Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, बैशाख २३: ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार ओमान जाने कामदारले सेवाशुल्कलगायत कुनै पनि तिर्नुपर्ने छैन । भिसा, शुल्क, टिकट, बिमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्नेछन् । बिरामी भए औषधि उपचारसमेत रोजगारदाताले व्यहोर्नेछन् । विवाद, मुद्दामामिला भएमा पनि कामदारले निःशुल्क कानुनी सहायता पाउनेछन् ।

Read More

काठमाडौं: सरकारले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो। अब बस्ने मन्त्रिपरिषद् बैठकमा अतिक्रमित सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउनेगरी प्रस्ताव तयार गरिएको मन्त्रालयले जनाएको छ। व्यक्तिले हडपेका अतिक्रमित जग्गालाई सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव हाल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको टेबुलमा छ। स्रोतका अनुसार उक्त प्रस्ताव सचिव गोपीनाथ मैनालीले तयार गरेका थिए। मन्त्री अर्यालले ललितानिवासलगायत देशभर व्यक्तिका नाममा गैरकानुनी ढंगबाट हडपिएका जग्गा सरकारको नाममा फर्काउन प्रक्रिया थालिएको बताइन्। उनले आइतबार मन्त्रालयमा केही संवाददातासँगको…

Read More

बर्दिबास : प्रदेश २ मा चुरे दोहन ह्वतै बढेको छ। चुरेभावरको अवैध दोहनले महोत्तरी, धनुषा, सिरहालगायत तराई—मधेसका भावर क्षेत्र खतरमा छ। चुरे विनासले जल, जमिन, जंगल, जीवजन्तु, मानव जीवन संकटमा परेको छ। प्रकृति दोहन गरी धेरैले राजनीतिक हैसियत बनाए। राजनीतिक दल र नेताकै संरक्षणमा चुरे क्षेत्र वरपर क्रसर डनको बिगबिगी छ। चुरेमा मापदण्ड विपरीत क्रसर सञ्चालनमा छन्। दशक अघिदेखि ती क्रसरहरूले निर्वाध उत्खनन् गर्दै आएका छन्। अवैधानिक क्रसरलाई न कानुनले छोएको छ न त प्रहरी—प्रशासनले। महोत्तरीमा चार दर्जन भन्दा बढी क्रसर उद्योग छन्। तीमध्ये १० वटा क्रसर अवैध छन्। धनुषामा १३ वटा क्रसर उद्योग मध्ये ८ उद्योगलाई प्रशासनले…

Read More

काठमाडौं: काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ आजबाट सधैंका लागि बन्द हुने भएको छ । आइतवार रिपोर्टर्स क्लब नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरुले गरेको पत्रकार सम्मेलनमा उत्पादन भएका जुत्ता चप्पलहरुलाई कसरी लोकप्रिय बनाउने भन्ने सम्पुर्ण उद्योगीहरुको योजनाअनुरुप अब उप्रान्त सेल–मेला नलाग्नेबारे निर्णय भएको आयोजकले जानकारी गराएको छ । कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका अध्यक्ष कृष्ण कुमार फुयाँलले नयाँ कामको सुरुवात गर्नकै लागि यो मेलालाई बन्द गर्नुपरेको जानकारी गराएका छन । सामुहिक प्रतिबद्धताअनुरुप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेलालाई बन्द गर्न आफुहरु तयार भएको उनको भनाई थियो ।…

Read More

काठमाडौँ: प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले मेरो सरकार भनेकोमा गम्भीर आपत्ति जनाएको छ । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले मेरो सरकार भन्नु बेलायती महारानीको शैली भएको बताए । सरकारले राष्ट्रपतिको संस्थालाई पटक पटक विवादमा तानेको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन ।’ सांसद मिनेन्द्र रिजालले हिजो राजाले मेरो सरकार भनेर सम्बोधन गर्ने र अन्त्यमा पशुपतिनाथले कल्याण गुरुन् जयनेपाल भनेर टुंग्याउने गरेको स्मरण गरे । ‘त्यो प्रवृत्तिमा सरकार हिँड्दैछ,’ उनले अघि…

Read More

ललितपुर: पुर्वसभासद् गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन्। साह दम्पत्तीलाई प्रहरीले आइतबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालबाट पक्राउ गरेको हो। ‘फौजदारी अभियोगमा उहाँहरुलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी नारायण चिमोरियाले भने, ‘ललिपुरको १८ बाट पक्राउ गरेका छौँ ।’ अस्पताल परिसरबाटै उनीहरुलाई प्रहरीले घिसार्दै पक्राउ गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । प्रहरीले गायत्रीलाई सातदोबाटोमा राखेको छ भने राजेशलाई जावलाखेलमा राखिएको छ । वैशाख १३ गते मेडिसिटी अस्पतालले दिएको उजुरीका आधारमा साह दम्पत्ती पक्राउ परेको चिमोरियाले जानकारी दिए। मेडिसिटी अस्पतालले दिएको उजुरीमा आफ्नो सन्तान अस्पतालमै छोड्नु गैरकानुनी भएको उल्लेख गरिएको छ। …

Read More

काठमाडौँ: सुन तस्करीविरुद्ध सरकार सक्रिय भएपछि तस्करले नयाँ-नयाँ उपाय प्रयोग गर्न थालेका छन्। पछिल्लोपटक काठमाडौंमा सर्टका टाँक बनाएर ल्याइएकाे सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तराष्ट्रय विमानस्थलबाट ८ सय १५ ग्राम सुनसहित भारतीय नागरिक सतिशकुमार अरोरालाई प्रहरीले शनिबार पक्राउ गरिएको, विमानस्थल भन्सार कार्यालयका प्रमुख कर्ण प्रसाद तिमिल्सिनाले जानकारी दिए । थाई लायन एयरलाइन्सबाट आएका सतिशले सुनलाई सर्टका टाँक बनाएर ल्याएका थिए। उनले लुगा सिलाउन प्रयाेग हुने सामाग्री ल्याएका थिए। प्रहरी र भन्सारकाे टाेलीले शंका लागेर जाच्दा सुन भएकाे पत्ता लागेकाे हाे। भन्सार, विमानस्थल प्रहरी र अपराध महाशाखाकाे संयुक्त टाेलीले उनलाइ पक्राउ गरेकाे हाे। थप अनुसन्धान भइरहेकाे…

Read More

काठमाडौं: मुद्दा मिलाइदिने बहानामा घुस माग्ने एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख घुससहित अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई चारबाहीनी चोकस्थित श्री लयर्स च्याम्बरबाट शनिबार नियन्त्रणमा लिइएको बुटवलस्थित सम्पर्क कार्यालयका कार्यालय प्रमुख उपसचिव गणेश गैरेले जानकारी दिए । अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेका थिए । बाँकेको जानकी गाउँपालिका वडा नम्बर एकका स्थायी बासिन्दा पाठकमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

काठमाण्डौं: डेनिस ब्राण्ड टुबोर्गले आफ्नो सफल सांगीतिक अभियान ‘टुबोर्ग ओपन’ यो वर्ष पनि सुरु गर्ने घोषणा गरेको छ । यस पटकको सांगितिक ट्रयाकको लागि ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ र ‘नितेश जंग कुंवर’ले सांगीतिक सहकार्य गर्नेछन् । ‘क्लिन ब्यान्डिट’ मा ग्रेस च्याटो र प्याटेरसन दाजु–भाई लुक र ज्याक प्याटेरसन रहेका छन् । क्लिन ब्यान्डिटलाई क्लासिकल्, पप र ईलेक्ट्रो जस्ता विभिन्न सांगीतिक शैली मिलाई प्रस्तुति दिने सांगीतिक समूहको रुपमा चिनिन्छ । डेमी लोभाटो र सिन पल जस्ता कलाकारहरुसँग निकै लोकप्रिय रहेको ‘सोलो’ र ‘रकबाई’ गीतमा काम गरिसकेका क्लिन ब्यान्डिटले विश्वभर आप्mना गीतहरुको ४ करोड भन्दा बढी कपीहरु विक्रि गर्न…

Read More

काठमाडौँ: सरकारका तर्फबाट संघीय संसदमा पेस भएको वार्षिक नीति तथा कार्यक्रममा आजदेखि छलफल हुँदैछ। शुक्रबार पेस भएको कार्यक्रममा शनिबार संशोधनका लागि समय दिइएको थियो। मंगलबार यो प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुनेछ । यसमा कांग्रेसले संशोधन प्रस्ताव हालेको छ भने नेकपाभित्र पनि असन्तुष्टि छ । तथापि नेकपाका सांसउदहरु मन नलागी नलागी यसलाई पारित गर्नुपर्ने बाध्यतामा छन् । संशोधन दर्ता अवधिमा प्रमुख प्रतिपक्ष दलसहित ३ दलका ६ वटा संशोधन दर्ता भएका छन्।प्रमुख दलका शीर्ष नेताहरुबाट छलफलको प्रारम्भ गर्ने तयारी संसद् सचिवालयको छ। छलफलमा संशोधनकर्ताले प्राथमिकता पाउनेछन्। शनिबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री…

Read More