Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : आज र भोली कन्काई,कमला,बागमती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्न सक्ने भन्दै सरकारले सबैलाई सतर्क रहन आग्रह गेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सन्चालन केन्द«ले केही शाखा नदीमा बहाव खतरा तह सम्म पुग्न सक्ने उल्लेख गरेको छ । प्रदेश १,२,३ र ५ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना रहेकाले तटिय क्षेत्रमा सतर्क रहन केन्द«ले अनुरोध गरेको छ ।

Read More

काठमाडौँ : सरकारले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेनामा भर्ना छनौटदेखि वृत्तिविकासका सबै क्षेत्रमा समावेशी सिद्धान्तलाई कडाइसाथ कार्यान्वयन गरेको जनाएको छ । संविधानमा भएको समावेशीकरणको सिद्धान्तलाई आत्मसात् गरी महिला, विभिन्न जाति, समुदाय, धर्म तथा पिछडिएका वर्गलाई समेत सेनामा भर्ना हुने यथेष्ट मौका प्रदान गरिएको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो । सैनिक नियमावली, २०६९ को नियम ५ मा भर्ना छनौटमा समावेशीकरणको व्यवस्था गरिएको छ । नेपाली सेनाले प्रत्येक भर्ना छनौटमा कूल पद सङ्ख्याको ४५ प्रतिशत आरक्षण कायम गरिरहेको छ । अन्य निकायको जस्तै सेनाले आरक्षितका लागि छुट्याइएको पद सङ्ख्यालाई १०० प्रतिशत मानेर त्यसबाट महिला २०, आदिवासी…

Read More

राजविराज : आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको छ । खेतमा काम गरिरहेका आफ्ना पतिलाई खाना पु¥याएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको ज्यान गएको…

Read More

वासिङ्टन :  अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताउनुभएको छ । पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए । अमेरिकी गोप्य कारबाहीका कारण पाकिस्तान र अमेरिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ । पाकिस्तानले अमेरिकामाथि आफ्नो सार्वभौमसत्ता हनन गरेको आरोप लगाउँदै आएको छ । पाकिस्तानी चिकित्सक शकील अफ्रिदीले खोप अभियानका नाममा…

Read More

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको ‘४१ औं पुष्पलाल स्मृति दिवस’मा बोल्दै उहाँले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौँ”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य यही साउन महीनाभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुङ्ग्याउने छौँ, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्ने छौँ ।” उहाँले केन्द्रीय कमिटी बैठकबाट देशव्यापीरुपमा कार्यक्रम बनाएर जनतासमक्ष समेत जाने बताउनुभयो । उहाँले…

Read More

पोखरा : गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठा भित्रै कुटपिट गरेर घाइते बनाएको आरोपलमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई पक्राउ गरिएको हो । घाइते विद्यार्थीे पोखरास्थित अस्पतालमा उपचार पछि घर फर्किसकेको बताइएको छ ।

Read More

बुटवल : गुल्मीमा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा एकै परिवारका दुई जना र वडा नं ४ का तीन घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोमा अन्य पाँच जना हराइरहेका छन् । सत्यवती गाउँपालिका–४ लिम्घामा खसेको पहिरोले स्थानीय दलित बस्तीका तीन घरमा क्षति पु¥याएको सोही वडाका वडा सदस्य डिल्लीराज भट्टराईले जानकारी दिनुभयो । “मृतकको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन कठिनाइ भएको छ, कसैको टाउको थिचिएको छ, कसैको शरीर नै चुडिएको छ”, सदस्य भट्टराईले टेलिफोनमा भन्नुभयो । प्रमुख…

Read More

काठमाडौं ः आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपाललाई गतिलो झट्का लागेको छ । पहिलो खेलमा नै कतारसँग ४ विकेटको पराजय बेहोरेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले ४ बल बाँकी छदै बलमा ६ विकेट गुमाएर भेटाएको थियो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । यस्तै कम्रान खानले २२ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन ।…

Read More

काठमाडौं ः बजारमा फेरि अर्को सामुहिक लगानी कोष आउने भएको छ । सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ को १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड इकाई बिक्री गर्ने भएको छ । यसमध्ये १५ प्रतिशत अर्थात २ करोड १० लाख इकाई बिज पुँजी वापत कोष प्रवद्र्धक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकी ११ करोड ९० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गर्न लागिएको हो । यसमा साउन २३ देखि साउन २७ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भदौ २० गतेसम्म खुला रहने सिद्धार्थ क्यापिटलले जनाएको छ । सिद्धार्थ म्युचुअल…

Read More

काठमाडौं : युनाइटेड इन्सुरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले यसका लागि साउन १४ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, साउन १३ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र उक्त हकप्रद भर्न योग्य हुनेछन् । युनाइटेडले हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको १ः२।४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद सेयर बिक्रीपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । त्यस्तै लाइफ इन्सुरेन्स…

Read More