Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: देवः विकास बैंक लिमिटेडले बनेपा नगरपालिकाको बनेपा शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकका संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गज्यूको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले एक दशक अगाडी बनेपा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्न शुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधीलाई मध्यनजर गरी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरी सेवाग्राहीलाई सम्पूर्ण बैकिङ्ग सेवासहित सेवा प्रदान गर्न शाखा कार्यालय सञ्चालन गरिएकोे जानकारी दिए । सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय…
काठमाडौँ: उर्जामन्त्री वर्षमान पुनले नेपालका लागि चिनियाँ राजदूत होउ याङचीलाई मंगलबार सोधे, चिनियाँ कम्पनीहरुले चीन र अन्य विश्व राम्रो काम गरिरहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन् ? सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत याङचीले यसबारे गहिरो अध्ययन र अनुसन्धान गरिरहेको कुटनीतिक जवाफ दिएर फर्किइन् । यो भेटबारे मन्त्री पुनको सचिवालयले सञ्चारमाध्यमलाई विज्ञप्ति पठायो । मन्त्रीले राजदूतलाई गरेको प्रश्नको समाचार बन्यो । भेटघाटको तस्विरसमेत सार्वजनिक भयो । चर्चा यत्तिमै सेलाएन । राजदूत याङचीले दूतावास फर्केपछि त्यही साँझ ट्वीट ७ः४४ बजे ट्वीट गरिन्, ‘नेपालमा निर्माण भइरहेका ठूला आयोजनामध्इे सबभन्दा ठूलो आयोजना चीन जलविद्युत् संस्थाले गरेको हो…
काठमाडौँ: काठमाडौँको जमलमा शनिबार बिहान एउटा कार दुर्घटनामा भएको छ । केशरमहलबाट जमलतर्फ जाँदै गरेको कार जमलको होटेल याल्लो प्यगोडा अगाडि दुर्घटना भएको हो । बिहान करिब सवा ७ बजे बा ११ च ३६०४ नम्बरको कार दुर्घटना भएको थियो । दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ । कुमारीपाटीस्थित मच्छिन्द्र आयाल स्टोरका संचालक डिए दवल श्रेष्ठको कार रहेको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए । मापसे गरेर कार श्रेष्ठ आफैंले हाकेको उनले बताए । चालकसहित कारमा ३ जना सवार थिए । चालाक श्रेष्ठ गम्भीर घाइते…
काठमाडौँ: वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् । यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए । रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तरगत रोजगारीका लागि कोरिया पुगेका युवाले डिप्रेसनमा पर्नुका साथै आत्महत्या गर्ने क्रम बढेपछि कोरिया सरकारले पहिलोपटक सीप परीक्षणको व्यवस्था गरेको शाखाले जनाएको छ । यो वर्ष कोरियन भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३ सय ७६ युवाले फारम भरेकोमा ८४ हजार ३ सय आठ…
काठमाडौँ: एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन् । काउन्सिलले १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर यो फाइल मन्त्रालयमा नै अड्किएको छ । यो खबर आजको नयाँ…
काठमाडौँ: नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे । आफ्नो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटर जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे । नेता नेपालले बुधबार प्रधानमन्त्री ओली र दाहालबीच भएको पछिल्लो कुराकानीको ब्रिफिङ लिए । प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुलाई एक्लाएक्लै बोलाएर भेट्न खोजेपछि नेपाल शुक्रबार बालुवाटार जानअघि दाहालसँगको कुराकानीको स्पिरिट बुझ्न खुमलटार पुगेका थिए । एक दिनअिघ ओलीले दाहालसँग धेरै वादविवाद नगरौँ मिलेर जाऔँ भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव ओलीले शुक्रबार नेता नेपालसँग पनि राखेका थिए । विगतमा ओलीसँग बढी निकट…
काठमाडौं : मानो रोपेर मुरी फलाउने किसानको महोत्सव धानबाली रोपाइँलाई यस वर्ष न प्रकृतिले साथ दियो, न त सरकारी अनुदानित मलले। यस वर्ष किसान सरकार र प्रकृृति दुवैबाट ठगिन बाध्य भए। करिब १० दिन ढिलो गरी सुरु भएको मनसुनी वर्षा सबै क्षेत्रमा एकै रूपले सक्रिय हुन सकेन। कुनै स्थानमा थोर बहुत परेको छ। कुनै स्थानमा मनसुनी पानी नपरेर धानको ब्याडसमेत किसानले राख्न पाएका छैनन्। यसले अघिल्लो वर्षको तुलनामा देशभर धान रोपाइँ प्रभावित भएको छ। मनसुनी वर्षा सबैतिर सक्रिय नहुँदा अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ५ प्रतिशतले यस वर्ष कम रोपाइँ भएको छ। ढिलो गरि शुरु भएको मनसुन…
काठमाडौँ: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ। विहीबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले रिक्त स्थानमा प्राधिकरणकै उपमहानिर्देशक पोखरेललाई नियुक्त गरेको हो। प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमको चार वर्षे पदावधि गत जेठ १४ गते सकिएपछि यो पद रिक्त थियो। प्राधिकरणमै वरिष्ठ उपमहानिर्देशक रहेको पोखरेल यसअघि निमित्त महानिर्देशक थिए।तीन दशकदेखि उड्डयन पेशामा आवद्ध पोखरेले तत्कालिन हवाइ सेवा विभागबाट सेवा प्रवेश गरेका थिए। यसअघि उनी उपमहानिर्देशक हुँदा सेफ्टी प्रमुखको जिम्मेवारिमा थिए।
काठमाडौँ: आफूलाई धर्ती माता दावी गर्दै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । कुँवरले भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन् । कुँवरलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । बुटवल बस्ने कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही दिन अघि राजधानीको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
काठमाडौं: कोरियन भाषा परीक्षाको नतिजा बिहिबार राती प्रकाशित भएको छ । रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत् जेठ २५ र २६ गते लिइएको परीक्षाफल प्रकाशित भएको हो । परीक्षाफल इपिएसको वेवसाइटमा प्रकाशित छ । दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए ।