Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: बैंक तथा वित्तीय संस्थाले घर बनाउने र गाडी चढ्ने सपनालाई साकार पार्दै आइरहेका छन् । बैंकहरुले यही असार १ गतेदेखि लागु हुने गरी गाडी र घर कर्जाका नयाँ ब्याजदरहरु सार्वजनिक गरेका छन्। बढ्दो सहरीकरण र आधुनिकीकरण पछ्याउने धेरै जसोलाई एउटा राम्रो घर र गाडी होस भन्ने चाहना हुन्छ । तर आफ्नो कमाइ लगाउन खानमै खर्च हुने भएकाले धेरै बचत गर्न नसक्ने अवस्था हुन्छ । बैङ्कहरूको आधारदरलाई जोडेर उनीहरूले निर्धारण गरेको ब्याजदरका आधारमा कुन बैङ्क घर र गाडी कर्जा दिन सहज र सस्ता छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यदि तपाईं पनि बैङ्कबाट ऋण लिएर…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला साँच्चै माइतीघर भएको टिप्पणी गरेका छन् । ‘मलाई घरमा यसो गरे भने जस्तो गरेर माइतीघर गए झै जे पनि पनि माइतीघरमा विरोध हुन थालेको उनले बताए । मंगलबार संसदमा सम्बोधन गर्न खोज्दा अवरोध भएपछि पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले यदि कुनै कुरा चित्त बुझेको छैन भने छलफलमा आउन आग्रह गरे । ‘विधेयकमा छलफल गर्न संसद छ । संसदमा छलफल गर्न सकिन्छ, सरोकारबालाहरुको राय सुझाव दिन सकिन्छ, हामीलाई भन्न सक्छन्’ उनले भने, माइतीघर त साच्चैको माइतीघर भएछ । यताउता केही पर्‍यो कि घुर्रर कुदेर जाने । मलाई घरमा यसो गरे भने जस्तो…

Read More

काठमाडौं: चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको उनले बताइन् । प्रधानमन्त्रीको पत्रकार सम्मेलन भन्दा केही मिनेट अगाडि मात्र मन्त्रीले विधेयक फिर्ताको निर्णय सुनाएकी हुन् । लोकतन्त्रकै जरा काट्न कैची चलाइयो प्रधानमन्त्रीले मन्त्रीको निर्णयको समर्थन गरे । लोकतन्त्र विरोधी शक्ति घुसेर लोकतन्त्रकै जरा काट्ने कैची चलाएको देखेपछि विधेयक फिर्ता लिएको उनले बताए । उनले विधेयकको भने बचाउ गरे…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली बोल्न कार्यक्रम निश्चित भइसकेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणसहितका विषयमा संसदलाइ जानकारी गराउने कार्यक्रम थियो। सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदहरूलाइ बारम्बार आफ्नो सिटमा बस्न आग्रह गरेका थिए। सभामुखको रूलिंग बाबजुद प्रमुख प्रतिपक्षी सांसदहरूले नारा लगाउन नछोडेपछि सभामुख महराले बुधबार बिहान ११ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

Read More

एजेन्सी: चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुआन प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परि १२ जनाको ज्यान गएको भने १२५ जना घाइते भएका छन् । सोमबार राति ११ः५५ मा गएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण कयांै मानिसहरु घरबारबिहीन भएको सञ्चार माध्यम सीएनएले जनाएको छ । प्रान्तीय राजधानी छङ्दुमा भूकम्प आउनुभन्दा एक मिनेटअघि चेतावनी जारी गरिएको थियो । चेतावनीको काउन्टडाउन सकिनेबित्तिकै भूकम्पको झड्का अनुभव गरिएको यिबिनका अधिकारीहरुले बताएका छन् ।

Read More

काठमाडौं: काठमाडौंको काठमाडौँको बौद्धस्थित कुमारीगालमा समता अस्पतालमा कार्यरत एक महिला कर्मचारी मृत भेटिएकी छन्। प्रहरीका अनुसार समता अस्पतालकै फार्मेसीमा काम गर्ने एक महिला कर्मचारी शौचालयभित्र आज बिहान झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले मंगलबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री ओली फ्रान्सलगायतका युरोपका देशहरु घुमेर गत आइतबार स्वदेश फर्किएका थिए । संसदीय परम्परामा राजकीय भ्रमण अघि र पछि संसदलाई जानकारी दिने गरिन्छ । त्यहीअनुरुप ओलीले भ्रमणबारे जानकारी गराउन लागेका हुन् । प्रधानमन्त्री ओलीले…

Read More

काठमाडौँ: वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्याकं छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ । वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६.४२ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरेबिया र यूएईमा छन् । तर यिनै मुलुकमा सबैभन्दा धेरै संख्यामा कामदारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा सुविना आचार्यले लेखेकी छिन् ।

Read More

काठमाडौँ: गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ । काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायले सो गुठीको नाममा रहेको जग्गा जोगाउने पहल नगर्दा करिब १५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको हो । सो जग्गामा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादर पाण्डेले १५ तले भब्य भवन बनाई छायाँ सेन्टर सञ्चालन गरेका छन् । स्थानीय जनताले पटक–पटक आन्दोलन गर्दासमेत कुनै सुनुवाइ हुन सकेको छैन । विवाद चलिरहेकै अवस्थामा काठमाडौं महानगरपालिकाले सो भवनको नक्सा पास र निर्माण सम्पन्नसमेत…

Read More

काठमाडौँ: अभियन्ता राजाराम तण्डुकारले गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त गरी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको बताए । उनले भने, ‘कतिपय जात्रा, पूजा तथा पर्वमा सम्बन्धित समुदायका सीमित व्यक्तिबाहेक सहभागी हुन नपाउने चलन हुन्छ, यस्तोमा प्रमाणपत्रले मात्र परम्परा जोगिन सक्दैन, सद्भाव बिथोलिने सम्भावना रहन्छ ।’ अभियन्ताहरूले अहिलेको विधेयक खारेज गर्दै आवश्यक छलफल गरी समयसापेक्ष रूपमा ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् । उनीहरूले गुठीको प्रभावकारिता बढाउने किसिमले प्राधिकरणको अवधारण ल्याउन माग गरेका छन् । अभियन्ता तथा गुठी संरक्षण पुःचका महासचिव भरत जंगमले विधेयक गुठी संरक्षण गर्ने आशयका लागि ल्याएको भए तापनि विधेयकका…

Read More