Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

हेटौंडा : ३ नम्बर प्रदेश सरकारले २०७६/७७ का लागि करिब ४८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सभामा प्रस्तुत गरिने बजेटको तयारी पूरा भएको आर्थिक मामिला तथा योजनामन्त्री कैलासप्रसाद ढुंगेलले बताए। बजेटमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको उनले जानकारी दिए। चालु आर्थिक वर्षका केही महत्वपूर्ण योजना कार्यान्वयन गर्न नसकेपछि ती योजनालाई नयाँ आर्थिक वर्षमा प्रदेश गौरवको योजनामा राखिएको छ। पोष्टबहादुर बोगटी भीमफेदी–काठमाडौं सुरुङ मार्ग, पुष्पलाल चक्रपथ निर्माण, मदन भण्डारी सडक निर्माण, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवका योजनाका रूपमा अगाडि बढाइएको छ। हेटौंडा अस्पतालको क्षमता वृद्धि गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइन लागेको हो। प्रदेश सरकारले चालु…

Read More

काठमाडौँ: सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्’ रिपोर्टस् क्लबद्वारा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने ,‘सरकारका प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ, भने राजीनामा बाहेक अर्को बाटो हुँदैन ।’ मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलार्य सान्त्वना दिनुपर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु हुने बताए…

Read More

काठमाडौँ: शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामुलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीब्र पारेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानिलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी लगानीकर्ता र नेताहरु समेत लागिपरेका छन् । शिवपुरीईको टुरिजम एन्ड केबलकार लिमिटेडले गोकर्णेश्वर नगरपालिका–३ जगडोलस्थित सहिदपार्कबाट शिवपुरी–नागार्जुन निकुञ्जभित्रको मुलाबारीसम्म ३.६ किलोमिटर लम्बाइको केबलकार बनाउन वातावरणीय प्रभाव मूल्याकंन अध्यनन (ईआईए) का लागि वन तथा वातावरण मन्त्रालयसँग स्वीकृति माग गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् ।

Read More

काभ्रे: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताएका छन्। मन्त्री बाँस्कोटाले शनिबार काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै भने, ‘यहाँ त विधेयक लैजानुभन्दा अघि ‘पुल्ठो’ झोसिन्छ, पुल्ठो झोसेछि नकारात्मक टिप्पणी फैलिन्छ, जसका कारण समस्या समाधान गर्न कठिन हुन्छ, विषयको चुरोमा जानुभन्दा अघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो होइन।’ मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताए। उनले सरकार वैज्ञानिक र व्यवस्थित ढंगले…

Read More

काठमाडौँ: काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको सुरुआत भोलिबाट हुँदैछ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको हो । व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो । यसको उद्घाटन आइतबार नै मेयर विद्यासुन्दर शाक्यले गर्दैछन् । स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ । अब…

Read More

काठमाडौँ: आगामी आवको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ४४.३२ अंकले ओरालो लागेको छ । बजेटपछि बजार नौ दिन खुलेको बजारमा उतारचढाब रह्यो भने नेप्से परिसूचक ४४.३२ अंकले घटेको छ । गत बिहीबार अर्थात् यही जेठ २३ गते एक हजार २८४.५९ अङ्कमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । गत बिहिबारदेखि यस साताको बिहिबारसम्म बजार १५.०४ बिन्दुले घटेको छ । सोमबार खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक ८.७८ अंकले घट्यो । उक्त दिन विकास बैंक, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष उपसमूहमा सामान्य…

Read More

काठमाडौँ: निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएको प्रशंग सेलाउन नपाउँदै अब सांसदले कम्तिमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ । एक सांसदको मासिक कमाई कम्तीमा ८० हजार पुग्छ । यस्तोमा सांसदले आफै ल्यापटप किन्न नसक्ने प्रश्न नै रहँदैन । जब कि बजारमा ३० हजारदेखिका ल्यापटप पाइन्छन् । तर, संसद सचिवालयले भने एक लाख पर्ने ल्यापटप खरिद गर्न लागेको छ । संसद्को व्यवस्थापन बोर्डले ल्यापटप खरिद गर्ने निर्णय गरेपछि १९ जेठमा सचिवालयले टेन्डर…

Read More

काठमाडौँ: नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकीमा भाग लिन जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका समकमक्षी नसिर बिन थानी अल हम्लीबीच सम्झौतामा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २००७ मा गरिएको श्रम समझादारीलाई प्रतिस्थापन गरी नयाँ समझादारीमा हस्ताक्षर गरिएको हो । सम्झौतामा कामदार भर्ना प्रक्रिया पारदर्शी बनाउँदै नेपालीलाई विदेशीसरह हैसियत र सुविधा दिने, कामदार भर्ना प्रक्रियामा लाग्ने शुल्क र सेवाशुल्क रोजगारदाताले ब्यहोर्ने उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ…

Read More

काठमाडौँ: उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । मन्त्रालयले खरेललाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको हो । सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले खरेललाई सोधेको छ, ‘तपाईं कार्यकारी प्रमुख भएर आएपछि निगममा के गर्नुभयो ? निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ? पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो र उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ?’ आन्तरिक उडानका जहाज पार्किङमै थन्किनु, निगमको आर्थिक अवस्था धराशयी हुँदा पनि व्यवस्थापनले कुनै चासो नदेखाउनु गम्भीर विषय भएकाले मन्त्रालयले खरेलसँग जवाफ मागेको मन्त्रालय स्रोतले…

Read More

हेटौंडा: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको गुठी सम्बन्धी बिधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । उनले गुठी नेपालको साँस्कृतिक सभ्यता भएको बताउँदै जनताको कांग्रेस जनताको पक्षमा लाग्ने र सांसदबाट पास हुन नदिने बताए । उनले दुई तिहाइको दम्भमा सरकार अघि बढिरहेको भन्दै धेरै कुरामा बन्देज लगाउन खोजे पनि कांग्रेस कुनै पनि हालतमा चुपलागेर नबस्ने चेतावनी दिए । लोकतन्त्रमा सरकारले प्रेसमाथि आक्रमण गरेको भन्दै सभापति देउवाले अघि भने, ‘एउटा स्वतन्त्र सँस्थालाई अंकुश लगाउनका लागि सरकारले बिधेयक ल्याउँदै छ । कांग्रेस कहिले पनि त्यसको पक्षमा रहँदैन ।’ हेटौंडामा नेपाल साँस्कृतिक संघको प्रशिक्षण…

Read More