Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो । उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले यसको पुष्टि गरेका छन् । अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीहरुले आर्थिक प्रलोभनमा विद्यार्थीको मार्कसिटमा नम्बर तलमाथि गरिदिने गरेका छन् । ’फेल भएकालाई पास गराउने र…
काठमाडौँ: घरजग्गाको कारोबार गर्दा सेवाग्राहीले महिनौँसम्म मालपोतका कोठा÷कोठा धाउनुपर्ने अवस्था अन्त्य भएको छ । नमुना मालपोत कार्यालय कलङ्कीबाट अब सेवाग्राहीले घरमै बसेर आफ्नो घरजग्गाको विस्तृत विवरण पाउन सक्नेछन् । कुनै पनि जग्गाधनीले मालपोत कार्यालयबाट युजर नेम र पासवर्ड लिएर आफ्नो घरजग्गाको स्टेटमेन्ट जहाँसुकैबाट हेर्नसक्ने व्यवस्था मिलाइएको छ । घरैमा बसेर इन्टरनेटबाट लिखत तयार पारी अनलाइनबाटै विवरण पेस गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले भने, “सक्कल कागजात लिएर जग्गा लिने र दिने मात्र कार्यालय आएर सेवा दिनसक्ने प्रणाली ल्याइएको छ । सेवाग्राहीले कम समयमा सेवा लिन सक्ने छन् ।…
काठमाडौँ: चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र जनवादी गणतन्त्र चीनको चिनियाँ जनमुक्ति सेनाका महारथी तथा सेन्ट्रल मिलिटरी कमिसनका सदस्य लि उचेङ्गबीच १५ मिलियन आरयमबी बराबरको सहायता सामग्री प्राप्ति गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ। महारथी थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन उक्त सहयोग अन्तरर्गत Heavy Mechanical Bridge, Explosive Ordnance Disposal (EOD) सामग्रीहरु, उद्धार सामग्री तथा विभिन्न प्रकारका सवारी साधनहरु प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको हो । थापा हाल बेइजिङ्गमा रहेका छन् । यस अघि बेइजिङ्गमै चिनियाँ जनमुक्ति सेनाको हेडक्वार्टरमा उनको सम्मानमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत…
काठमाडौं: सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको छ । राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको छ । जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् । सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् । उनीहरुले सरकार नेवार संस्कृति मास्न सरकार लागिपरेको समेत आरोप लगाएका छन् । शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको छ ।
काठमाडौँ: बैंक तथा वित्तीय संस्थाले घर बनाउने र गाडी चढ्ने सपनालाई साकार पार्दै आइरहेका छन् । बैंकहरुले यही असार १ गतेदेखि लागु हुने गरी गाडी र घर कर्जाका नयाँ ब्याजदरहरु सार्वजनिक गरेका छन्। बढ्दो सहरीकरण र आधुनिकीकरण पछ्याउने धेरै जसोलाई एउटा राम्रो घर र गाडी होस भन्ने चाहना हुन्छ । तर आफ्नो कमाइ लगाउन खानमै खर्च हुने भएकाले धेरै बचत गर्न नसक्ने अवस्था हुन्छ । बैङ्कहरूको आधारदरलाई जोडेर उनीहरूले निर्धारण गरेको ब्याजदरका आधारमा कुन बैङ्क घर र गाडी कर्जा दिन सहज र सस्ता छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यदि तपाईं पनि बैङ्कबाट ऋण लिएर…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला साँच्चै माइतीघर भएको टिप्पणी गरेका छन् । ‘मलाई घरमा यसो गरे भने जस्तो गरेर माइतीघर गए झै जे पनि पनि माइतीघरमा विरोध हुन थालेको उनले बताए । मंगलबार संसदमा सम्बोधन गर्न खोज्दा अवरोध भएपछि पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले यदि कुनै कुरा चित्त बुझेको छैन भने छलफलमा आउन आग्रह गरे । ‘विधेयकमा छलफल गर्न संसद छ । संसदमा छलफल गर्न सकिन्छ, सरोकारबालाहरुको राय सुझाव दिन सकिन्छ, हामीलाई भन्न सक्छन्’ उनले भने, माइतीघर त साच्चैको माइतीघर भएछ । यताउता केही पर्यो कि घुर्रर कुदेर जाने । मलाई घरमा यसो गरे भने जस्तो…
काठमाडौं: चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको उनले बताइन् । प्रधानमन्त्रीको पत्रकार सम्मेलन भन्दा केही मिनेट अगाडि मात्र मन्त्रीले विधेयक फिर्ताको निर्णय सुनाएकी हुन् । लोकतन्त्रकै जरा काट्न कैची चलाइयो प्रधानमन्त्रीले मन्त्रीको निर्णयको समर्थन गरे । लोकतन्त्र विरोधी शक्ति घुसेर लोकतन्त्रकै जरा काट्ने कैची चलाएको देखेपछि विधेयक फिर्ता लिएको उनले बताए । उनले विधेयकको भने बचाउ गरे…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली बोल्न कार्यक्रम निश्चित भइसकेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणसहितका विषयमा संसदलाइ जानकारी गराउने कार्यक्रम थियो। सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदहरूलाइ बारम्बार आफ्नो सिटमा बस्न आग्रह गरेका थिए। सभामुखको रूलिंग बाबजुद प्रमुख प्रतिपक्षी सांसदहरूले नारा लगाउन नछोडेपछि सभामुख महराले बुधबार बिहान ११ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।
एजेन्सी: चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुआन प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परि १२ जनाको ज्यान गएको भने १२५ जना घाइते भएका छन् । सोमबार राति ११ः५५ मा गएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण कयांै मानिसहरु घरबारबिहीन भएको सञ्चार माध्यम सीएनएले जनाएको छ । प्रान्तीय राजधानी छङ्दुमा भूकम्प आउनुभन्दा एक मिनेटअघि चेतावनी जारी गरिएको थियो । चेतावनीको काउन्टडाउन सकिनेबित्तिकै भूकम्पको झड्का अनुभव गरिएको यिबिनका अधिकारीहरुले बताएका छन् ।
काठमाडौं: काठमाडौंको काठमाडौँको बौद्धस्थित कुमारीगालमा समता अस्पतालमा कार्यरत एक महिला कर्मचारी मृत भेटिएकी छन्। प्रहरीका अनुसार समता अस्पतालकै फार्मेसीमा काम गर्ने एक महिला कर्मचारी शौचालयभित्र आज बिहान झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।