Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै थापाले घटना घटाउने व्यक्तिको खोजतलास भइरहेको र प्रहरीलाई हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्न निर्देशन दिइसकेको जानकारी दिए । घटना दुखद, विभत्स प्रकृतिको छ, यस किसिमका घटना रोक्न प्रहरी र गृहबाट सक्दो प्रयत्न गरिरहेका छौं’ उनले भने । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र प्रदेश १ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोली घटनास्थल पुगेको छ । सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित एक अस्पतालमा…
काठमाडौँ: एचआइभी संक्रमित पूर्वराष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्। २५ वर्षदेखि एचआइभीको संक्रमित रहेका श्रेष्ठले बुधबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। उनले एचआइभी संक्रमितले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गरेका हुन्। उनले सगरमाथाको चुचुरोमा सफलतापूर्वक आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठ काठमाडौंदेखि ६ जना टोलीसँग चैत अन्तिम साता लुक्ला, नाम्चे सगरमाथा आधारशिविर हुँदै सगरमाथा उक्लेका थिए । यसअघि २०१५ मा पनि उनले सगरमाथा आरोहणको कोशिस गरेका थिए । तर त्यतिबेला भूकम्प गएका कारण बेसक्याम्पबाटै फर्किएका थिए । सगरमाथा आरोहणको दोस्रो प्रयासमा उनी सफल भएका हुन्…
काठमाडौं : शेयर बजारमा सकारात्मक माहोल आउने क्रम जारी छ । बुधबार नेप्से सूचक ७.४९ अंकले हरियो बन्दा कारोबार रकममा पनि वृद्धि भएको छ । नेप्से सूचक ७.४९ अंकले बढेर १३१९.६३ विन्दुमा पुगेको छ । सूचीकृत १७१ कम्पनीको ९६ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । कुल ३४ लाख ३६ हजार ९३७ कित्ता सेयर किनबेच भएका छन् । ११ वटा समूहको सेयर कारोबार भएकामा २ वटा समूहको सूचक मात्र घटेको छ । बाँकी सबै समूह हरियो भएका छन् । सबैभन्दा धेरै जलविद्युत समूहको सूचक ६८.६३ अंकले बढेको छ । यस्तै, होटल समूहमा पनि…
काठमाडौँ: प्रदेश नम्बर २, पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैकको एक्सटेन्सन काउन्टर संचालनमा आएको छ । शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूंजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने, बैंकद्वारा बिज्ञप्तिमा जनाइएको छ । शाखा कार्यालय वीरगंजका शाखा प्रवन्धक टिकाराज रिजालको अध्यक्षतामा भएको सो एक्सटेन्सन काउन्टरको बैंकका प्रदेश नम्बर २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उद्घाटन गरेका हुन् । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १७२ वटा एटिएम र ९३ वटा…
काठमाडौँ:विश्वको सर्वोच्च शिखर सगरमाथाको सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली बुधबार बिहान चुचुरोमा पुगेको छ। प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको नापी विभागका ५ सदस्यीय टोली बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेको हो । विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका छन्। ‘सगरमाथाको उचाइ नाप्न एउटा महत्वपूर्ण काममा सफलता मिलेको छ,’ ढकालले भने,‘डाटा संकलन गरेर टोली अहिले बेस क्याम्पतिर फर्किरहेको छ। चुचुरोमा जाने टोलीले आफूसँग एउटा मेसिन पनि लिएका थिए। ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभर (जिएनएसएस) नामको उक्त मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरू संकलन गरेको छ।
काठमाडौँ: विप्लव नेतृत्वको नेकपाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विद्येयकलाई लिएर पार्टीको धारण प्रस्तुत गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले नेपालका सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहँदै आएको बताएको छ । जनताको रगत र पसिना र रगतद्वारा प्राप्त सीमित अधिकारहरु पनि अहिलेको केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सरकारले गरेका गलत काम, भ्रष्टाचार, कालाबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध पत्रिकाहरुले लेखेकाले सञ्चार माध्यमहरुलाई नियन्त्रण गर्न खोजेको उल्लेख गरिएको छ ।
काठमाडौँ: यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको एक विमानस्थल र सैनिक अड्डामा बम राखिएको ड्रोनमार्फत् हमला गरेका छन् । अहिलेसम्म कुनै जनधनको क्षतीको खबर भने प्रकाशित छैन । साउदी अबरको शहर नजरानमा यो हमला यस्तो अवस्थामा भएको हो जब इरानले युरेनियम सम्बद्र्धनको क्षमता बढाउने घोषणा गरेको छ । ड्रोन हमलाबारे हुथीको अल मसिराह स्याटलाइट न्यूज च्यानलले बताए अनुसार हुथी विद्रोहीले कासेफ–२ को ड्रोनबाट नजरानमा एक एयरपोर्टलाई निशाना बनाएर हमला गरेको हो । नजरान रियादबाट ८४० किलोमिटर टाढा छ । यो साउदी अरब–यमनको सीमा नजिकै छ । हुथी विद्रोहीले आजकाल यो शहरलाई निशाना बनाउँदै आएको छ ।…
काठमाडौँ: राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१ रसुवाका ३० वर्षे शेर ग्याल्चो घलेलाई मुद्दा दर्ता गरेको हो । घलेले चोरी पैठारी गरी ल्याएको सात किलो सुन र भन्सार तिर्नुपर्ने रकम गरी १७ करोड ७९ लाख ४० हजार रुपैयाँ माग दाबी गरी मुद्दा दर्ता गरिएको हो ।
काठमाडौं: सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुनेगरी फैसला गरेको खुलेको छ। अवकास हुनुभन्दा महिना दिनअघि प्रधानन्यायाधीश साह र न्यायाधीश (हाल प्रधानन्यायाधीश) चोलेन्द्रशमशेर जबराको इजलासले २०७२ जेठ १८ गते जलेश्वर नगरपालिका १० (महोत्तरी)को सारीस्थित दुई बिघा क्षेत्रमा फैलिएको सार्वजनिक पोखरी व्यक्तिका नाममा हुनेगरी फैसला गरेको तथ्य सार्वजनिक भएको हो। २०७१ असोज २४ गते प्रधानन्यायाधीश बनेका साहले तत्कालीन पूर्वाञ्चल अदालत (विराटनगर) र उच्च अदालत जनकपुरको फैसला उल्टाउँदै सार्वजनिक जग्गा अतिक्रमण गर्नेको पक्षमा फैसला गरेका हुन्।प्रधानन्यायाधशि साह र न्यायाधीश जबराको इजलासले करिब दुई बिघा क्षेत्रमा फैलिएको सार्वजनिक पोखरीको जग्गा स्थानीय…
काठमाडौँ: जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन् । भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका –४ सेर्तुङका तामाङ जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त हुन् । कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा हुनुपर्थो । किनभने उनलाई जिल्ला अदालत धादिङले जबरर्जस्ती करणी मुद्दामा २०७० जेठ २३…