Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले अघि सारेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा विकास तथा प्रविधि समितिमा पुगेको छ। समितिको आजको बैठकमा सो वधेयक पेश भएको हो। सरकारले विसं २०७५ पुस २२ गते सो विधेयक संसद्मा दर्ता गराएको थियो। के छ त विधेयकभित्र ? विज्ञापन गर्न सकिने, होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापन गर्न नहुने, विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने, विज्ञापन गर्न निषेध क्षेत्र घोषणा गर्न सक्ने, विज्ञापन बोर्डको गठन, बोर्डको काम कर्तव्य र अधिकारलगायतका विषय रहेका छन्। विज्ञापन निर्माता, विज्ञापन एजेन्सी तथा विज्ञापनका अन्तरवस्तुहरूलाई नियमन गर्ने छुट्टै प्राधिकरण वा बोर्ड नै चाहिन्छ भनेर सरोकारवालाहरूले आवाज उठाइरहेका…
काठमाडौँ: स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर ६३ हजार रुपैयाँमा कारोबार भएको छ । जेठ महिनामा सबैभन्दा कम ८ गते प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिए सँगै नेपालमा पनि सुनको भाउन पुनः बढ्न थालेको, सुन व्यावसायी तेज रत्न शाक्यले बताए । नेपालमा सुनको बजार भाउ अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा तोकिन्छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्ष यताकै उच्च भएको छ। अन्तर्राष्ट्रिय प्रति औन्स १३४७.८५ डलरमा कारोबार भैरहेको छ। तत्कालिन अवस्थामा प्रति औन्स ८ डलरले बढेको छ।
काठमाडौँ: पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको शुक्रबार निधन भएको छ । ५३ वर्षीय पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो । शुक्रबार बिहान घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल पुर्याइयो । तर, त्यतिबेलासम्म उनी प्राणहीन बनिसकेका थिए । माडी नगरपालिका–५ मा पौडेलको घर निर्माणाधिन छ । घर ढलानका लागि उनी ५–६ दिन अगाडि माडी गएका थिए । आज बिहानै उठेर उनी बेल्चाले गिटी मिलाउन तल्लीन थिए । त्यही क्रममा उनका एक…
काठमाडौँ: प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा आइतबार असार १ गते जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्। नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मिति २०७६ असार ०१ गते औपचारिक भ्रमणको लागि मित्रराष्ट्र चीन प्रस्थान गर्ने कार्यक्रम रहेको, सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। प्रधानसेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमणदलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित ८ जना सहभागी रहने छन्। उक्त भ्रमणदल असार ०१ गते एयर चाइनाको फ्लाईटद्वारा काठमाण्डौबाट चीनको छेङ्गदु बेइजिङ्ग तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भ्रमणको…
काठमाडौँ: भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो अंश रेल र सडक पूर्वाधारमा खर्च गरिने भएको छ । दुई साताअघि नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका उच्च अधिकारीहरुबीच ऋण सहुलियतको कार्ययोजना समीक्षा बैठकमा उक्त रकम पुननिर्माणबाहेकको क्षेत्रमा खर्च गर्ने समझदारी जुटेको हो । बैठकमा सहभागी एक नेपाली उच्च अधिकारीका अनुसार पुननिर्माणअन्तर्गतका परियोजनाको प्रकृति र एक्जिम बैकको सर्तहरुका कारण ऋण प्रयोग गर्न कठिन भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।
काठमाडौँ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्रा्ष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ । निगमले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ । जेट एयरवेज ग्राउन्डेड हुँदा नेपाल एयरलाइन्सलाई भारतमा उडान थप्ने अवसर थियो । तर, त्यो अवसर सदुपयोग गर्नुको साटो जहाजलाई आधा क्षमता मात्रै चलाएर बाँकी समय थन्क्याएर राखिएको छ । ‘निगमका जहाज नियतवश ग्राउन्डेड गरेर भाडामा निजी जहाज कम्पनीलाई दिने कुत्सित उद्देश्यले काम भइरहेको छ,’ एक स्रोतले नयाँ पत्रिकालाई बतायो । दैनिक १८ घन्टा उड्न सक्ने वाइडबडी जहाज…
काठमाडौँ: झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ । साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला उनी काम चलाउ सरकार प्रमुख भएकाले महत्तपूर्ण विषयमा सहमति वा सम्झौता भने हुन सकेन । बेलायत महारानीसँग पनि भेट हुन सकेन । बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । कामचलाउ प्रधानमन्त्री भएका बेला भएको भ्रमणमा महारानीसँग भेट हुन नसक्नुलाई परराष्ट्र मामिलाका जानकारहर गलत समयको भ्रमण र कूटनीतिक अपरिपक्कताको परिणाम भएको बताउँछन् । प्रधानमन्त्री ओलीले…
काठमाडौँ: राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ शुरु हुने भएको छ । अहिले यसको परिक्षण भइरहेको छ । स्मार्ट पार्किङ शुरु भएपछि सँधै पार्किङको समस्या हुने ती किनमेल वा घुमफिरका लागि जाँदै छन् भने अब त्यो अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । यो क्षेत्रमा जाने सवारीवाहक जो कोहीले अब पार्क केटिएम नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सक्नेछन् । “एप्समार्फत् पाइने मोबाइल नम्बरमा फोन गरेपछि ठाउँ तय हुन्छ,” ह्विल्स ट्रुली योर्स संस्थाका निर्देशक शैलेश कुँवरले भने, “तर १५ मिनेटमा पुगेन भने त्यो बुकिङ रद्द हुनेछ ।” छिट्टै नै अनलाइन बुकिङ…
काठमाडौँ: सरकारले सार्वजनिक यातायातको भाडा बढाएको केहि घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । सरकारले सार्वजनिक यातायातको भाडा असार एक गतेदेखि लागूहुने गरे १२ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।
काठमाडौँ: अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज स्वीजरल्याण्डको जेनेभामा संवोधन गरेका छन् । आइएलओ सम्मेलन यही जेष्ठ २७ गतेदेखि संचालन भैरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा श्रम सम्मेलनलाई संवोधन गर्ने ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएकोमा बधाई ज्ञापन गरे । प्रविधिको विकास, जलवायू परिवर्तन तथा भुमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोवल कमिशनद्वारा प्रस्तुत कामको भविष्य सम्बन्धि प्रतिवेदनले जोड दिएको प्रसङ्ग उल्लेख…