका अनुसार यस्तो सफ्टवेयर तयार भइसकेको छ । अहिले टेस्टिङ पनि भइरहेको छ । टेस्ट सम्पन्न भएपछि यो प्रणालीमा…
काठमाडौं : मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज (सोमबार) धुमधामसँग मनाइँदैछ। इद पर्वको अबसरमा सोमबार प्रदेश २ र ५ सरकारले सार्वजनिक बिदा दिएको छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने परम्परा छ। इदमा मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ। यसैबीच इद पर्वको अबसरमा राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले इदको अवसरका शुभकामना दिँदै साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताएकी छन्। ‘परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा…
काठमाडौं: डेढ महिनादेखि बानेश्वरस्थित आकाशेपुल निर्माण कार्य भइरहँदा ट्राफिकको अवस्था नाजुक बनेको छ । निर्माणका सामानहरु बाटोमै राखिँदा साँघुरिँदै गएको सडकका कारण विशेषतः पैदलयात्रीलाई पेटीबाट हिडडुल गर्न निकै मुश्किल हुने गरेको छ । चोकैमा रहेको विभिन्न एटिएम बुथमा कार्यरत २८ वर्षीया मिरा खत्रीका अनुसार आकाशेपुल बनाउने काम गर्न थालेको महिनादिन वितिसक्दा पनि पिलर राख्ने बाहेक अन्य काम भएको छैन । जसले गर्दा पानी पर्दा पैदलयात्रुलाई हिडन समस्या भइरहेको उनले बताइन । पहिल्यै देखि भीड हुने बानेश्वर चोकैमा अहिले निर्माण कार्यका कारण पैदलयात्रु खाल्डो खनेको ठाउँमा लड्नुको साथै मोटरसाइकल दुर्घटना धेरै हुने गरेको उनी बताउछिन । …
काठमाडौं: दुध उत्पादनमा क्रमिक रुपमा वृद्धि भएपनि नेपालमा अझै बार्षिक झन्डै ४ लाख टन दुध अभाव रहेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार गत वर्ष २२ लाख टन दुध उत्पादन भएको छ । दुध उत्पादन ६ प्रतिशतले बढे पनि अझै बार्षिक ४ लाख टन अपुग भएको बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले बताए। बार्षिक प्रतिव्यक्ति ९१ लिटर दुध आवश्यक पर्छ तर नेपालमा प्रतिव्यक्ति दुध उपलब्धता ७१ लिटर मात्रै भएको पन्तले जानकारी दिए । देशका विभिन्न भागमा उत्पादन भएको दुधको प्रभाबकारी संकलन गर्न नसक्दा पनि दुधको वितरण राम्रो हुन नसकेको बताउदै उनले भने दुध बढी उत्पादन हुने क्षेत्रका व्यक्तिले चाहिने भन्दा…
काठमाडौँ: झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन् । तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दिलाउने पोखरा–१८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने दुई युवती र साक्षी बसेका ५ जनालाई प्रहरीले पक्रेको हो । थापाले तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी नागरिकता लिएको प्रशासनले जनाएको छ । तिब्बती बाबु र नेपाली आमाबाट जन्मिएका दुई जनाले नागरिकता लिएका थिए । सरु थापामगर र तासी आङ्मो थापामगरले गत जेठ २६ र असार ६ मा नेपाली नागरिकता लिएका हुन् । यो समाचार कान्तिपुर दैनिकमा बिना…
काठमाडौं: ‘आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने’ प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पछिल्लो समय दैनिकजसो भ्रष्टाचारको आरोपमा पक्राउ परेका घटनाले अर्थहीन बनाएको छ। प्रधानमन्त्री भएलगत्तै ओलीले आफ्नो अगाडिपछाडि कोही नभएको, पैसा कमाउनुको अर्थ नभएको भन्दै भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनेका थिए। त्यसपछिका भाषणहरुमा पनि उनले सरकारले शून्य सहनशीलताका रुपमा काम गरिरहेको दाबी गर्दै आएका छन्। तर भ्रष्टाचारको अनुसन्धान गर्ने प्रमुख निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियताले मुलुकभर सर्वत्र भ्रष्टाचार फैलिएको देखाएको छ। अख्तियारले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ। यही अवधिमा ४५ जनाभन्दा बढीलाई…
काठमाडौं : सेवा प्रवेश र बढुवामा किर्ते गर्ने सैनिक अधिकारीविरुद्ध जंगीअड्डाले कठोर नीति लिएको छ। जागिर खान नक्कली प्रमाणपत्र पेस र माथिल्लो पदसम्म पुग्न नागरिकता किर्ते गर्नेहरू कडा सजायको भागीदार हुने भएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा जंगीअड्डाले यसबारे लामो समयदेखि सूक्ष्म छानबिन गरिरहेको छ। यस सम्बन्धमा दोषी ठहरिएकालाई भविष्यमा सरकारी सेवामा योग्य नहुनेदेखि जेल हाल्नेसम्मको सजाय दिने तयारी छ। अहिलेसम्म भने सैनिक अधिकारीको आत्मसम्मानमा ठेस नपुग्ने गरी अवकाशमा जाने नीति लिँदै आएको देखिएको छ। किर्ते गरी उमेर सच्याउनेले राजीनामा दिएर सेवाबाट बिदा हुने अवसर प्रयोग नगरे उनीहरूले कठोर सजाय भोग्नुपर्नेछ। उनीहरूलाई भ्रष्टाचार, सैनिक आचरण र नैतिकतासमेतको अभियोगमा कसुरको गाम्भीर्य…
काठमाडौँ: बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ । विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यो जानकारी दिएका हुन् । समितिले वर्षाको कारण क्षतिग्रस्त सडक र पुलहरु तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । दशैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पुर्याएका संरचनाहरु तत्काल बनाएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् । समितिले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका सडक तथा पुलहरुको जीर्णोद्धार तथा पुनर्निर्माणको काम कसले गर्ने…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५÷७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ । तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् । सङ्घीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ‘लामखुट्टे खोज र नष्ट गर’ थप कार्यक्रम कार्यान्वयनमा मन्त्रालयलाई आर्थिक सङ्कट देखिएको हो । गत वर्ष महाशाखाले प्रदेश तहमा रु छ करोड १७ लाख, विभिन्न स्थानीय तहमा रु एक करोड ६६ लाख र महाशाखाले रु एक करोड ७१ विनियोजन गरेको थियो । यस वर्ष…