Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: मनसुन सक्रिय भएसँगै निरन्तर वर्षाका कारण देशका विभिन्न खोला र नदीमा बाढी आइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कमल नदी, बागमती नदी र सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ । महाशाखाका अनुसार सप्तकोशी नदी चतारामा शनिबार बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेको कारण सुनसरी र सप्ती जिल्लाका नदीतटीय क्षेत्रमा बेलकी सम्मै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ । त्यस्तै, धनुषा तिरिुया बाढी केन्द्रमा कमला नदीको जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको छ । त्यस क्षेत्रमा पनि वर्षा हुने क्रम जारी रहने…
काठमाडौँ: विहिबारदेखी देशभरी सक्रिय मनसुनी बर्षाले बाढी र पहिरो लगेपछि र जुन धनको क्षती हुन थालेपछि सुरक्षा अंगका तीनै शक्ति अहिले परिचालित अवस्थामा छ। सेनाले देशको राजधानी र अन्य जिल्लामाहरुमा सक्रियता साथ् खोज उद्धारमा खटिएको जनाएको छ। यस्तो छ सेनाको उद्धार र खोजको तयारी १. देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा आएको बाढी/पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि नेपाली सेनाका विभिन्न स्थानहरुमा तैनाथ युनिटहरुबाट उक्त क्षेत्रहरुमा आवश्यक उद्धार सामग्रीहरुका साथ फौज परिचालन भएको छ । २. परिचालित फौजहरुबाट हालसम्म भएका उद्धारका विवरणहरु निम्न अनुसार रहेको छ । (क) श्री पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत (१)…
काठमाडौँ: काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १९ जनाले जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ । पछिलो घटनामा ओखलढुङ्गा र बारमा एक एक जनाले ज्यान गुमाएका हुन्। प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन्…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अबिरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्दार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको जानकारी दिए । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दारमा जुटन मातहतका सबै निकायलाई निर्देशन दिएका हुन् । मन्त्री बास्कोटाका अनुसार प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगवाको डुबान समस्या समाधान गर्न भारतसँग कुरा गरेका…
काठमाडौँ: यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण सुरु भएको छ । । साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको छ । नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ ।
काठमाडौँ: लगातारको वर्षासँगै उपत्यकाका नदी किनारमा बस्तीहरु डुवानमा पर्न थालेका छन् । कलंकी, कुलेश्वरलगायतका स्थानमा बाढी बस्तीमा पसेको छ भने हनुमन्ते खोलाको पानी पनि बस्तीतिर सोझिएको छ । तर अझै वर्षा रोकिने छाँटकाँट देखिएको छैन । जल तथा मौसम विज्ञान विभागकाअनुसार अझै दुई दिन पानी पर्छ । मौसमविद् समिर श्रेष्ठ भन्छन्, ‘अझ भोलि त आजको जस्तै लामो झरी पर्ने सम्भावना छ ।’ काठमाडौंमा एक सय १५ मिलिलिटर वर्षा परेको छ। बिहीबारदेखि शुक्रबार साँझसम्म निरन्तर वर्षा हुँदा काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने बागमती, विष्णुमति नदी कोरिडोर क्षेत्र डुवानमा परेका छन्। जल तथा मौसम विज्ञान विभागले…
काठमाडौँ: शुक्रबार विहान धावनमार्गबाट चिप्लीएर घाँसे मैदानमा पुगेको यतिको जहाज पन्छ्याउन थप समय लाग्ने देखिएपछि विमानस्थलले थप दुई घण्टा नोटाम जारी गरेको छ। विमानस्थलले ७ बजेसम्मका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्नका लागि पुनः नोटाम जरी गरेको जनाएको छ। भारी वर्षाका कारण जहाज भएको ठाउँमा हिलो र दलदले भएको कारण जहाज पन्छ्याउन अप्ठेरो भइरहेको विमानस्थलले जनाएको छ। ‘हामी प्रयासरत छौँ। सुरक्षाकर्मीहरु जहाज पन्छ्याउन लागिपर्नुभएको छ। तर पानी परेर हिलो र भासिने समस्या सिर्जना भएको कारण कारण जहाज पन्छ्याउन अफ्ठेरो भइरहेको छ।’ विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने। शुक्रबार विहान यति एयरलाइन्सको जहाज चिप्लिएपछि…
काठमाडौँ: देशभर बिहीबारबाट परेको वर्षाका कारण नदी तथा खोलाहरुको जलस्तर बढेको छ । पानी पर्ने क्रम जारी रहेकाले बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै देशभरका खोला तथा नदी आसपासका साथै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । लगातारको वर्षाका कारण बागमती नदीको तराई क्षेत्रमा जलस्तर बढेर खतराको संकेतभन्दा माथि चढेको छ । त्यस्तै, कन्काई र कमला नदीको जलस्तर सर्तकता तह नजिक पुगेको र बढ्ने क्रम जारी छ । त्यस्तै, सप्तकोशी नदिमा पनि जलस्तर बढ्ने क्रम जारी छ । शुक्रबार बिहानसम्म सप्तकोशी नदीको जलस्तर सतर्कता नजिक पुगेको छ । प्रदेश १, २ र ३ का…
काठमाडौं । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् । बिहान ७ बजेदेखि १०ः५० बजेसम्म कहाँ के भयो ? मिति २०७६/०३/२७ गते ०७:०० बजे देखि १०:५० बजे सम्मको बिपद घटनाहरु:- काभ्रे र रामेछापमा ३ जनाको मृत्यु बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले पुरिँदा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले पुरिँदा…
काठमाडौँ: नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अवतरणका क्रममा विमान कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर घाँसे मैदान र धावनमार्गको आदि भागमा पुगेको छ । विमान चिप्लिएर दुर्घटना भएपछि विमानमा रहेका दुई जना यात्रु घाइते बनेका छन् । उनीहरुलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको छ । यति एअरलाइन्सको नाइन एन एएमएम कल साइन विमान कोटेश्वरपटिको ट्याक्सी वेको डेल्टा साइड मा चिप्लिएको हो । यो एक वर्षअघि युएस बंगला विमान दुर्घटना भएको स्थान नजिकै हो । विमानमा रहेका कुल यात्रु बारे जानकारी आएको छैन । …