Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: अबदेखि दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेकोले पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागेको जानकारी दिए । ‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजनाले हेल्मेट लगाउनुपर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौँ। यातायात व्यवस्था ऐन २/३ महिनामा स्वीकृत भएपछि ६ महिनापछि यो व्यवस्था लागुहुन्छ,’ पन्तले भने। ट्राफिक प्रहरीले हेल्मेट पनि आइएसओ स्ट्याण्डर्डको लगाउनुपर्ने जनाएको छ । ‘नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ। हामी त्यहीअनुसार अगाडि बढ्छौँ,’ उनले भने।
काठमाडौं: शेयर बजारमा सामान्य अंकको गिरावट देखिएपनि कारोबार रकममा भने वृद्धि भएको छ । आइतबार नेप्से मापन सूचक १ दशमलब ८७ अंकले घटेर १ हजार ३१६ दशमलब ८४ बिन्दुमा झरेको छ । १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर १ अर्ब ९ करोड ३ लाख ४८ हजार रुपैयाँ बढीको शेयर कारोबार भएको छ । १२ समूहको कारोबारमा विकास बैंक ८ दशमलब ८२, जलविद्युत ३ दशमलब ०३, वित्त ५ दशमलब ३६, उत्पादन तथा प्रशोधन समूहको १०० दशमलब २६, अन्य समूहको उपसुचक १ दशमलब ९६ अंकले बढ्दा बैंकिङ, व्यापार, होटल, निर्जीबन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट…
काठमाडौं – बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ । सहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुवै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पुर्याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको पनि वध्याता हो । सानै उमेरमा स्कुल पठाउँदा उनीहरूलाई धेरै शैक्षिक सामग्री प्रयोग गर्न दिइन्छ । धेरै कुरा सिकाइन्छ । त्यो भार उनीहरूको क्षमताले नधान्ने विज्ञको भनाइ छ । अमेरिकामा गरिएको ‘रिडिङ इन किन्डरगार्डेन लिटल टु गेन एन्ड मच टु लुज’ नामक रिपोर्टमा प्राध्यापक न्यान्सी…
काठमाडाैं: यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् । महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी…
काठमाडौं: झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ ।
एजेन्सी: भारतको जवहारलाल नेहरु विश्वविद्यालयको लाइब्रेरीभित्र एक छात्रले आत्महत्या गरेको नवभारत टाइम्सले बताएको छ । छात्रको शव पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मृत्युअघि छात्रले प्राध्यापकलाई इमेल लेखेर आत्महत्या बारे जानकारी दिएका थिए । पंखामा झुण्डिनका लागि ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरिएको थियो । घटनाबारे शुक्रबार दिउँसो जानकारी भएको थियो । मृत्यु हुनेमा एमए अन्तिम वर्षका विद्यार्थी थिए । नवभारत टाइम्सले दक्षिण पश्चिम जिल्लाका डिसिपी देवेन्द्र आर्यलाई उद्धृत गर्दै छात्रको नाम ऋषि जे. थोमस बताएको छ । उनका अनुसार मृत्यु अघि छात्रले बिहान ११ः३१ बजे एक प्राध्यापकलाई सुसाइड नोटको रुपमा एक इमेल पठाएका थिए । मेलमा थोमसले…
काठमाडौँ: झापाको काँकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको बस आज बिहान धादिङमा दुर्घटना हुँदा ३ यात्रुको निधन भएको छ। ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ । अहिले उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । विस्तृत विवरण पनि आउन बाँकी छ ।
गोरखा : गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर…
काठमाडौँ: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९औँ वार्षिक साधारणसभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२३.५० (कर सहित) नगद वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी पाँच अर्ब ४९ करोड ९६ लाख १६ हजार पुग्नेछ, जुन जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी हो । सभाले आ.व.२०७४/०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु समेत स्वीकृत गरेको छ । साधारणसभामा कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल…
सिरहा: आज वैशाखी पूर्णिमा अर्थात् अहिंसाका प्रतिक भगवानको बुद्ध जन्म जयन्ती । भगवान बुद्धको सम्झानामा आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता छ । तर, आजैको दिन सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपक्षीको बली चढाइने गरिएको छ । राजदेवी मातालाई भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण यहाँ प्रत्यक वर्ष आजकै दिन हजारौंको संख्यामा पशुपक्षी बली दिने गरिएको हो । सन्तान प्राप्ति हुने, विभिन्न रोग निको हुने जनविश्वासका कारण बली चढाउन राजदेवी मन्दिर आउनेको घुँइचो नै लाग्ने गरेको छ । आजकै दिन बली किन प्रदान गरिन्छ ? करिब १२५ वर्ष अघिको कुरा हो ।…