Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । तर नेपालमा मनसुन सुरु भएको भने हैन । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ । नेपालमा मनसुन भित्रने दिन १० जुन हो । त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय बन्नु वर्षात्को सङ्केत भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए । “बङ्गालको खाडीबाट दक्षिणपूर्वी वायु नेपालमा बग्न थालेको छ,” उनले भने, “यसले गर्दा केही दिन नबिराई पानी पर्नेछ ।” त्यो गह्रौँ आद्रतासहितको वायु वायुमण्डलको उच्च तहमा भने पुगेको अवस्था हैन ।…
काठमाडौं: खानेपानी मन्त्री बिना मगरले उपत्यका भित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढिने बताएकी छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा प्रकाशित भएको काठमाडौं उपत्यका भित्रका पुराना ढुङगे धारा तथा पोखरीहरुको लगत– नक्साङकन सम्बन्धि पुस्तकको बिमोचन गर्दै खानेपानी मन्त्री मगरले नास हुँदै गइरहेको पोखरी र ढुंगेधाराको संरक्षण र सम्बर्द्धनमा योजनासहित अघि बढिने बताएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘आधुनिकताले हाम्रो प्राचीन सभ्यता झल्काउने कलात्मक ढुंगेधारा र पोखरीहरु मासिँदै गइरहेका छन् । सहरीकरणका कारण हाम्रो जीवन्त कला, संस्कृति लोप भएका छन् । अब यसलाई सम्भाव्यता अध्ययन…
काठमाडौं: सर्वोच्च अदालतले सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उच्च अदालतका न्यायाधीश लेखनाथ ढकाललाई नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले सेवाग्राहीबाट रु १८ लाख घुस लिएको आरोप लागेका न्यायाधीश ढकाललाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको हो । आदेशमा परिषद्ले विवादमा रहेका न्यायाधीश ढकाललाई उच्च अदालतमा नियुक्ति गर्नाका आधार र कारण खुलाउन भनेको छ । परिषद्को यही जेठ १४ गते बसेको बैठकले तत्कालीन जिल्ला न्यायाधीश ढकाललाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णय गरेको थियो । ढकाल जिल्ला न्यायाधीश हुँदादेखि नै सेवाग्रहीबाट घुस लिएको…
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको निधन भएको छ । एक वर्षदेखि उपचाररत राणाको उपचारका क्रममा अमेरिकाको न्युयोर्कमा निधन भएको हो । राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र र नेपालको राजपरिवारसँग व्यवसायिक साझेदारी गरेका राणाले नेपालको आर्थिक विकासको क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय स्तरको होटल सोल्टीमा पनि ज्ञानेन्द्रसँग राणाको साझेदारी छ ।
एजेन्सी: इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा आज साँझ भिड्दैछन् । ट्रेन्ट ब्रिज स्टेडियममा हुने खेलमा दुवै पूर्व विजेताको लक्ष्य जित निकाल्नेमा केन्द्रीत छ । विश्वकपमा लामो अनुभव सम्हाल्दै आएका यी दुवै टोलीको भिडन्त रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यी दुई टोली यसअघि विश्वकपमा १० वटा भिडेका छन् । जसमा सात खेल वेस्ट इन्डिज र तीन खेल पाकिस्तानले जितेको छ । वेस्ट इन्डिजले सन् १९७५ र सन् १९७९ मा लगातार पहिलो र दोस्रो विश्वकप जितेको थियो । त्यो दुवै विश्वकप इङ्ल्यान्डमै आयोजना भएको थियो । सन् १९८३ मा इङ्ल्यान्डमै भएको तेस्रो विश्वकपको फाइनलमा वेस्ट…
काठमाडौं: नेपाल दूरसञ्चार कम्पनीले मोबाइल सेवाको नवीकरणका लागि रु २० अर्ब तिर्नुपर्ने भएको छ । मोबाइल सेवा सञ्चालनका लागि अनुमति लिएपछि पहिलो पटक दश वर्षमा एक पटक र दोस्रो पटक पाँच वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाका आधारमा टेलिकमले पाँच किस्तामा उक्त परिमाण बराबरको नवीकरण शुल्क तिुर्नपर्ने भएको छ । मन्त्रिपरिषद्को यही जेठ १०, १३ र १५ गते बसेको बैठकको निर्णयका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले किस्ताका आधारमा नवीरकण शुल्क तिर्नुपर्ने निर्णय गरिएको जानकारी दिए । टेलिकमले २०५६ सालमा पछि निर्धारण हुने नवीकरण शुल्क तिर्ने शर्तमा…
काठमाडौं : सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो। कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। बढेपछि राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुग्नेछ। सांसदको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने अर्थ मन्त्रालय स्रोतले बतायो। संघीय सांसदको मासिक पारि श्रमिक हाल ५५ हजार २ सय ३० रुपैयाँ छ। मुख्य सचिवको तलब ५४ हजार ५ सय…
काठमाडौँ: नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय नेपाली वार्ता टोली गठन गरिएको छ । भारतको दिल्लीमा जेठ २३ र २४ गते हुने बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले सो टोलीमा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधित्व समेत रहने जानकारी दिए । मन्त्रिपरिषद्को जेठ १०, १३ र १५ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो…
काठमाडौँ: सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम ४ करोडबाट बढाएर ६ करोड पुर्याएकोमा सांसदहरु उत्साहित देखिएका छन् । सरकारले कार्यक्रम नै हटाउने मनस्थिति बनाएको बेला दबाब दिएर रकम बढाउन सफल भएपछि सांसदहरु त्यसको ‘जस’ लिन प्रतिस्पर्धा गरिरहेका छन् । नियमावली सच्याउने अर्थमन्त्रीको घोषणापछि अब कसरी हुन्छ खर्च ? चालू आर्थिक वर्षमा सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन गर्न प्रत्यक्ष निर्वाचित सांसदलाई बढी निर्णायक बनायो । ‘स्थानीय तहलाई पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आयोजना छनोट तथा अनुगमनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सबैको भूमिका रहने गरी नियमावली परिमार्जन गरिनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको संयुक्त…
काठमाडौँ: नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै विवाद रहेको देखिएको छ । उतिबेला लिखित सहमति सार्वजनिक नभए पनि पार्टी र सरकार सञ्चालनमा अहिले ओली हावी हुँदै गएपछि असन्तुष्टिस्वरुप सहमतिपत्र बाहिर आएको हो । त्यसो त अध्यक्ष दाहालले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ओली र सरकारप्रति गुनासो र असन्तुष्टि प्रकट गर्दै आएका थिए । तर, अहिले यस किसिमको असन्तुष्टि मुखर हुँदै आएको छ । जसका कारण पार्टीको एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै सत्ता…