Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 21
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » छुट पुर्जी रोकिंदा ९ करोडको सेतक चिनी जाजरकोटमै थन्कियो

    छुट पुर्जी रोकिंदा ९ करोडको सेतक चिनी जाजरकोटमै थन्कियो

    पहिलोक्लिकपहिलोक्लिकJuly 6, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    जाजरकोट: (रासस):  समयमा निकासी पुर्जी नपाउँदा करीब नौ करोडको सेतक चिनी जाजरकोटमै थन्किएको छ । प्रति क्विन्टल ६० हजारमा बिक्री हुने करीब एक हजार ५०० क्विन्टल सेतक चिनीले छुट पुर्जी नपाउँदा जाजरकोटमै थन्किएको हो ।

     

     

    हालसम्म सङ्कलन तथा छुट पुर्जी पाउने आसमा रहेका व्यापारीले अब यस आर्थिक वर्षमा नपाउने निश्चित भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नबनाएको र सामुदायिक वनको कार्य योजना हालसम्म स्वीकृत नभएका कारण जिल्लाबाहिर निकासीका लागि व्यापारीले छुट पुर्जी पाउन नसकेका हुन् ।

     

    छुट पुर्जी नपाउँदा लाखौँ लगानी गरेर सेतक चिनी खरीद गरेका व्यापारी चिन्तामा परेका छन् । वर्षातको समयमा सङ्कलित सेतक चिनी कुहिने डर उनीहरुलाई छ । डिभिजन वन कार्यालयले भदौअघि छुट पुर्जी दिन सकिने अवस्था नभएको बताएपछि व्यापारीहरु निराश भएर फर्केका छन् ।

     

    जिल्लाका विभिन्न जङ्गलमा पाइने सेतक चिनी सङ्कलन तथा निकासी पुर्जीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा गत कार्तिकमै व्यापारीले करीब छ हजार क्विन्टलको अनुमति मागेका थिए । सेतक चिनी पाइने सामुदायिक तथा राष्ट्रिय वनको कार्ययोजना र इआइए नभएपछि डिभिजन वन कार्यालयले सङ्कलन तथा निकासी पुर्जी दिन सकेन ।

     

    बारेकोट गाँउपालिकाले वन ऐन विपरीत ६५ जना व्यापारीबाट रु दुई लाख धरौटी लिएर सङ्कलन पुर्जी दियो । गाँउपालिकाकै अनुमतिका आधारमा व्यापारीले स्थानीय बासिन्दालाई सेतक चिनी सङ्कलन गर्न लगाए । करीब ६ हजार क्विन्टल सेतक चिनी सङ्कलन भएको व्यापारीको भनाइ छ । उक्त सेतक चिनी निकासीका लागि करीब २०० व्यापारीले डिभिजन वन कार्यालयमा निवेदन दिए ।

     

    इआइए गरेका कारण ५०० क्विन्टलसम्मको सङ्कलन तथा निकासी पुर्जी दिने अधिकार डिभिजन वन कार्यालयले पायो । ५०० भन्दा बढीको अनुमति दिन इआइए गर्नुपर्ने प्रावधान छ तर कार्यालयले हालसम्म इआइए गर्न सकेको छैन । एक्सन फर इञ्जिनीयरिङ सोलुसनले जाजरकोटका वनको वातावरणीय प्रभाव मुल्याङ्कनको जिम्मा लिएकोे थियो तर समयमा उक्त कार्य नगर्दा समस्या देखिएको हो ।

     

    इआइए नगर्दा व्यापारीले हालसम्म सङ्कलन तथा छुट पुर्जी पाउन नसकेका हुन् । यद्यपी व्यापारीले अवैध तरिकाले सङ्कलित सेतक चिनी अवैध तरिकाले नै निकासी गरेका छन् । केही व्यापारीले जाजरकोटबाट छुट पुर्जी नपाउँदा रुकुम र डोल्पाबाट अनुमति लिएर निकासी गरेका छन् भने कतिपयले अवैध तरिकाले नै निकासी गरेको पाइएको छ । सङ्कलित सेतक चिनीले निकासी पुर्जी नपाउँदा गोदाममा कुहिन थालेको छ । छुटपुर्जी नपाउँदा जिल्लाका रिम्ना, कालीमाटी र घाटमा सेतक चिनी अलपत्र अवस्थामा छ ।

     

    व्यापारीले डिभिजन वन कार्यालय, जाजरकोटबाट समयमा सङ्कलन तथा छुट पुर्जी दिन नसक्दा सरकारलाई करोडाँैको राजश्व घाटा लागेको छ । व्यापारीले पनि अवैध तरिकाले लुकिचोरी सङ्कलन र निकासी गर्न बाध्य भएका छन् । असोजको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न पाटनमा बहुमूल्य सेतक चिनी खन्ने गरिन्छ । जमीनमुनी सखर खण्ड जस्तो गरी फलेका दाना खनेर निकाल्ने र निकाली सकेपछि पकाएर सुकाउनुपर्छ ।

     

    यसरी तयार पारिएको सयोँ क्विन्टल सेतक चिनी विभिन्न नाकाबाट चिनतर्फ निकास हुने गरेको छ । सेतक चिनी सङ्कलन तथा निकासी पुर्जी लिनलाई कार्यालय धाउन थालेको नौ महीना बितिसक्दा पनि पाउन नसकेको ब्यापारी राम सिंहले बताउनुभयो ।

     

    कार्यालयले छुट पुर्जी नदिएपछि सेतक चिनी सङ्कलनमा गरेको लाखौँ रुपैयाँ लगानी गरिसकेका डुब्न थालेको उहाँको भनाइ छ । सामुदायिक वनको कार्य योजना स्वीकृति नभएको र वातावरणीय प्रभाव मूल्याङ्कंन नभएका कारण सेतक चिनी लगायतका जडिबुटीको सङ्कलन तथा निकासी पुर्जी दिन नसकिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईंले जानकारी दिनुभयो ।

     

    विभागबाट कार्ययोजना स्वीकृति नहुँदासम्म कुनै प्रकारको पुर्जी दिन नमिल्ने भएकाले व्यापारीले उक्त पुर्जी पाउन नसकेको उनको भनाइ रहेको छ । यति बेला सङ्कलन पुर्जी दिने समय नभएकाले अब भदौमा मात्र दिन सकिने उहाँले बताउनुभयो । व्यापारीले शुरुमा धेरै सेतक चिनी भएको बताएपनि हाल करीब एक हजार ५०० क्विन्टल जति स्टक रहेको बताउनुभयो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.