Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व सँगै आर्थिक क्रियाकलापले गतिलिन थालेको बताएका छन् । नेपाल राष्ट्रबैकको ६४ औ वार्षिकोत्सवको अवसरमा शनिबार केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर नेपालले मुलुकमा उत्साहजन आर्थिक परिदृश्य देखिएको बताए । उनले कृषि उत्पादनमा, उर्जा आपूर्ति, पून निर्माण तथा पर्यटन क्षेत्रमा भएको आशलाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको उनको भनाई छ । वित्तीय क्षेत्रमा लिएका नीतिगत तहमा चालिएको पअहअल कदमीको परिणाम स्वयरुप वित्तिय पहुँच पनि विस्तार भएको उल्लेख गर्दै उनले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दै पूर्वाधार निर्माणका महत्वपूर्ण कामहरु अघि बढेको बताए । उनले बैक तथा वित्तिय संस्थाहरु आपसमा गाभिएका कारण वित्तीय…
कालिकोट: कालिकोटमा तरकारी बोक्ने जीप पल्टिँदा २५ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम मान्म बजारदेखि करिब ४ किलोमिटर दुरीमा रहेको पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका खेलाडी र दर्शक बोकेको जीप जिल्ला अस्पताल मोडमा पल्टिँदा २१ जना घाइते भएका हुन्। प्रहरीकाअनुसार क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रमस्थलतिर जाँदै गरेको लु १ च ६४६४ नम्बरको मदन होटलको रातो प्लेटको जीप अस्पतालको मोडमा बायाँतिर मोड्दै गर्दा पल्टिएर ५ जना महिला र २० जना पुरुष घाइते भएका छन्। पाँच जना यात्रुहरु बोक्न मिल्ने जीपमा ३५ जनाभन्दा बढी यात्रुहरु बोकेकाले जीप पल्टिएको प्रहरीको भनाई छ।
हुम्ला: हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण एक सातामै आठ जनाको मृत्यु भएको छ। टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउनेजस्ता रोगले एकै गाउँपालिकाका ८ जनाको मृत्यु भएको हो भने १२ जना विरामी छन्। पहिचान नखुलेको रोगका कारण शुक्रबारसम्म ८ जनाको मृत्यु भइसकेको स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए। रोगको पहिचान नभएको र उपचार नपाउँदा विरामी बढेका छन्। एक हप्ताअघि पानी परेसँगै फैलिएको रोगले ताँजाकोट १ का ७० वर्षीय कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली, ५ वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल,…
काठमाडौं : टुँडिखेल अतिक्रमणमा परेको छ। नेपाली सेनादेखि अस्थायी बसपार्क सार्ने नाममा टुँडिखेल अतिक्रमण भइरहेको छ। टुँडिखेलअन्तर्गतको खुलामञ्चको १३ रोपनी जग्गा कब्जा भएको छ। त्यहाँ ५२ वटा सटर बनाइएको छ। २९ तलले भ्यु टावर निर्माण गर्न खुलामञ्च पुरानो बसपार्क सारिएको थियो। काठमाडौं महानगरपालिका र निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच तीन वर्षसम्म खुलामञ्च उपभोग गर्ने गरी सम्झौता भएको थियो। महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले २०७३ साउन ३० गते कार्यादेशमार्फत निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न लिएका थिए। महानगरले दुईवटा शौचालय, दुईवटा प्रतीक्षालय, एक क्यान्टिन, एक मेडिकल पसल, एक टिकट काउन्टर, एक ट्राफिकको बोर्ड राख्ने स्थान र एक म्यानेजमेन्ट बस्ने…
काठमाडौं : ९ लाख ८ हजार नेपाली बेरोजगार छन्। तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन्। श्रम बजारमा हाल ८० लाख नेपाली उपलब्ध छन्। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण, २०१९ अनुसार बेरोजगारी दर ११.४ प्रतिशत छ। यसअघि सन् २००८ मा बेरोजगारी दर २.८ प्रतिशत र सन् १९९८ मा १.९ प्रतिशत थियो। अघिल्ला सर्वेक्षणमा स्वयंसेवकका रूपमा काम गर्नेलाई पनि रोजगार मानिएकाले बेरोजगारी दर कम रहेको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक नेबिललाल श्रेष्ठले बताए। पछिल्लो सर्वेक्षणअनुसार ७० लाख ८६ हजार जनसंख्यामा रोजगारीको पहुँच पुगेको छ। यसपटक विभागले वस्तु तथा सेवा उत्पादन र त्यसको उपभोग…
जनकपुरधाम:राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन कात्तिक २८, २९ र ३० गते हुने भएको छ । वैशाख ८ देखि १३ गतेसम्म काठमाडौंमा बसेको पदाधिकारी बैठकले कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन गर्नका लागि अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुरको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका सबै सदस्यहरु रहने गरी महाधिवेशन मूल आयोजक समिति र उनकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समिति गठन गरिएको छ । महाधिवेशन सम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार संयोजक ठाकुरलाई नै दिइने निर्णय बैठकले गरेको छ । यस्तै लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । समितिमा सर्वेन्द्रनाथ शुक्ल, मानधोज ब्लग तामाङ, मालामती राणा थारु, राजकुमार…
काठमाडौँ: नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन्। संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे। शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्क समेत गरे। त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति÷कानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईको भनाइ छ। संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरुको पहिचान गरी लगानी गर्न पनि व्यवसायीहरुलाई आग्रह…
सिरहा:सिरहाको कल्याणपुर नगरपालिका ८ मा जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ । मण्डलको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । कञ्चन कल्याणपुर नगरपालिकाको अरङ मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् । बिहिबार बिहान करिब ९ बजे आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी उनको शरीरको करिब ७५ प्रतिशत भाग जलेको थियो । थप उपचारको लागि काठमाडौं लगिएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । कञ्चनको मृत्यु भएलगत्तै उनकी सासु सुर्जीदेवी मण्डललाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चन वृद्ध सासू सुरजीदेवी मण्डल र करिब दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी…
काठमाडौँ: रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेजति सबैले शेयर पाउने भएका छन्। रसुवागढी हाइड्रोपावरमा न्युनतम ३० कित्ता र अधिकतम ४० कित्ता शेयर पाउने छन्। सान्जेन जलविद्युतको आइपिओ न्युनतम १० कित्ता र अधिकतम २० कित्तासम्म पाउने भएका छन्। रसुवागढीको प्राथमिक शेयरमा तीन लाख दुई हजार ५८१ जनाले एक करोड ७१ लाख कित्ताको लागि आवेदन दिएका छन्। कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्काशन गरेको थियो। आवेदन दिने जति सबैले ३० कित्ता पाए पछि बाँकी दुई लाख ६२ हजार कित्ता शेयर बाँकी रहन्छ। बाँकी रहेको उक्त २६ हजार २०३ जनाले थप १०…
काठमाडौँ: केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ६.८१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ। योसँगै नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुगेको छ। भुँइचालो पछि आर्थिक वर्ष २०७३/७४ मा ७.७४ प्रतिशतले बढेको थियो। त्यसपछिको वर्ष २०७४/७५ मा ६.३ प्रतिशतले बढेको अर्थतन्त्र यो वर्ष ६.८१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। नेपालको आर्थिक बृद्धिदरको इतिहासमा पहिलोपटक लगातार तीन वर्ष ६ प्रतिशत माथिको बृद्धि भएको हो। चालु वर्षको नौ महिना भित्र देशको आर्थिक गतिविधिका आधारमा आर्थिक बृद्धिदरको प्रक्षेपण विभागले गरेको हो। अर्थतन्त्रको संरचनामा कृषि तथा वन, माछा तथा खानी उत्खनन् क्षेत्रको हिस्सा २७.५९ प्रतिशत रहेको छ। यो…