Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार ट्वीटरमार्फत ‘राजदूतसँग गफगाफ’ सुरु गर्न लागेको उद्घोष गरे । ‘म सामाजिक सञ्जालमा तपाईहरुसँग अन्तरक्रिया गर्न चाहन्छु तर सम्भवतः म अमेरिकी दूतावाससँग जोडिनुभएका तपाईं४० लाख सामाजिक सञ्जाल प्रयोगकर्तासँग भेट्न सक्नेछैन’ उनले भनेका छन् –‘त्यसैले म तपाईंहरुका प्रश्न सुन्न र उत्तर दिन ‘राजदूतसँग गफगाफ’ सुरु गर्दैछु । प्रतीक्षा गर्नुहोस् ।’ राजदूतको यो घोषणाको सुरुमा केहीले स्वागत गरेपनि यसले विवाद सिर्जना गरेको छ । केही कूटनीतिज्ञले राजदूतले नियमित गफगाफ गर्ने शृङ्खला समकालीन कूटनीतिक अभ्यासमा नपर्ने टिप्पणी गरेका छन् भने कतिपयले नेपालको हैसियत हेरेर यस्तो अभ्यास गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । …
काठमाडौँ: साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन् । साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन् । वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ । १० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाइएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साबिक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए । ‘साइपाल–३ का बासिन्दाले गोप्य रूपमा वन कर्मचारीसँग मिलेर त्यस ठाउँलाई सामुदायिक वन बनाएको र हामीलाई यार्सा…
काठमाडौँ: निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदले १० करोड रुपियाँ माग गरेकोमा नागरिक समाजले कडा आपत्ति जनाएको छ । स्थानीय जनप्रतिनिधि नभएको सन्दर्भमा सुरु गरिएको यो अवधारणा अब अप्रासंगिक भएको विश्लेषकहरुको धारणा छ । ‘मुलुकमा ७५३ स्थानीय निकाय छन् बजेट परिचालनका लागि, संघीय सांसदलाई किन चाहियो छुट्टै संरचना ?’, नागरिक समाजका अगुवा भवानी खरेल भन्छन्– ‘सांसदलाई दिने भनिएको १० करोडले भ्रष्टाचार मात्र निम्त्याउँछ ।’ संघीय संसद्मा आगामी साता आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट प्रस्तुत हँुदै छ । सरकारले वजेट ल्याउने अन्तिम तयारी गरिरहँदा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी वार्षिक १० करोड रुपियाँको माग गरिरहेका…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंग सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो । सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्र्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ । गणेश मन्दिर नजिक खाल्डा पुरेर पिच गरिएको मुशलधारे पानीले पुरै बगाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा पूर्णप्रसाद न्यौपानले लेखेका छन् ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ । प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो । संसद्ले पारित गरेको विधेयक पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता गरिएको यो पहिलोपटक हो । प्रतिनिधिसभाले पारित गरेको राहदानी संशोधन विधेयक राष्ट्रियसभाले ६० दिनभित्र कुनै निर्णय नगरेको भन्दै प्रतिनिधिसभाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो । दुवै सदनले पारित गरेर पठाउनुपर्ने विधेयक प्रतिनिधिसभाले मात्र पारित गरेको भन्दै राष्ट्रपतिबाट फिर्ता भएको हो । विगतमा रामवरण यादव राष्ट्रपति हुँदा नेपाल ऐन संशोधन गर्ने अध्यादेश र अर्को संविधानसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश फिर्ता भएका…
काठमाडौँ: सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको भन्दै सरकारले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार कर निर्धारण गरेको छ । उक्त कर निर्धारणविरुद्ध सर्वोच्च अदालत पुगेका सुमार्गीसँग एकपक्षीय सुनुवाई गरी न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले लाभकर असुलीलगायतका कामकारबाही नगर्न अन्तरिम आदेश जारी गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेका छन् ।
काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए । विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान उनको परिवारले राख्दै आएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मोहन विष्टले लेखेका छन् ।
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै थापाले घटना घटाउने व्यक्तिको खोजतलास भइरहेको र प्रहरीलाई हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्न निर्देशन दिइसकेको जानकारी दिए । घटना दुखद, विभत्स प्रकृतिको छ, यस किसिमका घटना रोक्न प्रहरी र गृहबाट सक्दो प्रयत्न गरिरहेका छौं’ उनले भने । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र प्रदेश १ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोली घटनास्थल पुगेको छ । सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित एक अस्पतालमा…
काठमाडौँ: एचआइभी संक्रमित पूर्वराष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्। २५ वर्षदेखि एचआइभीको संक्रमित रहेका श्रेष्ठले बुधबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। उनले एचआइभी संक्रमितले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गरेका हुन्। उनले सगरमाथाको चुचुरोमा सफलतापूर्वक आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठ काठमाडौंदेखि ६ जना टोलीसँग चैत अन्तिम साता लुक्ला, नाम्चे सगरमाथा आधारशिविर हुँदै सगरमाथा उक्लेका थिए । यसअघि २०१५ मा पनि उनले सगरमाथा आरोहणको कोशिस गरेका थिए । तर त्यतिबेला भूकम्प गएका कारण बेसक्याम्पबाटै फर्किएका थिए । सगरमाथा आरोहणको दोस्रो प्रयासमा उनी सफल भएका हुन्…
काठमाडौं : शेयर बजारमा सकारात्मक माहोल आउने क्रम जारी छ । बुधबार नेप्से सूचक ७.४९ अंकले हरियो बन्दा कारोबार रकममा पनि वृद्धि भएको छ । नेप्से सूचक ७.४९ अंकले बढेर १३१९.६३ विन्दुमा पुगेको छ । सूचीकृत १७१ कम्पनीको ९६ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । कुल ३४ लाख ३६ हजार ९३७ कित्ता सेयर किनबेच भएका छन् । ११ वटा समूहको सेयर कारोबार भएकामा २ वटा समूहको सूचक मात्र घटेको छ । बाँकी सबै समूह हरियो भएका छन् । सबैभन्दा धेरै जलविद्युत समूहको सूचक ६८.६३ अंकले बढेको छ । यस्तै, होटल समूहमा पनि…