Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले ऊर्जा तथा जलस्रोत विकासमा १ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेका छन् । अर्थ मन्त्री युवराज खतिवडाले बुधबार संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–७७ को करिब १५ खर्ब ३३ अर्ब रुपैयाँ बजेटमध्ये ऊर्जा तथा जलस्रोत विकासमा १ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेका हुन् । सिँचाइ, नदी नियन्त्रण तथा तटबन्दलगायत शीर्षकमा २३ अर्ब ६३ करोड रुपैयाँ र ऊर्जा विकासतर्फ ८३ अर्ब ४९ करोड रुपैयाँ विनियोजन भएको छ । राष्ट्रिय योजना आयोगले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई झन्डै १ खर्ब १५ अर्ब रुपैयाँको सीमा तोके पनि बजेटमा करिब ८ अर्ब रुपैयाँ कम गरिएको छ ।…
काठमाडौं : प्रधानमन्त्री केपी ओली आज (बिहीबार) नयाँदिल्ली जाँदैछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन्। प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रममा सहभागी हुनेछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले बिहीबार नै शपथ ग्रहण गर्दैछ। मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गरेका थिए। यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्त्याएका छन्। प्रधानमन्त्री ओली बिम्स्टेक सदस्य मुलुकका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन्।
काठमाडौँ: सरकारले आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सामाजिक सुरक्षा भत्तामा साविकको रकममा थप एक हजार रुपैयाँ बृद्धि गर्ने घोषणा गरेको छ । सरकारको यो घोषणाले राज्य कोषमा बार्षिक २७ अर्ब ३६ करोड रुपैयाँ थप आर्थिक भार थपिएको छ । बुधबार संघीय संसदमा १५ खर्ब ३२ अर्बको बजेट पेश गर्दा सामाजिक सुरक्षा भत्ता एक हजार बढाइएको छ । अब ७० वर्ष उमेर पुगेका नागरिकले मासिक ३ हजार जेष्ठ नागरिक भत्ता पाउनेछन् । यसबारे १३ लाख नागरिक लाभान्वित हुनेछन् । यस्तै असत्त, अपाङ्गता भएका, एकल महिला, लोपन्मुख आदिवासी जनजातिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि एक हजार बढाइएको छ…
काठमाडौं: सरकारले सरकारी कर्मचारीको तलबमा बृद्धि गरेसँगै आयकरको सिलिङमा पनि परिवर्तन गरेको छ । सरकारले अधिकृतभन्दा तलको कर्मचारीमा २० प्रतिशत र अधिकृतभन्दा माथिको तलबमा १८ प्रतिशतले वृद्धि गर्यो । त्यससँगै यसअघि एकल व्यक्तिको हकमा वार्षिक ३ लाख ५० हजार रुपैयाँको आम्दानीसम्म सामाजिक सुरक्षा करबाहेक अन्य कर नलिने गरेकामा अब यसको सिलिङ बढेर ४ लाख पुगेको छ । त्यसैगरी अब विवाहित जागिरेको हकमा वार्षिक ४ लाख ५० हजार रुपैयाँसम्मको आयमा सामाजिक सुरक्षा करमात्रै तिरे पुग्ने भएको छ । अघिल्लो आर्थिक वर्षसम्म विवाहित व्यक्तिले वार्षिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका १०, २० र ३० प्रतिशत गरी अधिकतम ३६…
काठमाडौँ: सरकारले आव २०७६/७७ का लागि रु १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आयव्यय विवरण (बजेट) मा विनियोजित रकममध्ये चालु खर्च ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२।४ प्रतिशत, ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६।६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटले बृद्धभत्ता बृद्धिदेखि कर्मचारीको तलब समेत बृद्धि गरेको छ । सबै क्षेत्रलाई समेट्ने गरी बजेट वितरण भएको देखिएको छ ।…
काठमाडौं: संघीय संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट सरकारले विनियोजन गरिएको छ । जसमा चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ र पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख बजेट विनियोजन भएको छ । जसमा विनियोजन तर्फ १ खर्ब ६७ अर्ब विनियोजन भएको छ । बजेटले बृद्धभत्ता बृद्धि देखि कर्मचारीको तलब समेत बृद्धि गरेको छ । सबै क्षेत्रलाई समेट्ने गरी बजेट वितरण भएको देखिएको छ । यता व्यापक आलोचना भएको निर्वाचन क्षेत्र विकासको लागि…
काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा बुधबार सार्वजनिक गरेको बजेट भाषणअनुसार चालू तर्फ ९ अर्ब ५७ लाख १० करोड १४ अर्थात ६४. ४ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत बजेट विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब ६८ अर्ब ८५ करोड ९८ लाख बजेट रहेको छ। यस्तै आगामी आर्थिक वर्षका लागि अनुमानित खर्चको स्रोतका लागि राजश्वबाट ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख तथा…
काठमाडौ: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना विधायकले सपथ लिएका छन् । शनिबार उनी एसकेएम विद्यायक दलका नेता चुनिएका थिए । हज्जारौं समर्थकहरुका बीच पलजोर रंगशालामा उनले नेपाली भाषामा सपथ लिएका थिए । नेपाली भाषामा सपथ लिइरहँदा ५१ वर्षीय तामाङ निकै उत्साहित देखिन्थे । सन् २०१३ मा गठन भएको एसकेएमले ३२ सदस्यीय सिक्किम विधानसभामा १७ सिट जितेको छ । पूर्वमुख्मन्त्री पवन चाम्लिङको दल सिक्किम…
काठमाडौं: सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट प्रतिव्यक्ति आय १ हजार १ सय २० डलर बनाउने गरी ल्याउँदैछ । चालू आर्थिक बर्षको सर्वेक्षणले यो वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर रहने प्रक्षेपण गरेको छ । यस आधारमा सरकारले एक बर्षमै एक व्यक्तिको आम्दानी ८६ डलरले बढाउने महत्वकाँक्षी योजना बजेटमार्फत ल्याउँदैछ । योजना आयोगका सदस्य डा.रामकुमार फुयालले ६० वटा सूचकाङ्कलाई आधार मानेर बजेट ल्याउन लागेको बताए । चालू वर्ष ७ प्रतिशतको आर्थिक बृद्धिदर रहने अनुमान सरकारले गरेको छ तर आगामी बर्ष साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरलाई फोकस गरेर बजेट आउने फुयालले बताए । यसैगरी व्यक्तिको…
काठमाडौं: आज देशभर विभिन्न कार्यक्रम गरी १२ औं गणतन्त्र दिवस मनाइंदै छ। तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको अन्त्य भएको दिनमा बिशेष गरी यसलाई नेपाली जनता र राजनीतिक पार्टीहरुले बुझ्ने गरेका छन्। तत्कालिन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका प्रधानमन्त्री रहेका शेर बहादुर देउवाले नेपाली जनतामा नीहित सत्ता शक्ती दरबारमा लगेर बुझाउनु भएको थियो त्यसपछि तत्कालिन एमाले, राप्रपा र अन्य दलका नेताहरुलाई पालैपालो मिलाएर ज्ञानेन्द्रले केही दिनका लागि नेताहरुई प्रधानमन्त्री बनाउने खेल शुरु भयो भने त्यसपछि उनले आफै माघ १९ गतेदेखि आफ्नै प्रत्यक्ष शासन शुरु गरेका थिए। जसलाई पछि सबै दलका नेताहरु तत्कालिन माओवादीसहित मिलेर दलहरुले शाही शासनको संयुक्त देशव्यापी…