Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ तयार भएको छ । निर्माण कार्य थालेको १५ महिनामा विमानस्थलको ‘रन वे’ तयार भएको हो । यतिबेला विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउनेलगायतका काम भइरहेको छ । विमानस्थलका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलका अनुसार विमानस्थलमा आकस्मिक ल्यान्ड गर्न सकिने छ । ‘आवश्यक परेमा विमानले आकस्मिक ल्याण्ड गर्न सक्छ,’ उनले भने । विमानस्थलको महत्वपूर्ण ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए । सन् २०१९ भित्र ६० प्रतिशत बढि काम सकिने पौडेलले जानकारी दिए । ‘सन् २०२० भित्र विमानस्थल निर्माणको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारलाई प्रतिपक्षले पनि मेरो सरकार भन्न सुझाव दिएका छन् । संघीय संसदमा मङ्गलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्दा कसैले अल्मलिनु र आत्तिनुपर्ने अवस्था नरहेको भन्दै लोकतन्त्रलाई आशिंक रुपमा बुझ्ने गल्ती नगर्न आग्रह पनि गरे । सम्बोधनको पूर्णपाठ: सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रपतिज्यूले संघीय संसदको संयुक्त दुवै बैठकलाई गत वैशाख २० गते गर्नुभएको सम्बोधनका लागि म राष्ट्रपति महोदयमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । त्यस सम्बोधन मार्फत नेपाल सरकारको आर्थिक वर्ष ०७६।७७ को नीति र कार्यक्रम माथि संक्रियतापूर्वक सहभागी भएर माननीय सदस्यहरुले जुन उत्साहपूर्ण ढंगले सुझावहरु…

Read More

काठमाडौं, बैशाख २४: मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनमा १० लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वीबाटै लोप हुने स्थितिमा रहेको बताइएको छ । मानिसको जीवनलाई आवश्यक धेरै भन्दा धेरै खाद्यन्न र ऊर्जाको कारण जताततै प्रकृति पहिलेको तुलनामा निकै तीव्र गतिमा ओरालो झरिरहेको बुझिएको छ । यस नाजुक प्रक्रियालाई रोक्न सकिने अध्ययनले देखाएको छ । तर यसका लागि मानवले प्रकृतिसँग गर्ने प्रत्येक अन्तरक्रियामा पूर्णतय परिवर्तन ल्याइनुपर्ने बताइएको छ । मानव जातिले हाम्रो बालीमा परागसेचन गराउने माहुरीदेखि बाढीपहिरो रोक्ने वनजंगलसम्मका इकोसिस्टमा…

Read More

काठमाडौँ, बैशाख २४: नेपालले सेनाका लागि ०६२÷६३ पछि भारतसँग सैन्य सामाग्री खरिदबापत तीन अर्ब २१ करोड रुपैयाँ ऋण तिर्ने जानकारी गराएको पाँच महिना भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् । रक्षा मन्त्रालयले पठाएको ऋण तिर्ने प्रस्तावको फाइल पाँच महिनादेखि अर्थ मन्त्रालयमा रोकिएको छ । गत २८ मंसिरमा काठमाडौँमा नेपाल–भारत सैन्य मामिलासम्बन्धी द्विपक्षीय परामर्श समूहको १३औँ बैठकमा नेपालले भारतीय अधिकारीलाई औपचारिक रुपमा यो जानकारी दिएको थियो ।

Read More

काठमाडौं, बैशाख २४: चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मेगावाट बिजुली निकाल्न चिनियाँ कम्पनीले लगानी बोर्डमा ८ अर्बको लगानी प्रस्ताव दर्ता गराएको हो । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प्रस्ताव दर्ता गराएको छ । लगानी बोर्डमा परियोजना दर्ता भएको र लगानी बोर्डको स्वीकृति भएमा छिट्टै नै काम सुरु गर्ने कम्पनीको भनाइ छ । यो समाचार प्रगति ढकालले कारोबारमा लेखेकी छन् ।

Read More

काठमाडाैं, बैशाख २४: उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ । जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने क्रम बढेको हो । स्थानीय बासिन्दासँग विवाद पुनः सुरु भएपछि उग्रतारा क्षेत्र विकास समितिले त्यसको समाधानको प्रयास थालेको छ । पञ्चायतकालमा राई, भूमिराज, पोखरा र खलंगा गरी ४ वटा गाउँ पञ्चायतमा गरी मन्दिरका नाममा १७ हजार रोपनी जग्गा थियो । ‘१ सय ८०…

Read More

वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई मेरो सरकार भनेर राष्ट्रपतिले अपनत्व दिएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले मेरो सरकार भनेपछि भइरहेको बहस अनौठो भएको उनले बताए । सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ठूलाठूला नेताहरुलाई ब्रिटिस महारानीको गन्ध आयो । मलाई बौद्धिक दिवालिया पन देख्दा दया लाग्छ । यति साह्रो बौद्धिक दिवालिया पन हुनु हुँदैन ।’ राज्य संयन्त्रको सर्वोच्च निकाय राष्ट्रपति भएकाले जुन सरकार बन्छ, त्यो राष्ट्रपतिको सरकार हुने बताए । उनले फेरि भारतमा समेत मेरो सरकार भन्ने उदाहरण दिए । मेरो देश भन्नुको अर्थ अरुको होइन भन्ने नहुने भन्दै उनले भने, यो…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै यातायात व्यवस्था कार्यालय कोशीका लेखापलविरुद्व विशेष अदालतलमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले ५ करोडभन्दा बढी अकुत सम्बपत्ति कमाएको भन्दै लेखापाल सुरेश अधिकारीविरुद्व मुद्दा दायर गरेको हो । अख्तियारले एक विज्ञप्ति जारी गर्दै अधिकारीले ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ बढी अकुत सम्पत्ति कमाएको भन्दै सोमबार विशेष अदालतमा उनीविरुद्व मुदाय दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । लेखापाल अधिकारीले २०५९ असोज १६ देखि २०६० जेठ २५ गतेसम्म रोल्पाको साविक तेवाङ गाविसका सचिव रुपमा काम गरे । यस्तै २०६० जेठ २६ गतेदेखि २०६५ चैत १९ गतेसम्म…

Read More

काठमाडौं: राजधानीको व्यस्त सहर कोटेश्वरस्थित बीच सडकमा भेटिएको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) सानो घरेलु बम रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको थियो । शंकास्पद वस्तु स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेसँगै घटनास्थलमा नेपाली सेनाको टोली पुगेको थियो ।

Read More

काठमाडौं: उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो । एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे । एकता समारोहमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले हल भरिभराउ थियो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । सहमतिको पहिलो नम्बरमा संघीयता र समाजवादको सिद्धान्तमा स्थापित फोरम र प्रगतिशील लोकतान्त्रिक शक्तिको रुपमा स्थापित नयाँ शक्तिबीच पार्टी एकीकरण गरेर समाजवादी पार्टी…

Read More