Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
कैलाली : आफ्नै बुबा ७५ वर्षीय काल्चे रावतलाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा घोडाघोडी नगरपालिका(११ सिसैया टोल बस्ने ५५ वर्षीय उदय रावतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । निज रावतले मादक पदार्थ सेवन गरी आफ्नै बुबाको हत्या गरेको र आमालाई समेत हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उदय रावतलाई पक्राउ गरेको हो । हसियाँ प्रहारबाट घाइते भएकी उनकी आमा ६० वर्षीया नन्दा रावतलाई उपचारको लागि घोडाघोडी अस्पताल सुख्खड लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
दमौली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । “मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उहाँको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उहाँले भन्नुभयो । जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले व्यास नगरपालिका–५ मा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले शोषित पीडित जनताको मात्र नभई समग्र राष्ट्रको हितका लागि पनि बिपी कोइरालाको विचार आज पनि सान्दर्भिक रहेको बताउनुभएको छ । नेता भण्डारीले दुई तिहाइ बुहमतको सरकारलाई असफल…
काठमाडौँ: आइसीसी टि-२० विश्वकप क्रिकेटको एसिया फाइनल छनोट प्रतियोगिता आजबाट सिंगापुरमा शुरु भएको छ। आज भएको पहिलो खेलमा सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । पहिले व्याटि गरेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो । १८७ रनको लक्ष्य पाएको कतारले २० ओभरमा ९ विकेट खर्चेर मात्रै १५३ रन मात्रै जोडन सक्यो । यो जीतसंगैं सिंगापुरले आफनो खातामा २ अंक पाएको छ । प्रतियोगितामा नेपालले भोलि मंगलबार कतारसंग, बुधबार मलेसियासंग, २७ जुलाईमा कुवेत संग र २८ जुलाईमा सिंगापुरसंग खेल्ने छ। प्रतियोगिताको शिर्ष स्थानमा रहने टीम युएईमा हुने आइसीसी ग्लोबल टि-ट्वेन्टी क्वालिफायरमा छनोट…
काठमाडौँ: देशभर फेरी मनसुनी वर्षा फेरी सक्रिय भएपछी सरकारको बाढी अनुगमन निकायले सबन्धित ठाउँका नागरिकलाई सचेत रहन आग्रह गरेको छ। गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले जनाए अनुसार साउन ६ गतेद्खी आगामी ३ दिन कन्काई, कमला, बागमतीका केही शाखा नदीमा बहावले खतराको तह पार गर्ने संभावना छ। यस्तै, भोली र पर्सी प्रदेश १,२ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना रहेको र तटिय क्षेत्रमा पूर्वतयारी गर्न र प्रतिकार्यको लागि समेत सचेत रहन सबैमा आग्रह गरेको छ।
दाङ: दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो । उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ…
काठमाडौँ: सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताउनुभयो । हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा एकको मृत्यु यसैगरी सुनसरीको बर्जु गाउँपालिका–५…
प्यालेस्टाइन: – जेरुसेलमको दक्षिणतर्फ इजरायलको भनाईमा “गैरकानुनी रुपमा बनाइएका” प्यालेस्टिनी समुदायका घरहरु सोमबार बिहानैदेखि इजरायली सेनाले भत्काउन शुरु गरेको छ । घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ । इजरायली सुरक्षा घेरानजिकैको सुर बाहेर इलाकाका चार वटा भवनलाई इजरायली सेना र प्रहरीले घेरा हालेका थिए । फ्रान्सेली समाचार समिति एएफपीका अनुसार इजरायल अधीनस्थ पश्चिम किनारालाई छुट्याउने सीमानजिकै उक्त घटना भएको छ । उक्त स्थानमा रिपोर्टिङका लागि संवाददाताहरुलाई पनि प्रवेश गर्न दिइएको छैन । घरका मानिस र त्यहाँ भेला भएका अधिकारकर्मीहरुलाई जबर्जस्ती घर बाहिर निकालिएको छ । घरधनी एक व्यक्तिले “म यहीँ मर्न…
सियोल: – दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ । गत महिना सियोलले उत्तर कोरियालाई विश्व खाद्य कार्यक्रम मार्फत ५० हजार टन चामल उपलब्ध गराउने घोषणा गरेको थियो । उत्तर कोरियामा मौसमी प्रतिकूलताका कारण यस वर्ष त्यहाँको प्रमुख खाद्य बाली धानको उत्पादनमा व्यापक गिरावट आएको थियो । एकीकरण मन्त्रालयका उपप्रवक्ता किम यून–हानले भन्नुभयो– दक्षिण कोरियाले यसै महिना (जुलाई) उत्तर कोरियालाई चामल उपलब्ध गराउँदैछ र आगामी सेप्टेम्बर महिनाभित्रै तोकिएको कोटा सबै उत्तर कोरिया पुगिसक्छ । उहाँले उत्तर कोरिया पठाइने पानीजहाज र अरु उपकरणको ढुवानीका…
काठमाडौं ः यसवर्षको साउन महिनाको आज पहिलो सोमबार, मुलुकभरका शिवालयमा भक्तजनको घुईंचो लागेको छ । शिवालयमा आज भगवान शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृत चढाई पूजाअर्चना गर्ने गरिन्छ । आराध्यदेव पशुपतिनाथ, महोत्तरीको जलेश्वर, दोलखाको भीमेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, डडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा र रुपन्देहीको मनौरी महादेवलगायतका शिवालयमा साउन महिनाभर नै महादेवको विशेष उपासना गर्न श्रद्धालुुहरूकोे भीड लाग्ने गर्दछ । त्यस्तै पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । हिजो आइतबार देखिनै देवघाटमा रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् । देवघाट क्षेत्र विकास…
पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकालेको हो । प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा पूरै छत खसेर किच्दा उनीहरुको मृत्यु भएको हो । उक्त स्थानमा निर्माण गर्न लागिएको यलम्बर पार्कमा निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै…