काठमाडौँ: प्रदेश नम्बर २, पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैकको एक्सटेन्सन काउन्टर संचालनमा आएको छ ।
शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूंजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने, बैंकद्वारा बिज्ञप्तिमा जनाइएको छ ।
शाखा कार्यालय वीरगंजका शाखा प्रवन्धक टिकाराज रिजालको अध्यक्षतामा भएको सो एक्सटेन्सन काउन्टरको बैंकका प्रदेश नम्बर २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उद्घाटन गरेका हुन् ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।