Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बुटवल: अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । बुटवल उपमहानगर- १ स्थित जितगढीमा ५५ फिट अग्लो टावरमा ९ फिटको झण्डा फहराइएको हो । ९ फिट उचाईकै कर्णेल उजिरसिंहको तामाको पूर्ण कदको शालिक समेत अनावरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली राष्ट्रिय झण्डाको झण्डोत्तलन र शालिकको अनावरण गरेका हुन् । त्यस अवसरमा जितगढी किल्लामा राखिएको राष्ट्रिय झण्डा र शालिकलाई नेपाली सेनाले सलामी अर्पण गर्नुका साथै सराय नाच प्रदर्शन गरेको छ । वि.सं. १८७२ साल वैशाख ७ गते जितगढीमा अंग्रेज-नेपाल युद्धका क्रममा नेपाली सेनाले जनरल उड नेतृत्वको…
काठमाडौँ: नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को स्थापना गरेको छ। अस्पतालको २६ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष बसन्त चौधरीले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को उद्घाटन गरेका हुन्। रक्तसञ्चार केन्द्र अस्पतालभित्रै स्थापना भएपछि आकस्मिक अवस्थाका बिरामीका लागि रगत खोज्न बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ। रक्तसञ्चार केन्द्रको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले स्तरीय स्वास्थ्य सेवा र बिरामीप्रतिको सेवामा अस्पताल सदैव सर्मपित हुने बताए। पछिल्लो समय नेपालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको र देश बाहिर जानुपर्ने अवस्था नरहे पनि समाजका प्रतिष्ठित व्यक्तिहरुमा अझै पनि विदेश मोह देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे। २५ शैय्याबाट…
एजेन्सी: चिनियाँ जल सेनाको ७० औँ वर्षगाँठको अवसरमा चीनको क्वीङडाओमा हुने ‘इन्टरनेसल फ्लीट रिभ्यु’ मा भाग लिन दुई भारतीय युद्धपोत त्यसतर्फ प्रस्थान गरेको छ । भारतमा नै बनेको स्टेल्थ गाइडेड मिसाइल डिस्ट्रोयर आइएनएस कोलकाता र फ्लीट सपोर्ट आइएनएस शक्ति अप्रिल २१ मा चिनियाँ तटमा पुग्ने भारतीय जल सेना प्रवक्ताले जनाएका छन् । दुई युद्धपोत अप्रिल २३ मा हुने सैन्य ड्रिलमा सहभागी हुनेछन् । त्यसलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले अवलोकन गर्नेछन् । पाकिस्तानले भने यसमा सहभागिता नजनाउने भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । यसअघि सन् २०१४ मा पनि भारतले चीनको जनमुक्ति सेना (पीएलए) को स्थापनाको…
काठमाडौँ: मुलुकभरका कूल ४० वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७१३ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् । सरकारले वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पु¥याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् । सरकारले स्थानीय तहमा नैका शाखा पु¥याई वित्तीय पहुँच पु¥याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु¥याएर वित्तीय पहुँच पु¥याउने लक्ष्य…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट २६ वर्षअघि हडपिएको ललितानिवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गराए। सो जग्गा हिनामिनासम्बन्धमा छानबिन गर्न सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा २०७५ असारमा गठित समितिको सिफारिसअनुसार प्रधानमन्त्री ओलीले व्यक्तिका नाममा गराइएको ललितानिवास परिसरको करिब एक सय १४ रोपनी फिर्ता ल्याउन र दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई जिम्मा दिए। विगत हेर्ने हो भने छानबिन समिति वा न्यायिक समितिका प्रतिवेदन तत्कालै सरकारले कार्यान्वयन गरेको नजिर छैन। तर सरकारको अहिलेको पहल सुखद मान्नुपर्छ। त्रिताल नेतृत्वको छानबिन समितिले मंसिर २६ गते प्रधानमन्त्री ओलीलाई…
काठमाडौं: विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ । सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन् । यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन्् । बरु सर्पसँगै खेलिरहेका देखिन्छन्् । खासगरी यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन्…
काठमाडौं:राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन्। परराष्ट्र मन्त्रालयले शुक्रबार राष्ट्रपतिको ९ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ। भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा राजकीय भ्रमण गर्न लागेकी हुन्। भ्रमण तालिकाअनुसार राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी चिनियाँ राष्ट्रपतिले आयोजना गर्ने भोजमा पनि सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग छलफल गर्ने कार्यक्रम छ। त्यस्तै, चिनियाँ समकक्षी सीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने तयारी छ। राष्ट्रपतिको…
काठमाडौं: नेकपा महासचिव विष्णु पौडेलले आफू र छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारको जग्गाबारे भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेका छन् । कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा वास्तबिकता ओझेल पर्नेगरी समाचारहरू प्रकाशित भएको उनले दाबी गरेका छन् । ‘सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु ’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,…
काठमाडौँ: देव: विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट ५.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्त पुँजीको ५.५% बोनस शेयर दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न भने कुनै पनि नगद लाभांश दिएको छैन । यसर्थ, बोनसको कर सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । बैंकले प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने जनाएको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८.३२ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी २ अर्ब…
काठमाडौं: हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले आज शुक्रबार बृहत अन्तक्र्रिया गरेको छ । नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो । कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा सबै नेपालीलाई शत प्रतिशत प्रशोधन सहितको खानेपानीको पहुँच पु-याउने र खेर गैरहेको पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्ने योजना बनिरहेको बताउनुभयो । मन्त्री मगरले विश्व बजारमा नेपालको ग्लेशियर र स्प्रिङ वाटरलाई निर्यात गर्ने सम्भावनाको खोजी भईरहेको…