Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने निश्चित भएको छ। दुई पार्टीबीच सोमबार (वैशाख २३ गते) एकीकरण गर्ने घोषणा गर्ने समझदारी भएको हो । शनिबार दुई पार्टीबीचको अन्तिम छलफलबाट एकीकरणको मिति टुंगो लगाइएको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ भने सो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गाीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ । एकता घोषणा कार्यक्रम नेपाल प्रज्ञा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा पटक पटक मेरो सरकार भनेकोमा तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा पत्रकारहरुसँग मेरो सरकार भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्नुपर्ने बताए। ‘मैले मेरो देश भन्छु। मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र?,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति देशको अभिभावक हो। राष्ट्रप्रमुख पनि हो। संस्था हो।’ मेरो सरकार भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने उनले बताए। ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन। राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो,’ प्रधानमन्त्री ओलीले भने।…

Read More

एजेन्सी: अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ । उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो । ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेर ४० मिनेट जाँदा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लेर नदीमा खसेको थियो । ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर स्टेसन ज्याकसनभिलमा विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको नभेल एयर स्टेसन ज्याकसनभिलका प्रवक्ताले जानकारी दिए । दुर्घटना लगत्तै उद्धार टोली पुगेर सबैको उद्धार गरेको थियो…

Read More

काठमाडौँ: सरकारले आगामी ३ वर्ष भित्र ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गर्ने योजना अघि सारेको छ । सरकारको नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा ३ वर्ष भित्र ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गर्ने उल्लेख गरिएको हो । त्यसैगरी सरकारले एक वर्ष भित्र ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र निर्माण पनि गर्ने भएको छ । आगामी ३ वर्ष भित्र संघीय संसद भवन, राजकीय अतिथि गृह निर्माण कार्य सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको नीति कार्यक्रममा उल्लेख गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा धरहरा पुनर्निर्माणको काम आगामी २ वर्ष भित्र सम्पन्न गर्ने, पुरातात्विक सम्पदाहरको…

Read More

काठमाडौँ: सरकारले आगामी वर्ष पूर्व-पश्चिम विद्युतीय रेल मार्ग निर्माण सुरु गर्ने भएको छ। संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वर्ष रेलमार्ग निर्माण थाल्ने जानकारी गराइन्। साथै उनले आउँदो आर्थिक बर्षभित्रै मेलम्ची आयोजना सम्पन्न गर्ने, बुढीगण्डकी आयोजना निर्माण थाल्ने, भेरी बबई आयोजना २ वर्षभित्र सक्ने, चार वर्षमा सिक्टा सिँचाइ मर्मत गरिसक्ने जानकारी गराइन्। ४ वर्षमा मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गको निर्माण सम्पन्न गर्ने, कालिगण्डकी करिडोर अन्तर्गत जोमसोम कोरला खण्डलाई १२ महिना चल्ने बनाउने पनि उनले बताएकी छन्। त्यसैगरी, सरकारले ७ सय ५३ स्थानीय तह जोड्ने सडक…

Read More

काठमाडौं: सरकारले आज आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी बजेटमार्फत निजामती कर्मचारीको तलब भत्ता बढाउने सकेत गरेको छ। शुक्रबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममा ‘राष्ट्रसेवकहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गरी उत्प्रेरित गरिनेछ’ भने वाक्यांश राखिएकोले यसको संकेत गरिएको हो। यसले कर्मचारीको तलब बढ्छ भन्ने प्रष्ट चाहिँ भएको छैन तर पछिल्ला दुई वर्ष सरकारले कर्मचारीको तलब बढाएका छैन बरु भत्ता बढाएको थियो ।

Read More

काठमाडौँ: समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धि विशेष अभियान २०७६ बारे छलफल कार्यक्रम नेपाल प्रहरी क्लव भृकुटीमण्डपमा शुक्रबार सम्पन्न भएको छ । छलफल कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले छलफलको कार्ययोजना तथा औचित्यमाथि प्रकाश पार्दै सूर्तिजन्य पदार्थको प्रयोगकर्तालाई नियन्त्रण गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यान्वयनमा लैजाने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सम्वन्धित क्षेत्रका विशेषज्ञ र सरोकारवाला निकायसँग गरिएको छलफल फलदायी हुने उहाँले बताउनुभयो । प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्नुभएको सो कार्यक्रममा काठमाडौं महानगरपालिका स्वाथ्य विभागका प्रमुख नरेन्द्र बज्रचार्यले महानगरपालिकाको सूर्तिजन्य पदार्थ…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा योजना पार्न भन्दै सूची सहित निजीसचिवालयबाट राष्ट्रिय योजना आयोगमा भूलबस चिठी गएको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडमा प्रधानमन्त्रीको निजी सचिवालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई सम्बोधन गरेको पत्र भूलवस गएको भन्दै उनले शुक्रबार विज्ञप्ति जारी गरेका छन्। ‘सांसद सम्पर्क कार्यालयमा संकलन गरिएका आयोजनाहरूको सूची सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन वेगर नै निजी सचिवालयबाट भूलबस राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको रहेछ,’ विज्ञप्तिमा भनिएको छ। उक्त सूची सहितको पत्रमा प्रधानमन्त्रीको क्षेत्र झापा ५ को सांसद सम्पर्क कार्यालयबाट योजना सिफारिस भई आएकोले ती योजनामा प्राथमिकताका साथ बजेट पार्न भनिएको…

Read More

काठमाडौँ: सरकारको नीति तथा कार्यक्रम आज संसदपा पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी हुन्। उनले पेश गर्नुभएको नीति कार्यक्रमको पूर्णपाठ यस्तो छ । पूर्णपाठ नेपालसरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीयसंसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ । राष्‍ट्रलाई निरङ्‍कुश सामन्ती शासन प्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत् राज्य सञ्‍चालन गर्ने सङ्‍घीय लोकतान्‍त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्‍याउने क्रममा जीवन…

Read More

काठमाडौँ: मौसम प्रतिकुल भएपछि शुक्रबार विभिन्न गन्तब्यका हवाई उडान प्रभावित भएको छ। पश्चिम र दक्षिण भेगमा उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय तर्फको उडानमा भने प्रभाव नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। दिउँसो साढे एक बजेदेखि हेलिकोप्टर उडान बन्द गर्नका लागि सबै कम्पनीलाई अलर्ट म्यासेज दिइसकेको हेलिकोप्टर समाज नेपालले जनाएको छ। शुक्रबार विहान उडिसाबाट नेपालको पूर्वी भागमा प्रवेश सुरु गरिसकेको फानीको प्रभाव दिउँसो तीन बजेदेखि देखापर्ने जल तथा मौसम विभागले जनाएको छ। त्यसैगरी, हुरीबताससहित भारी वर्षापछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हुरीबतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् । कावासोतीलगायत जिल्लाका अधिकाँश…

Read More