Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल र बंगलादेशले संयुक्त रूपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन्। शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य आयोजनामा संयुक्त लगानी गर्ने र त्यसका लागि विभिन्न ढाँचाको खोजी गर्ने सहमति जनाएका हुन्। मन्त्रालयले सात वटै प्रदेशमा रहने गरी केही ठूला आयोजना अगाडि बढाउने कार्यक्रमलाई श्वेतपत्रमा समावेश गरेको छ। श्वेतपत्रमा ७६२ मेगावाट क्षमताको तमोर जलाशय, ८०० मेगावाट क्षमताको दूधकोशी जलाशयुक्त आयोजना, माथिल्लो अरुण ७२५ मेगावाट, किमाथांका अरुण ४५० मेगावाट, तल्लो अरुण ६७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्ने उल्लेख गरेको छ। यस्तै,…

Read More

काठमाडाैं:नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको वैचारिक, राजनीतिक प्रतिवेदन शीघ्र सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने निर्णय गरेको हो। राजनीतिक प्रतिवेदन सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए। ‘अघिल्ला बैठकले अध्यक्षद्वयलाई अन्तिम सम्पादनका लागि जिम्मेवारी दिएको थियो’ उनले भने, ‘अध्यक्षद्वयले सम्पादनको प्रक्रिया र विषयका बारेमा बैठक समक्ष जानकारी दिनुभयो।’ दुई दल एकताकै क्रममा तयार पारिएको पार्टीको विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, नीति र विचारसँग सम्बन्धित राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको क्रम चलिरहेको छ। त्यसैगरी बैठकले पार्टी एकताका बाँकी कामलाई पनि…

Read More

बारा: जिल्लाका स्थानीय तहमा अगुवा जनप्रतिनिधिहरूले विकासे बजेटमा मनपरी गरेको आवाज उठ्न थालेको छ। प्रसौनी र फेटा गाउँपालिकाका अध्यक्षहरूले विकासे बजेट आफन्त, आसेपासेलाई मात्र दिने वा योजनाहरू देखावटी रूपमा उपभोक्ता समितिलाई अघि सारेर कमिसनमा अर्कैलाई दिने गरेको पाइएको छ। प्रसौनीले चालु आर्थिक वर्षमा अति विपन्न आवास योजनाअन्तर्गत १४ जनाको घर निर्माण गर्न ५६ लाख बजेट रकम खर्च गर्न प्रक्रिया अगाडि बढाएको छ। सातवटा वडा रहेको सो गाउँपालिकाका प्रमुख भोला गुप्ताले प्रत्येक वडाबाट दुईजना अति गरिबको नाम छनोट गरी घर निर्माणका लागि प्रत्येकलाई ४ लाख रुपैयाँका दरले अनुदान दिने कार्य थालिसकेको बताएका छन्। सो अनुदान रकम दिन पारदर्शी ढंगले वडाभरिकै…

Read More

काठमाडौं: निम्न आर्थिक अवस्था भएका व्यक्तिका नाममा कम्पनी दर्ता गरेर नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलबाट कारोबार गरी राजस्व छली गर्नेविरुद्ध सरकारले करिब तीन अर्ब रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ। झुट्टा तथा नक्कली बिजक तयार गरी राजस्व छल्ने सुनसरी इनरुवा–९ घर भई भक्तपुर ठिमी बस्ने गोपालप्रसाद भट्टराई, रिम्बरध्वज कार्कीसहित १५ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो। राजस्व अनुसन्धान विभागले दायर गरेको अभियोगपत्रमा दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी तीन वर्ष कैद र बिगोको दुई गुणा जरिवाना माग दाबी गरिएको छ। भट्टराई र कार्कीले निम्न आर्थिक अवस्था भएका व्यक्तिलाई आर्थिक…

Read More

काठमाडौं: सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले शुक्रबार व्यक्तिगत स्वतन्त्रतालाई हनन गर्न नभई सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सूचना प्रविधि विधेयक ल्याइएको उनले प्रष्टीकरण दिएका थिए। आज बिहान संसदको विकास तथा प्रविधिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलेको थियो । छलफलका क्रममा केही सांसदले व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने मनसायले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएको आरोप लगाए । जवाफमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्क्रिनसर्ट देखाए । ‘मलाई भन्न अप्ठेरो लाग्छ, पढ्न अप्ठ्यारो लाग्छ’ भन्दै बास्कोटाले स्क्रिनसर्टमा लेखिएको क्याप्सन पढेर सुनाए । ‘के भन्नुहुन्छ ? हाम्रो…

Read More

काठमाडौं: सर्लाहीको लालबन्दीमा विप्लव समूहका नेता कुमार पौडेल मारिएको सम्बन्धमा सत्तारुढ दलकै सांसदले गृहमन्त्रीको जवाफ मागेका छन् । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इञ्चार्ज समेत रहेका पौडेल बिहीवार लालबन्दीमा मारिएका थिए । उनको दोहोरो भीडन्तका क्रममा मृत्यु भएको जिकिर प्रहरीले गरेको छ । यसै सम्बन्धमा प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै नेकपा सांसद शिवकुमार मण्डल केवटले भने– ‘निहत्था जनता मार्ने कामले राष्ट्रलाई राम्रो गर्दैन, जनतालाई पनि राम्रो गर्दैन । त्यो घटनाको सत्यतथ्य के हो, गृहमन्त्रालयमार्फत सदनलाई जानकारी होस् ।’ विप्लव राजनीतिक समूह भएकाले वार्ता र संवादको माध्यमबाट निकास खोज्नुपर्ने उनको भनाइ छ । ‘निशस्त्र…

Read More

काठमाडौं: पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा लगानी भित्र्याउनको लागि भारतसँग लगानी सुरक्षण सम्झौता (बिप्पा) गर्न फेरि प्रस्ताव गरेका छन् । विगतमा आफूले बिप्पाको कुरा गर्दा साथीहरूले नमानेको स्मरण गर्दै बिप्पा सम्झौता गर्न ढिला गर्न नहुने उनले बताए । प्रतिनिधि सभाको शुक्रवारको बैठकको शुरूमै सभामुखसँग समय लिएर पूर्व प्रधानमन्त्री भट्टराईले भारत र चीनबाट लगानीकर्तालाई आकर्षित गरेर नेपाललाई २ देशबीच गतिशिल पुल बन्नुपर्ने बताएका हुन् । सुगौली सन्धीदेखि निरन्तर रुपमा भारतसँग पराधिनता र व्यापार घाटा बढिरहेका कारण व्यापार घाटा कम गर्न लगानी भित्र्याउने नीति लिन उनले सरकारलाई सुझाव…

Read More

रसुवा: निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सबै कामदारलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरुष ढकालका अनुसार ६ चिनियाँ नागरिकसहित १७ कामदारलाई शुक्रवार बिहान ७ बजेभित्र बाहिर निकालिएको छ । बाहिर निकालिएका ती सबै १७ कामदारको उद्धारपश्चात् स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण कार्यसमेत सम्पन्न गरिएको ढकालले जानकारी दिए । बिहीवार साँझदेखि गएको सुक्खा पहिरोमा फाटफुटरूपमा ढुंगा झरिरहेकाले शुक्रवारका लागि विद्युत् आयोजनाको सुरुङको काम सुरक्षाका कारण स्थगन गराइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । विद्युत् आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूईले कामदारको सुरक्षालाई दृष्टिगत गरी निर्माण कार्य अगाडि बढाइने बताएको…

Read More

काठमाडौँ: नेपाल प्रहरीको बहालवाला डीएसपीको युनिफर्म लगाई व्यक्तिहरुबाट अनावश्यक फाइदा लिने कार्य गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । आफुले लगाएको प्रहरीको बर्दीको फोटो मोबाईलमा राखि प्रहरी अधिकृत हुँ भनि विभिन्न व्यक्तिहरूलाई धाक-धम्कि देखाई सार्वजनिक स्थानमा विकास वस्नेत र सुजन प्रसाईलाई हातपात तथा लछार-पछार समेत गरी अभद्र व्यवहार गर्ने कार्यमा संलग्न भएको आरोप नारायण गौतमलाई पक्राउ गरिएको छ । अपराध महाशाखाको टोलिले उनलाई ५ गते का.जि.बौद्ध नयाँवस्तिबाट पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ, प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकरी दिए । पक्राउ पौडेल जि.काभ्रे,साविक धुसिनिसिवालय गा.वि.स.वडा नं.०३ का स्थायी बासिन्दा हुन् ।

Read More

काठमाडौँ: गुठी विद्येयक विवादित बनेपछि सत्तारुढ दलका नेकपाका सांसद दुई ध्रुवमा विभाजित भए । काठमाडौँबाट प्रतिनिधित्व गर्ने सांसद र नेता विद्येयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौँ बाहिर खासगरी पश्चिम क्षेत्रका सांसदले विद्येयक जसरी पनि अघि बढाउनुपर्ने भन्दै संसद्भित्र चर्को आवाज उठाए । नेकपा सांसदको यस्तो दुई धार एक साताअघि लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा पनि देखिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिने कि नदिने भन्नेमा नेकपाका सांसदहरु एकमत देखिएनन् । अहिले आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटमाथि संसद्मा छलफल चलिरहेको छ । नेकपा सांसदहरु बजेटकै विपक्षमा बोलिरहेका छन् ।…

Read More