Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन नियन्त्रण ब्यूरो बबरमहलमा स्थापना भएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन नियन्त्रण ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै भोटाहिटी र बबरमहलमा ब्यूरो स्थापना भएको हो । गत वर्षको बजेट वक्तव्यमा दुई ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै प्रहरी प्रधान कार्यालयमा रहेका ब्यूरोले यही वैशाख २९ देखि भोटाहिटी र बबरमहलबाट सेवा प्रदान गर्न लागेका हुन् । हाल साइबर अनुसन्धान ब्यूरोमा ७० र मानव बेचबिखन नियन्त्रण ब्यूरोमा ६०…

Read More

काठमाडौं: जारी इन्डियन प्रिमियर लिग २०१९ को सिजनमा चेन्नई सुपरकिंग्स दिल्ली क्यापिटल्सलाई आज साँझ भएको दोश्रो क्यालिफ़रमा ६ विकेटले हराएको छ। दिल्ली यस हार संगै पहिलोपटक हैदराबाद फाइनल खेल्ने सपना तुसारापात भएको छ।

Read More

काठमाडौं: प्राध्यापक एवं सञ्चारविज्ञ पी खरेलले प्रतिनिधिसभामा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी कानुनको मस्यौदा पूर्णतः गलत भएको बताएका छन् । संविधानले नै पूर्ण प्रेस स्वतन्त्रता भनेको अवस्थामा मिडियालाई संकुचन गर्ने गरी कानून बनाउन नपाइने खरेलले बताए । यो समाचार हामीले बिषय गम्भिरयतालाई हेरेर अनलाइनखबर डट कमबाट साभार गरेका हौँ । सरकारले ल्याएको विधेयकविरुद्ध पत्रकार महासंघले आन्दोलनको घोषणा गरिसकेको अवस्थामा हामीले खरेलसँग गरेको कुराकानीको सार संक्षेप यस्तो छः सरकारको प्रस्ताव सय प्रतिशत गलत छ हाम्रो संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरिएको छ । यसरी प्रश्तावनामै राख्नुको विशेष महत्व र अर्थ हुन्छ । प्रेस स्वतन्त्रताका अगाडि पूर्ण भन्ने…

Read More

काठमाडौं: विश्वभर पत्रकारितामा स्वनियमनको अभ्यास भइरहेका बेला नेपालमा कानुनबाट पत्रकारलाई बाँध्ने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएपछि पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध शुरु गरेका छन् । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो । पत्रकारितामा दुई दशकभन्दा बढी बिताएका गोकुल बाँ स्कोटा सञ्चारमन्त्री भएका बेला सरकारमार्फत प्रेसलाई नियमन गर्ने ढंगले आएको विधेयक शुरुमै आलोचित बनेको छ । संसदमा आउन बाँकी रहेको आमसञ्चारसम्बन्धी छाता ऐनको विधेयकमा झन धेरै आपत्तिजनक प्रावधानहरु राखिएका छन् । कर्मचारीले मस्यौदा गरेको विधेयकलाई सञ्चार मन्त्रालय हुँदै कानुन र अर्थ मन्त्रालयबाट स्वीकृत भएर मन्त्रिपरिषदले पारित गरेको हो । गत बैशाख २…

Read More

काठमाडौँ: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पक्राउ परेका छन्। शुक्रबार काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा सहभागी हुन आएका क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदी ढकालको पक्राउको पुष्टि गरे। पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान भइरहेको एसएसपी सुवेदीले बताए।

Read More

काठमाडौं: अर्थमन्त्री युवराज खतिवडाले अधुरा आयोजना सम्पन्न गर्ने वर्षका रुपमा बजेट विनियोजन गरिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै आगामी वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने बताएका हुन् । रेलमार्ग, जलमार्गलाई, सडकमार्ग लगायतका विकास पुर्वाधारलाई प्राथमितामा राखिने पनि उनले बताए । विकास निमार्णका आयोजनाहरुका लागि आवश्यक सामाग्री खरिद गर्दा आयात बढेको देखिएको भएपनि निर्यात क्षेत्र समेत सुधारउन्मुख रहेको उनको दाबी छ । विकासका लागि अनुकुल वातावरण समेत बन्दै गएको भन्दै उनले २०३० सम्म मध्यम आय भएको देश बन्ने गरि…

Read More

काठमाडौं: गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ । शुक्रबारको बैठकको शुरुमै सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका हुन् । बैठक शुरु गर्दै सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु । सभामुखले निर्देशन दिएलगत्तै नेकपाका सांसद् खगराज अधिकारी उठेर नियमात्ति गर्दै त्यस दिन…

Read More

काठमाडौँ: यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् । यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् ।

Read More

बीबीसी: अमेरिकाले उत्तर कोरियाको मालवाहक समुद्री जहाज जफत गरेको छ । उक्त जहाजले अन्तरराष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकाको न्यायिक विभागले उक्त जहाजमा कोइला लैजादैँ गरेको जानकारी दिएको छ । उत्तर कोरिया कोइलाको ठूलो निर्यातकर्ता हो तर संयुक्त राष्ट्रले भने यसको निर्यातमा प्रतिबन्ध लगाएको छ । यो जहाजलाई यसअघि अप्रिल २०१८ मा पनि इन्डोनेशियामा जफत गरिएको थियो । अमेरिकाले प्रतिबन्धलाई उल्लंघन गरेको आरोपमा उत्तर कोरियाको कुनै पनि जहाज जफत गरेको यो पहिलो घटना हो । यो कदमले दुई देशबीचको सम्बन्धमा थप तनाव बढ्न सक्ने आशंका गरिएको छ । यो वर्षको फेब्रुअरीमा अमेरिकी…

Read More

काठमाडौँ: बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् । केही दिन अघि पानी प¥यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ । “सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ,” बटुवा रमिता सुवेदीले भन्नुभयो, “दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।” भारतको राजस्थानबाट आएकोे हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएकोे मौसमविद् राजु प्रधानाङ्ग…

Read More