Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ ः साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । नयाँ सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहेको पार्टी प्रवक्ता डा सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ सदस्य थपिएसँगै साझा पार्टीको केन्द्रीय समिति ३३ सदस्यीय भएको छ । साझा पार्टीले देशैभरिबाट उल्लेख्य सङ्ख्यामा महिला र युवालाई पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने जनाएको छ । पार्टीका संयोजक रवीन्द्र मिश्रले विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका व्यक्ति…
काठमाडौँ : बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत दुई पुलको निर्माण शुरु गरेको थियो । धोबीखोला पुल र वाग्मती पुल निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि…
काठमाडौँ : नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिएका छन। समितिका सदस्यमा डा आरजु देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा रहेका छन । बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन…
मकवानपुर ः मकवानपुरको मनहरी गाउँपालिका ९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका १ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई कटुवा पेस्तोल १ नाल, सो पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ४र५ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरी स्याङतानलाई पक्राउ गरेको हो । अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ: नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल नबढाउने भएको छ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको टेलिकमले जनाएको छ । सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको छ । नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ ।
ललितपुर : ललित स्मृति अण्डर १८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज ब्रिगेड ब्वाईज क्लब र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपरान्ह ३ बजे मैदान उत्रँदा पुलिसको लक्ष्य डिफेण्डिङ च्याम्पियन ब्रिगेडलाई रोक्दै उपाधि हात पार्नु रहेको छ । पहिलो पटक फाइनलमा पुगेको पुलिस, अवसरको उचित सदुपयोग गर्दै उपाधि जित्न चाहान्छ । ब्रिगेड भने विभागीय टोलीको चुनौती पन्छाउँदै उपाधि रक्षाको योजनामा रहेको छ । सेमिफाइनलमा पुलिसले जावलाखेल युथ क्लबलाई तथा ब्रिगेडले मनाङ मर्स्याङदीलाई हराउदै उपाधि भेट पक्का गरेका हुन् । च्याम्पियनसीपको उपाधि बिजेताले ३ तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ…
भक्तपुर : सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ । सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिएका छन । पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उनले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने बताए ।
हेटौँडा : ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पानी पर्ने क्रम जारी नै रहेकाले सजगतासहित बाटो सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । ‘‘फेरि पनि पहिरो जान सक्छ, हामीले त्यसका लागि पनि सावधानी अपनाएका छौँ, त्यसका लागि केही डोजर तयारी अवस्थामा छन्’’, उनले भने । पहिरोका…
काठमाडौंः एनएमबी क्यापिटलले प्रबर्द्धन गरेको ‘एमएनबी ५०’ ले अर्को सातादेखि आवेदन खोल्दै छ । आउने १३ गतेबाट इकाई निष्कासन गर्ने संस्थाले जनाएको छ। ‘एमएनबी ५०’ ले एक अर्ब २० करोड रुपैयाँको इकाइ निष्काशन गर्ने भएको हो। यो भनेको १० करोड २० लाख इकाइ हो। कम्पनीका इकाइ साउन १६ गतेसम्म खरीद गर्न पाइन्छ। त्यतिन्जेल निष्काशन अनुसार माग नआए कम्पनीले भदौ १० गतेसम्म बिक्रीमा राख्ने छ। एनएमबी क्यापिटलको यो बन्दमूखि इकाइ हो। सर्वसाधारणले प्रति इकाइ १० रुपैयाँमा कम्तीमा १०० इकाइका लागि आवेदन दिन पाउँछन । यसको अवधि सात बर्षको हुने छ। हाल एनएमबी हाइब्रिड फण्ड र एनएमबी सुलभ…
चितवन : सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले पत्रकार सम्मेलन गर्दै दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको सो अवसरमा जानकारी दिइयो । प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले निर्माणको काम अन्तिम चरणमा पुुगिसकेकाले दुई महीनापछि अर्थात् दशैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताए । भरतपुर महानगरपालिका– १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको…