Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: आँधिखोला लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणको लागि तीन लाख ७५ हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेको छ। संस्थाले सर्वसाधारणतर्फको चार लाख कित्तामध्ये पाँच हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ। सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। संस्थाले छिटोमा असार २५ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा साउन २० गतेसम्म आवदेन खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। आँधिखोलाले आइपीओबाट आएको रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जा, १ करोड रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र…
काठमाडौँ: भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको छ । नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमुना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर परीक्षण गर्दा रिपोर्ट आउन एक सातासम्म लाग्ने भएकाले कैयौँपटक नेपालका कृषिवस्तुहरू नाकामै कुहिने र बिग्रने गरेका छन् । त्यस्तै, भारतीय प्रहरी तथा…
काठमाडौँ: काठमाडौँ उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक दण्डमा मात्रै सीमित छ । उसले एक हजार तिरेर मर्मतसम्भार गरी ठीक बनाएपछि हरियो स्टिकर पाउने व्यवस्था छ । हरियो स्टिकर पाएका कारण प्रदूषण फेल भएका गाडी पनि उपत्यकामा निर्वाधरुपमा सञ्चालन भइरहेको छ तर नियन्त्रणको प्रभावकारी उपाए भने अपनाउन नसकिएको तीतो यथार्थ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो तीन महीना उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियान सञ्चालन गर्दा आधाभन्दा बढी गाडी प्रदूषण…
काभ्रेपलाञ्चोक: गाउँमा पानीको हाहाकार भएपछि तेमाल गाउँपालिका–५ सस्र्यूखर्कका बासिन्दाले रुद्री तथा क्षमापूजा गरी आज पानी मागेका छन् । उनीहरुले एक लाख पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेख्दै कोशीदेखास्थित सुनकोशी नदीमा बगाएका छन् । वर्षा नभएर खेतबारी बाँझै भएको तथा मूल सुक्दै जाँदा खानेपानीको हाहाकार भएपछि धार्मिक मान्यताअनुसार रुद्रीपूजा र क्षमापूजा गरी महादेवसँग पानी मागिएको स्थानीय प्रविन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस भेगमा वर्षा नभएर पानीको हाहाकार हुँदा यसैगरी भगवान्सँग पानी माग्ने चलन रहेछ, आज पनि सोहीअनुसार रीतपूर्वक पूजा गरी पानी मागेका हौँ ।” स्थानीयवासीबाट केही गल्ती भएमा भगवान् रिसाएर वर्षा नहुने मान्यताअनुसार ‘क्षमापूजा’…
काठमाडौँ: शृङ्खलाबद्ध हत्या आरोपमा सर्वाधिक खोजीको सूचीमा रहेका कपिलवस्तुका नसिम खान मुसलमानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले शनिबार काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा घर भई अधिकांश समय भारतमा बस्दै आएका खान काठमाडौँमा आएको मौका छोपी प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी सिनामङ्गलस्थित एउटा वैदेशिक रोजगार कम्पनीबाट निस्किएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार खान सात जनाको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । मुसलमानमाथि २०७४ फागुन ३ गते कपिलवस्तुका मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको आरोप छ ।…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने दावी गरेका छन्। संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारीबिना यस्तो भयो। त्यस कारण अलिकति समस्या पर्यो। हाललाई यसलाई छोड्नु पर्यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु पर्यो, क्वारेन्टाइन विकास गर्नु पर्यो अनि यसलाई लागू गर्नु पर्यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर गर्यौं हालका निम्ति।’ प्रधानमन्त्री ओलीले सीमामा विषादी जाँचपासको व्यवस्था भएपछि यो प्रक्रिया सुरु हुने बताए। ‘त्यसलाई जाँच्न सक्ने अवस्था हामी विकास गर्दै…
काठमाडौं: शनिबार अपरान्ह काठमाडौँ उपत्यकाको भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।
काठमाडौँ: धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ६६ करोड ९७ लाख नौ हजार १७२ मूल्य बराबरको कारोवार भयो । अघिल्लो साताको बिहीबार १।१४ बिन्दुले घटेर एक हजार २५७।१५ बिन्दुमा पुगेर बन्द भएको कारोवार मापक नेप्से परिसूचक यस साताको पहिलो दिन भने दोहोरो अङ्ले घट्यो । स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशमलव ८९ बिन्दुमा झ¥यो । सो दिन ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक…
जाजरकोट: (रासस): समयमा निकासी पुर्जी नपाउँदा करीब नौ करोडको सेतक चिनी जाजरकोटमै थन्किएको छ । प्रति क्विन्टल ६० हजारमा बिक्री हुने करीब एक हजार ५०० क्विन्टल सेतक चिनीले छुट पुर्जी नपाउँदा जाजरकोटमै थन्किएको हो । हालसम्म सङ्कलन तथा छुट पुर्जी पाउने आसमा रहेका व्यापारीले अब यस आर्थिक वर्षमा नपाउने निश्चित भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नबनाएको र सामुदायिक वनको कार्य योजना हालसम्म स्वीकृत नभएका कारण जिल्लाबाहिर निकासीका लागि व्यापारीले छुट पुर्जी पाउन नसकेका हुन् । छुट पुर्जी नपाउँदा लाखौँ लगानी गरेर सेतक चिनी खरीद गरेका व्यापारी चिन्तामा परेका छन् । वर्षातको समयमा सङ्कलित सेतक चिनी…
कञ्चनपुर: बेलौरी नगरपालिका–१० मा शुक्रबार साँझ स्कुटी दुर्घटनामा परी दुई भारतीय महिलाको मृत्यु भएको छ । बेलौरीको शिवनगरमा रहेका माइती भेट्न आएका भारतको उत्तरप्रदेशको पिलिभित जिल्ला ग्राम कम्पोजनरका २५ वर्षीय मनिषा हमाल र २३ वर्षीय पलविन्दर चौधरीको युपि २६ एए ६५३८ नं को स्कुटी कल्भर्टमा ठोक्किँदा मृत्यु भएको प्रहरीचौकी भुडाका प्रहरी सहायक निरीक्षक डम्बरसिंह कार्कीले बताउनुभयो । दुवै जना माइतीलाई भेट्न आउने क्रममा स्कुटी असुन्तुलन भई कल्र्भटमा ठोक्किँदा गम्भीर घाइते भएपछि तत्कालै एम्बुलेन्समार्फत अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो । मृतक दुवै जनाको शव आज परिवारको जिम्मा लगाइएको छ ।