Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन निर्देशन दिए । नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरे । पानीजहाजबाट सीमा पारदेखि सामान ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उनको भनाइ थियो ।…

Read More

काठमाडौँ: भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका छन्। करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका सबैखाले च्यानलको प्रसारण रोकिएको जनाएको हो। ‘१५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन,’ उनले भने। च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको सहसचिव ठाकुरले बताए। १ साउन २०८० देखि आलाकार्ट यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको…

Read More

काठमाडौं । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीलेजानकारी दिए । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा…

Read More

काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् । अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । हरेक विधाका विजेताले २५-२५ हजार नगद पुरस्कार हात पारे ।

Read More

काठमाडौँ । बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विपद्मा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपद्मा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन् ।

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको छ। मनसुनको प्रभावले शनिबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले दिउँसो कोशी,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा दिउँसो भारी वर्षाका साथै कोशी प्रदेशका एक-दुई…

Read More

काठमाडौं, साउन १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडलले शुक्रबार अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यससँगै गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

Read More

काठमाडौँ, साउन १८ गते । सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा उल्लेख छ । सरकारले परम्परागत रूपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो । Nabil bankगत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार…

Read More

काठमाडौँ: सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको…

Read More