Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थ केन्द्रित भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छ ।
इटहरी : सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्युसेक पानीको बहाव छ। शनिबार राति ३ लाख ७१ हजार एक सय १० क्यूसेकसम्म पानी पुगेपछि सबै ५६ वटै ढोका खोलिएको ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। अहिले पनि ब्यारेजका ५६ ढोका खुला छन्। पानीको सहज निकास भएपछि पानीको बहाव कम भएको हो। कोशी ब्यारेजमै दबाब पुगेपछि सबै ढोका खोलिएको थियो।
बागलुङ : जङ्गली च्याउ खाँदा बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–२ मा सातजना बिरामी परेका छन् । शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीया सुजाता थापा, उनका ५ वर्षीय छोरा आयुष, बडिगाड गाउँपालिका–३ शिसाखानी घर भइ हाल ढोरपाटन–२ सेरामा डेरा गरी बस्दैआएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीया श्रीमती प्रेमकुमारी पुन, ५ वर्षीय छोरा सन्दिप, सँगै बस्दैआएका १४ वर्षीय सहिस पुन र ढोरपाटन नगरपालिका–२ तारिखेतका ५८ वर्षीया मनिकला महत बिरामी परेका हुन् । च्याउ खाएपछि बिरामी परेका सातैजना अचेत अवस्थामा रहेको बताइएको छ । उनीहरु बिरामी परेको सूचनापछि तत्काल उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा…
मकवानपुर: बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो। समितिका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको हो। त्यस्तै, बाढी र पहिरोमा परी घाईते भएकाहरुको प्रदेश सरकार मातहतका अस्पतालमा निःशुल्क उपचार गर्ने र अन्य अस्पतालमा उपचार गराएमा जनही २५ हजार रुपैयाँसम्म राहत रकम दिने निर्णय गरिएको मुख्यमन्त्री पौडेलले बताए। ‘बाढी र पहिरोबाट घाइते भएकाहरुको प्रदेश सरकार अन्तर्गतका अस्पतालमा निःशुल्क उपचार गर्नेछौ,’…
काठमाडौँ: लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ। एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन्। भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए। वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोसी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ। यसैबीच आज प्रदेश नं १ का आन्तरिक मामिला…
काठमाडौँ: सरकारले अबिरल बर्षासँगै आएको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ । शनिबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले प्रदेश सरकारसँग समन्वयन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो । ठकले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन संघको सहयोग र प्रदेश सरकारको समन्वय रहने गरी स्थानीय सरकारबाटै राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । १८ जना बेपत्ता भएका छन् भने १२…
काठमाडौँ: विश्व बैंकको प्रबन्ध निर्देशकमा अंशुला कान्त नियुक्त भएकी छिन् । उनी भारतकै सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया एसबिआइ की प्रबन्ध निर्देशक हुन् । विश्व बैंकले कान्तलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको जनाएको छ । कान्तसँग वित्त तथा बैंकिङ क्षेत्रको ३५ बर्ष लामो अनुभव छ।
काठमाडौँ: विहिबारदेखिको बर्षापछिको बितण्डाले देशभरमा शनिबार बिहान १० बजेको सरकारी तथ्याङ्क अनुसार हालसम्म २५ जनाको बाढी, पहिरो र अन्य दैवी प्रकोपका कारण मृत्यु भएको सरकारले जनाएको छ। अहिले गृहमन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक जारी छ। बैठक संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले बोलाएका हुन् । बैठकमा गृह, रक्षा, सामान्य प्रशासन, र अन्य सम्बन्धित मन्त्रलायका पदाधिकारीहरुको उपस्थिति रहेको, गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। हालसम्म देशभरमा धादिङ्गमा १, मकवानपुरमा २, काठमाडौँमा ३, ललितपुरमा ४, काभ्रेमा २, सिन्धुलीमा २, रामेछापमा १, पर्सामा १, बारामा १, रौतहटमा १, भोजुरमा २, खोटांगमा ३, ओखलढुंगा १, इलम र झापामा…
बर्दिवास: पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ । बाढीले पुलको बिच भाग नै बगाएको छ भने पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जानकारी दिए । पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिम यात्रा गरिरहेको छन् । पुल बगाएको ठाउँ बर्दिबास चोकबाट पश्चिमतर्फ करिब १ किलोमिटर पर पर्छ। प्रहरीका अनुसार सो खोला त्यति ठूलो नभएकाले वैकल्पिक डाइभर्सन सोही खोलामा बनाउन मिल्छ तर पानी निरन्तर परिरहे यातायात अवरूद्ध भइराख्ने प्रहरीको भनाइ छ।
काठमाडौँ: मलेसियामा जारि आइसीसी टी-२० एशिया छनोट फाइनलको तयारीका लागि भएको आजको खेलमा नेपाल मलेसियालाई ७ विकेटले हराएको छ। नेपालसामु जीतका लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको मलेसियाले नेपालको पारीमा कप्तान पारस खड्काले सर्वाधिक ५० बलमा ८६ रन जोड्दै नेपाललाई जित दिलाएका हुन् । नेपालले मलेसियाको चुनौती ९ बल बाँकी छंदै भेटाएको हो। आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनलको तयारीका लागि नेपाल मलेसियाको भ्रमणमा रहेको छ । किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । मलेसियाका लागि वीरनदिप सिंहले…