Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई मेरो सरकार भनेर राष्ट्रपतिले अपनत्व दिएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले मेरो सरकार भनेपछि भइरहेको बहस अनौठो भएको उनले बताए । सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ठूलाठूला नेताहरुलाई ब्रिटिस महारानीको गन्ध आयो । मलाई बौद्धिक दिवालिया पन देख्दा दया लाग्छ । यति साह्रो बौद्धिक दिवालिया पन हुनु हुँदैन ।’ राज्य संयन्त्रको सर्वोच्च निकाय राष्ट्रपति भएकाले जुन सरकार बन्छ, त्यो राष्ट्रपतिको सरकार हुने बताए । उनले फेरि भारतमा समेत मेरो सरकार भन्ने उदाहरण दिए । मेरो देश भन्नुको अर्थ अरुको होइन भन्ने नहुने भन्दै उनले भने, यो…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै यातायात व्यवस्था कार्यालय कोशीका लेखापलविरुद्व विशेष अदालतलमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले ५ करोडभन्दा बढी अकुत सम्बपत्ति कमाएको भन्दै लेखापाल सुरेश अधिकारीविरुद्व मुद्दा दायर गरेको हो । अख्तियारले एक विज्ञप्ति जारी गर्दै अधिकारीले ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ बढी अकुत सम्पत्ति कमाएको भन्दै सोमबार विशेष अदालतमा उनीविरुद्व मुदाय दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । लेखापाल अधिकारीले २०५९ असोज १६ देखि २०६० जेठ २५ गतेसम्म रोल्पाको साविक तेवाङ गाविसका सचिव रुपमा काम गरे । यस्तै २०६० जेठ २६ गतेदेखि २०६५ चैत १९ गतेसम्म…

Read More

काठमाडौं: राजधानीको व्यस्त सहर कोटेश्वरस्थित बीच सडकमा भेटिएको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) सानो घरेलु बम रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको थियो । शंकास्पद वस्तु स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेसँगै घटनास्थलमा नेपाली सेनाको टोली पुगेको थियो ।

Read More

काठमाडौं: उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो । एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे । एकता समारोहमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले हल भरिभराउ थियो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । सहमतिको पहिलो नम्बरमा संघीयता र समाजवादको सिद्धान्तमा स्थापित फोरम र प्रगतिशील लोकतान्त्रिक शक्तिको रुपमा स्थापित नयाँ शक्तिबीच पार्टी एकीकरण गरेर समाजवादी पार्टी…

Read More

काठमाडौँ: नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र देवः विकास बैंकका बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले द्रुत गतिमा विस्तार गर्ने सम्बन्धी एक समझदारीपत्रमा आईतबार हस्ताक्षर भएको छ । साथसाथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने हेतुले JANBI कोर्सको विषयमा पनि सम्झौता भएको छ । उक्त सम्झौतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र देवः विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका थिए । यस सम्झोैता पत्र अनुसार नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे देवः विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी प्रदान गरिने छ । …

Read More

काठमाडौँ: जुम्ला जिल्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर संचालनमा आएको छ । बैशाख १९ गतेका दिन कृषि विकास बैंकका संचालक समिति अध्यक्ष क्षेत्रबहादुर सेजुवालले एक्सटेन्सन काउन्टर उदघाटन गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र कृषि विकास बैंक क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको उपस्थित रहेको बैंकले जनाएको छ ।

Read More

मस्को: रूसमा आकस्मिक अवतरण गर्न खोज्दा जहाजमा आगो लागेपछि ४१ जनाको मृत्यु भएको छ। रूसी समयअनुसार आइतबार साँझ ६ बजे सेरेमेतेभो विमानस्थलबाट मुर्मान्स सहरका लागि उडेको जहाजमा टेकअफ भएको केहीबेरमै समस्या देखिएको थियो। इन्जिनमा समस्या देखिएपछि चालकहरूले जहाज आकस्मिक अवतरण गराएका थिए तर धावनमार्गमा पुगेपछि जहाजमा इन्जिनमा आगो लागेको थियो। केही सञ्चारमाध्यमले पहिलो पटकको अवतरण प्रयास असफल भएपछि दोस्रो पटक फोर्स ल्याण्डिङ गरिएको जनाएका छन्। राष्ट्रिय ध्वजावाहक एरोफ्लोटको सुखोई सुपरजेट -१०० उक्त जहाजमा चालक दलका सदस्यसहित ७८ जना सवार थिए। आगो लागिरहेको जहाजबाट एक मिनेटको अन्तरालमा केही यात्रुहरूलाई उद्धार गरिएको थियो। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी

Read More

काठमाडौँ, बैशाख २३: महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुँडिखेल र कोटेश्वर चोक आसपासमा पिक एन्ड ड्रप प्रणाली कार्यान्वयन प्रभावकारी भएसँगै कलंकी एरियामा आइतबारदेखि कार्यान्वयनमा ल्याएको छ । महाशाखाले उपत्यकाकै अत्यन्त व्यस्थ चोक कलंकीमा ट्राफिक व्यवस्थापन गर्नको लागि पिक एन्ड ड्रप कार्यान्वयनमा ल्याएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले अन्य स्थानमा पिक एन्ड ड्रप प्रभावकारी भएकाले विस्तार गर्दै आएको बताए ।

Read More

एजेन्सी, बैशाख २३: मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरका लागि छनोट भएको छ । आइतबार राति लिग चरणको अन्तिम खेलमा कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा स्थान बनाएको हो । क्वालिफायरमा मुम्बईले चेन्नेई सुपर किंग्ससँग खेल्नेछ । कोलकत्ता भने प्रतियोगिताबाट बाहिरिएको छ । एक सय ३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गरेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धसतकीय इनिङ खेले । उनले ५५ रन बनाएका थिए । सुर्यकुमार यादवले अविजित ४६ र क्विनटन डी ककले ३० रन बनाए । बलिङमा कोलकत्ताका प्रसिद्ध कृष्णले एक विकेट लिए…

Read More

काठमाडौँ, बैशाख २३: केरुङदेखि काठमाडौँसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन थालेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । काठमाडौँसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने सपना पूरा हुन सक्ने अपेक्षा गरेका छन् । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरुले रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए ।

Read More