Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: चार दिन देखिको वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६० जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढ्री र पहिरोमा परेर २४ महिला र ३६ पुरूषको मृत्यु भएको हो। बाढीपहिरोमा परी ३८ जना घाइते छन् भने २६ जना बेपत्ता छन्। बाढी र पहिरोबाट एक हजार चार सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ। बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो ।
काठमाडौँ: पार्किङ शुल्क महंगो भएको भन्दै सर्वसाधारणबाट विरोध भएपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सञ्चालन गरेको स्मार्ट पार्किङको शुल्क घटाएको छ । दुई पांग्रे सवारी साधनको प्रति घण्टाको २५ रुपैयाँका दरले तोकिएको पार्किङ शुल्क घटाएर १५ रुपैयाँ बनाइएको छ । महानगरले आर्थिक विधेयक, २०७६ को करसम्बन्धी व्यवस्था संशोधन गरेर शुल्क घटाएको हो ।
काठमाडौँ: निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ। विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यसअघि २८ जुन २०१९ सम्म सक्ने लक्ष्य तय गरिएको थियो । यसअघि डिसेम्बर २०१७ मै सकिनु पर्ने आयोजनाको अवधि १८ जुन २०१८ लाई सारिएको थियो । त्यस अवधिमा पनि काम सम्पन्न हुन नसकेपछि म्याद बढाएर २८ जुन २०१९ पु¥याइएको थियो । अहिले तेस्रो पटक समय तथ भएको छ । आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय…
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्शले बाढी पहिरो पिडितको उद्धार तथा राहातमा जुट्न सबै व्यवसायीहरुलाई अपिल गरेको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै कमर्शले देश दुःखमा परेको बेला सबैले सकेको सहयोग गर्न आह्वान गरेको छ । बिसम परिस्थीतिमा खाद्य वस्तु लगायतका अतिआवश्यक वस्तुहरुको नियमित आपूर्ती व्यवस्था सहज बनाउन चेम्बरले उद्यामी, व्यवसायीलाई आग्रह समेत गरेको छ । साथै राहत तथा उद्दारमा नीजि क्षेत्रबाट हुने सहयोग जिल्ला विपत व्यवस्थापन समितिमार्फत समन्वयगरि वितरण गर्न पनि चेम्बरले भनेको छ । पहिरो, बाढी तथा डुबानमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
काठमाडौँ: सरकारले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा भत्किएका पुल तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको र सात हजार घरमा क्षति पुगेको सरकारले जनाएको छ। मन्त्री बाँस्कोटाले बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार सरकारले व्यहोर्ने जानकारी दिए। पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय…
एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज (आइतबार) आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुने फाइनल खेलमा दुवै टोलीको लक्ष्य उपाधि चुम्ने रहेको छ । विश्वकपको पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आएको इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवैले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । घरेलु मैदानमा यसपटक कुनैपनि हालतमा उपाधि जित्ने इङ्ल्यान्डको लक्ष्य छ । साविक उपविजेता न्युजिल्यान्ड पनि आयोजकलाई कडा चुनौती दिन आतुर छ । आयोजक इङ्ल्यान्ड लिग चरणमा तेस्रो बन्दै सेमिफाइनलमा पुगेको थियो । इङ्ल्यान्डले लिग चरणमा ६ जित र तीन हारको नतिजा निकालेको थियो । सेमिफाइनलमा भने इङ्ल्यान्डले साविक…
काठमाडौं: सरकारले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनालाई संस्थागत कर छुट दिने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबाट दक्षिण कोरियाली प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको जलविद्युतआयोजनालाई कर छुट दिइएको हो । सञ्चारमन्त्री गोकुल बास्कोटाले हरेक साता सार्वजनिक गर्ने मन्त्रिपरिषद् निर्णयमा यो विषय उल्लेख गरेका छैनन् । यसको अर्थ सरकारले कर छुटको विषय सार्वजनिक गर्न नचाहेको स्पष्ट छ । मन्त्रिपरिषद्को निर्णयबाट २० अर्ब राजस्व नोक्सान भएको छ । यति ठूलो परिमाणमा कर छुट दिएको सम्भवतः पहिलोपटक भएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
काठमाडौँ: श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थ केन्द्रित भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छ ।
इटहरी : सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्युसेक पानीको बहाव छ। शनिबार राति ३ लाख ७१ हजार एक सय १० क्यूसेकसम्म पानी पुगेपछि सबै ५६ वटै ढोका खोलिएको ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। अहिले पनि ब्यारेजका ५६ ढोका खुला छन्। पानीको सहज निकास भएपछि पानीको बहाव कम भएको हो। कोशी ब्यारेजमै दबाब पुगेपछि सबै ढोका खोलिएको थियो।
बागलुङ : जङ्गली च्याउ खाँदा बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–२ मा सातजना बिरामी परेका छन् । शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीया सुजाता थापा, उनका ५ वर्षीय छोरा आयुष, बडिगाड गाउँपालिका–३ शिसाखानी घर भइ हाल ढोरपाटन–२ सेरामा डेरा गरी बस्दैआएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीया श्रीमती प्रेमकुमारी पुन, ५ वर्षीय छोरा सन्दिप, सँगै बस्दैआएका १४ वर्षीय सहिस पुन र ढोरपाटन नगरपालिका–२ तारिखेतका ५८ वर्षीया मनिकला महत बिरामी परेका हुन् । च्याउ खाएपछि बिरामी परेका सातैजना अचेत अवस्थामा रहेको बताइएको छ । उनीहरु बिरामी परेको सूचनापछि तत्काल उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा…