Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमलाई यथास्थितिमा एक पैसा पनि दिन नसकिने बताएका छन्। उनले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पारे। निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकारबाहीमा सुधार नभए सरकार त्यसको सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति प्रकट गरे। उनले सरकार निगमको साथमा रहेको तर, निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे। प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान…
काठमाडौँ: कुनै छोरी पनि कस्ता हुने । आफ्नै आमालाई मार्नको लागि सुपारी दिई भारतीय हतियारधारी लगाई आफ्नै आमालाई मार्न लगाएको रहस्य सोमबार पर्दाफास भएको छ । घटना असार १५ गते चाँगुनारायण नगरपालिका-७ बाँसबारीको हो । यस्तो छ हत्या योजना र अभियुक्तहरु । सावित्री भट्टराईको हत्यामा संलग्न अभियुक्तहरु पक्राउ । मृतकको विवरण नाम: सावित्री भट्टराई उमेर ६१ ठेगाना जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गा।वि।स(५ हाल ईन्द्रावती गाउँपालिका(५ पेशा गृहिणी घटनास्थल: जिल्ला भक्तपुर चाँगुनाराण नगरपालिका वडा (७ बाँसवारीस्थित छोरी ईश्वरी भट्टराईको घरमा घटनाको संक्षिप्त विवरण: मिति २०७६/०३/१५ गते जिल्ला सिन्धुपाल्चोक बाडेगाउँ गा।वि।स ५ हाल ईन्द्रावती गाउँपालिका ५ स्थायी घर…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको स्तरोन्नति गर्ने काम निर्धारित समयमै सकिएको छ । विमानस्थलको मर्मतको काम सकिएपछि सोमबारदेखि नै २१ घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलले जनाएको छ । मर्मतको काम शुरु हुँदा निर्माण सामग्री उपलब्ध होला कि नहोला भन्ने चिन्ता पनि उत्तिकै थियो । निर्माण व्यवसायीले जटिल मानिएको सो काम पूरा गर्ला त भन्ने आशङ्का पनि त्यत्तिकै थियो । एक दिन पनि विमान उडान र अवतरण बन्द गर्ने अवस्था पनि थिएन । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडाका कारण पनि उडान र अवतरण रोकेर काम गर्ने स्थिति सरकारसँग पक्कै पनि थिएन । न त कुनै विकल्प नै…
काठमाडौं : सरकारले राष्ट्रिय सुरक्षा नीति (रासुनी) २०७५ सार्वजनिक गर्ने भएको छ। अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो। ६ महिनाअघि परिमार्जन गरिएको नीति सार्वजनिक नभएपछि विभिन्न कोणबाट बहस र छलफल भएका थिए। सरकारको नियतमाथि प्रमुख प्रतिपक्षी र विज्ञले आशंका गरेका थिए। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यसमा आशंका गर्ने विषय केही नभएको दाबी गरे। यसलाई सरकारले प्रक्रियागत ढंगबाटै सार्वजनिक गर्ने मन्त्री पोखरेलले बताए। ‘हामीले व्यापक छलफल र बहसपछि तयार पारेको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्न कुनै समस्या छैन’, उनले भने। केही कानुनी प्रक्रिया मिलाउनुपर्ने भएकाले यसलाई थाती राखेर काम…
एजेन्सी: संयुक्त अरब इमिरेट्स (युएइ) की रानी ह्या बिन्त अल हुसैन दुइ बच्चासहित ३१ मिलियन पाउन्ड (करिब ३ सय करोड) रुपैयाँ लिएर बेपत्ता भएकी छिन् । उनी दुबईका अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मकतुमकी छैठौं पत्नी हुन् । उनी जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी समेत हुन् । शेख मुहम्मद युएइका उपराष्टपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन् । उनी दुनियाँका धनी शासकहरुमध्ये एक मानिन्छन् । अन्तराष्टिय सञ्चारमाध्यामहरुका अनुसार बेपत्ता रानी बेलायतको राजधानी लण्डनमा हुन सक्ने अड्कल गरिएपनि पछिल्ला दिन उनी दुबईबाट सिधै जर्मन गएको अनुमान गरिएको छ । उनका साथमा ११ वर्षीया छोरी जलिला र ७ वर्षीय…
काठमाडौँ: इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड वितरण कार्यक्रम काठमाडौँमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो ध्यानार्कषण भएको जनाउँदै नेपाल पर्यटन बोर्डले अहिलेसम्म पैसा दिने सम्झौता नभएको स्पष्ट पारेको छ । तर यस्ता कार्यक्रम गर्दा आर्थिक सहयोग नगरी पनि नहुने आशयसमेत बोर्डको छ । एक सातायता नेपालका विभिन्न समाचार माध्यममा आइफा अवार्डका लागि नेपाल सरकारले एक अर्ब लगानी गर्न लागेको समाचार प्रकाशित भइरहेका छन् । बोर्डले नेपलमा आइफा आवर्ड आयोजनाका लागि सरोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल भए पनि रकमै दिनेगरी सम्झौता भने भइनसकेको दाबी गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा मीनराज भण्डारीले लेखेका छन्…
काठमाडौँ: घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगमा बयान दिएका झाले डेढ करोडभन्दा बढी सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन् । स्रोत नखुलेको सम्पत्ति झाले पाठकमार्फत आर्जन गरेको अनुसन्धान अधिकृतको दाबी छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
काठमाडौँ: महिला मन्त्रालयले तयार गरेको भनिएको विधेयकको मस्यौदा ऐनको रुपमा ल्याउन भने गृह मन्त्रालय लागिपरेको छ । महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी मस्यौदा तय गरेको थियो । विधेयकको मस्यौदालाई ऐनको रुपमा ल्याउन गृह मन्त्रालयले सहमतिविपरीत फेरि गृहकार्य थालेको छ । समाचारस्रोतका अनुसार, प्रधानमन्त्री कार्यालयको निर्देशनमा महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी मस्यौदा तय गरेको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले भर्खरै समाज कल्याण परिषद्लाई मन्त्रालय मातहत ल्याउने मस्यौदा ऐन तयार भई कानुन मन्त्रालयमा राय लिने प्रक्रियामा रहँदै गर्दा गृहले यो कदम चालेको हो । चार महिनाअधि गृहले…
काठमाडौँ: सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंकले मदनवाटीका पार्क महादेवस्थान कोटेश्वर काठमाडौलाई १५० थान डस्वीन प्रदान गरेको छ बैंकको क्षेत्रिय कार्यालय काठमाडौबाट आयोजित कार्यक्रममा पूर्व कानून मन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय उक्त १५० थान डस्वीन उपभोक्ता समितिलाई संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा खरेलले आफ्नो नगर÷टोल लाई सुरक्षीत बनाउने दायित्व तहां बस्ने नागरीकको पनि भएकोले हामीहरुले आफनो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्यौ भने भोली टोल सफा हुन्छ, टोल सफा र सुरक्षीत हुंदा हामीहरुको सोचमा सकरात्मक परिवर्तन भै उत्कृष्ठ समाजको रुपमा हामी हाम्रो टोललाई चिनाउन सकिने…
काठमाडौँ: आज असार १५, देशभर १६औ धान दिवस मनाइँदै छ । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने परम्परा छ । २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । २०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । नेपालको कुल गार्हस्थ उत्पादनमा २९ दशमलव ४ प्रतिशत योगदान कृषि क्षेत्रको छ ।…